Home » कला / मनोरञ्जन » पर्यटन व्यवसायी घलेको तीज गीति एल्बम बजारमा

पर्यटन व्यवसायी घलेको तीज गीति एल्बम बजारमा

Facebook Twitter Google+ Pinterest Reddit
Share

himala_1439197535पर्यटन व्यवसायी हिमाल घले र लोक घलेले नेपाली महिलाहरुको महान् पर्व तीजको अवसर पारेर ‘म त हिरो हुँ’ नामक गीति एल्बम बजारमा ल्याएको छ ।

सुष्मा म्यूजिकको उत्पादन रहेको सो एल्बममा हिमाल घले, लोक घले र रमा राना मगरको स्वर रहेको छ भने लय तथा शब्द सागर विरहीको रहेको छ । लोक दोहोरीमा जमेका घलेको यो तीज सम्बन्धि गीति एल्बम भने पहिलो हो । उनले तीन दर्जनको हाराहारीमा लोकदोहोरी एल्बम बजारमा ल्याइसकेका छन् । ‘म त हिरो हुँ’ एल्बम व्याङ्ग्यात्मक छ । हिमाल घले भन्छन्– ‘अहिलेका केटाकेटीहरु लभ गर्ने अनि हाइफाइ देखाउने गर्छन् । उनीहरुको डिमान्ड केन्द्रित व्याङ्ग्यात्मक एल्बम भएकोले सबैको रोजाइमा पर्छ भन्ने अपेक्षा गरेको छु ।’ भिजुअल समेत निर्माण गरि बजारमा पठाइसकेको यस एल्बम लोकप्रिय बन्दै गएको घलेको भनाइ छ । उनले एल्बममा लय, शब्द र मेलोडि सबै राम्रो भएकोले श्रोता/दर्शकले रुचाउने अनुमान गरेका छन् । यस एल्बमले राम्रो मार्केट लियो भने आगामी वर्षमा पनि तीज गीति एल्बम निकाल्ने उनको योजना छ ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

पर्यटन व्यवसायी घलेको तीज गीति एल्बम बजारमा Reviewed by on . पर्यटन व्यवसायी हिमाल घले र लोक घलेले नेपाली महिलाहरुको महान् पर्व तीजको अवसर पारेर ‘म त हिरो हुँ’ नामक गीति एल्बम बजारमा ल्याएको छ । सुष्मा म्यूजिकको उत्पादन र पर्यटन व्यवसायी हिमाल घले र लोक घलेले नेपाली महिलाहरुको महान् पर्व तीजको अवसर पारेर ‘म त हिरो हुँ’ नामक गीति एल्बम बजारमा ल्याएको छ । सुष्मा म्यूजिकको उत्पादन र Rating:
Scroll to top
>