Home » समाचार » काम गर्ने वातावरण मिलाइदिन पर्यटन सचिवको अनुनय

काम गर्ने वातावरण मिलाइदिन पर्यटन सचिवको अनुनय

Facebook Twitter Google+ Pinterest Reddit
Share

suresh_1439210499व्यवस्थापिका संसद्को अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा पुगेका पर्यटन सचिव सुरेशमान श्रेष्ठले पछिल्लोपटक अधिकांश कार्यमा देखापर्ने ब्यवधान अदालतमा पुगेको बताउँदै काम गर्न कठीन भएको व्यथा सुनाए । आफ्नो अभिभावक समितिमा पुगेका सचिव श्रेष्ठले धेरै विषय अदालतमा पुगेर थन्किन थालेपछि महान्यायधिवक्ताको परामर्शका लागि समय मिलाइरहेको सभापति प्रभु शाहलाई बताउँदै भने, ‘पछिल्ला दिनमा कर्मचारीतन्त्र कमजोर भएको अवस्था छ । विभिन्नखाले अवरोधले कर्तव्यविमुख हुनुपर्ने अवस्था देखापरिरहेका छन्, सम्माननीय समितिले जनताको अधिकतम हितमा काम गर्न वातावरण मिलाइदिनुपर्‍यो ।’ सचिव श्रेष्ठले जुन जुन ठाउँमा पर्यटन प्रवद्र्धन गर्न खोज्यो त्यही ठाउँमा उजुरी पर्ने र अदालतमा गएर काम रोकिने गरेको गुनासो गरे ।

तीन वर्षको कार्यकाल तोक्दै ०७१ साउन २१ गतेको मन्त्रीपरिषद्बाट राष्ट्रिय ध्वजाबहाक जहाज उडाउने निगम सुधार्न अध्यक्ष पदमा नियुक्ती पाए शिवशरण न्यौपानेले सुधार गर्न नसकेपछि गत असार २१ गतेको अर्को मन्त्रीपरिषद बैठकले उनलाई अयोग्य भनी हटाएको थियो । एमाले कोटाबाट नियुक्ति पाएका काठमाडौं गल्फुटारका ६२ वर्षिय न्यौपाने मन्त्रीपरिषदको निर्णय विरुद्ध असार २५ गते पाटन अदालत पुगे । त्यही दिन न्यायाधीश टेकराज नेपालको एकल इजलासले न्यौपानेलाई थमौती गरिदियो । त्यसको ५ दिनपछि असार ३० गते पाटनकै न्यायाधीशद्वय झारङा सुवेदी र नारायणप्रसाद साहको संयुक्त इजलासले न्यौपानेलाई हटाउने मन्त्रीपरिषद्को निर्णयलाई सदर गर्‍यो । न्यौपानेलाई हटाएसँगै सरकारले निगमकै ऐन अनुसार, तालुक मन्त्रालयका सचिवलाई अध्यक्ष पदमा नियुक्ती दिएको थियो । अध्यक्षमा नियुक्ती पाएपछी पर्यटन सचिव न्यूरोडस्थित निगममा जान थालेका थिए ।

नयाँ जहाज थपिएको अवस्थामा उनले कर्मचारीहरुलाई उत्प्रेरणा दिन सोल्टी होटलमा कार्यक्रम पनि गरे । संचालक समितिको अध्यक्षका हैसियतले तीनपटक बैठक पनि डाके । तर, पाटन पुनरावेदनको संयुक्त इजलाशको निर्णय आएको १८ दिनपछि सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीको एकल इजलाशले उत्प्रेषण परमादेश जारी गर्‍यो । न्यायाधीश जोशीको उत्प्रेषण परमादेशले पाटन अदालतलाई सम्पुर्ण व्यहोरा खुलाई प्रतिवेदन मागेको छ भने महान्यायधिवक्ताको कार्यालयलाई पेशीमा डाकेको छ । सर्वोच्चको अन्तिम आदेश आइनसकेको यो अवस्थामा के गर्ने भनी न्यौपाने र सचिव श्रेष्ठ दुवै दुविधामा छन् । तर, न्यौपाने यतिबेला दैनिक निगम हाजिर भइरहेका छन् ।

मन्त्रालयले पटक पटक स्पष्टीकरण सोधेका अनि सर्तकता केन्द्रको छानविनमा परेका न्यौपानेलाई निगममा रुचाइएको छैन । मन्त्रालयका एकजना उच्च अधिकारीका अनुसार, सर्वोच्चले पत्र नदिइसकेको र पूर्ण फैसला नभएको अवस्थामा उनले निगम जान मिल्दैन । मन्त्रालयले उनले गरेका काम निगम र राष्ट्रको हितविपरित भएको भनीसकेको छ । तर, उनी दिनहँु निगम पुगिरहेका छन् । ‘सचिव नै अध्यक्ष भएपछि काम गर्न सजिलो हुन्थ्यो,’ निगमका एक उच्च अधिकारीले भने, ‘१० अर्ब ऋणमा जहाज खरिद गरेको अवस्थामा बाहिरबाट अध्यक्ष आउँदा निगमको बिजनेस प्लान प्रवाभित बनाउने र स्वार्थगत खेल हुने गरेकाछन् ।’

अघिल्लो वर्ष ८ अर्ब हाराहारी कारोबार गरेको निगमले चालु वर्ष १८ अर्ब बराबरको कारोबार प्रक्षेपण गरेको छ । कर्मचारी संचयकोषबाट १० अर्ब हाराहारी ऋण लिई हालै क्षेत्रीय उडानका लागि दुइटा एयरबस खरिद गरेको निगममा यतिबेला चिनियाँ सरकारको अनुदान र सहुलियत ऋणमा आन्तरिक उडानका लागि जहाज थपिने क्रम पनि भइरहेको छ । तर, संस्थाको प्रमुख व्यक्ति चयनमा देखापरेको अदालती अल्झनले राष्ट्रिय ध्वजाबाहक कम्पनीलाई फेरि अँध्यारो बाटोमा डोर्‍याउने हो कि भन्ने त्रास निगममा देखा पर्न थालेको छ भनेर ईकान्तिपुरमा समाचार प्रकाशन भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

काम गर्ने वातावरण मिलाइदिन पर्यटन सचिवको अनुनय Reviewed by on . व्यवस्थापिका संसद्को अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा पुगेका पर्यटन सचिव सुरेशमान श्रेष्ठले पछिल्लोपटक अधिकांश कार्यमा देखापर्ने ब्यवधान अदालतमा पुगेको बत व्यवस्थापिका संसद्को अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा पुगेका पर्यटन सचिव सुरेशमान श्रेष्ठले पछिल्लोपटक अधिकांश कार्यमा देखापर्ने ब्यवधान अदालतमा पुगेको बत Rating:
Scroll to top
>