Home » प्रोफाइल » परिवारको बिरासत धान्दै

परिवारको बिरासत धान्दै

Facebook Twitter Google+ Pinterest Reddit
Share

1_1403508025नेपालको उन्नति र प्रगतिको एउटा सुत्र हो पर्यटन र यसले ल्याउने आर्थिक समृृद्धि । तर, विकास र समृद्धि कोरा गफबाट प्राप्त हुँदैन न त लामा–लामा योजना र अव्यावहारिक परिकल्पनाबाट । पर्यटनलाई व्यवसायीकरण गर्न सके नेपालका सबै ठाउँ, सबै खाले पर्यटकको गन्तव्य बन्न सक्छ ।

४० वर्षसम्म नेपालको पर्यटनको क्षेत्रमा बिताएका र अझै सक्रिय रुपमा लागिरहेका नेपालका अग्रणी पर्यटन व्यवसायी हुन् योगेन्द्र शाक्य । २०११ सालमा काठमाडौंको असनमा जन्मिएका योगेन्द्र शाक्यको बाल्यकाल सरल तर अत्यन्तै व्यवस्थित तवरमा बित्यो । बाल्यकालका ७ वर्ष असनको घरमा नै बिताएका शाक्यको ७ बर्षपछिको बसाइ र पढाइ काठमाडौको सेन्ट जेभियर्स स्कुल जावलाखेलमा भयो । १० वर्ष सेन्ट जेभियर्समा विद्यालय जिवन बिताएपछि योगेन्द्रकोे क्याम्पस अध्ययन काठमाडौंको अस्कलमा भयो ।
काम बिशेषमा भारत जाँदै गर्दा रेलमा भेट भएका एक जना भारतीय इन्जिनियरले योगेन्द्र शाक्यको इन्जिनियरिङ पढ्ने सोचाइलाई परिवर्तन गरिदिए । त्यसपछि शाक्यलाई होटल म्यानेजमेन्टमा स्नातक गर्ने सुर चल्यो ।
दिल्लीमा ३ वर्ष होटल म्यानेजमेन्टको अध्ययन गरेपछि थप अध्ययनका लागि  इटाली गए । २०३६ सालमा नेपाल फर्के  ।
योगेन्द्र शाक्य नेपाल फर्किने समयमा पिता र काका कर्ण शाक्यले २०२७ साल वरिपरी नै ठमेलमा १३ कोठाको होटल खोलिसक्नु भएको थियो । होटलले आफ्नो अलग्गै पहिचान बनाइसकेको थियो । पढेर आफ्नै सानो होटलमा काम गर्ने कि अन्यत्र कतै भनेर शाक्यलाई द्धिविधा भयो । अन्ततः परिवारले नै स्थापना गरेको बिजनेसलाई अझ अगाडी बढाउने निधो गरे । अगाडी बढ्दै जाँदा २०३६ सालमा होटल एसोसिएसन अफ नेपालको सचिवको जिम्मेवारी सम्हाले । आफूभन्दा पाका उमेरका व्यक्तिहरुसँग काम गर्न पाउँदा उनले निकै अनुभव हासिल गरे ।
०३७ सालमा योगेन्द्र शाक्यले २६ वर्षको उमेरमा काठमाडौंमै  बिहे गरे थकाली थरकी । शाक्यले भारतमा अध्ययन गरि फर्किदा आफ्नी प्रेमीकालाई समेत साथै ल्याए काठमाडौंमा । आफू शाक्य परिवार र प्रेमिका थकाली परिवार भएकाले बिबाह गर्न निकै कठिन थियो । जति कठिन भए पनि प्रेमिकाको सहमति र परिवारप्रतिको सम्मानले आफ्नो प्रेमलाई निर्णायक मोडमा ल्याई बिहेमा परिणत गर्न उनी सफल भए ।
परिवारको वृद्धिसँगै अब होटलको लगानी र कार्य क्षेत्र पनि बिस्तारै फराकिलो हँुदै गयो । २०३६ सालमा काठमाडौंको लाजिम्पाटमा होटल एम्बेसडर सुरु भयो । होटलको संख्या क्रमहः थपिँदै गयो । २०५१ सालमा काठमाडौंमै मार्कोपोलो बिजनेस होटल र २०५३ सालमा नगरकोटमा क्लब हिमालयको स्थापना भयो । ठमेलको १३ कोठाबाट शुरु भएको होटल व्यवसाय हाल आएर एस होटल एन्ड रिसोर्ट ग्रुपअन्तर्गत क्लब हिमालय, मार्कोपोलो बिजनेस होटल, एम्बेसडर छाउनी अपार्टमेन्ट होटल, ट्रेक ओ टेल सञ्चालन हँुदै आएका छन् । एम्बेसडर होटल नयाँ रुपमा आउँदैछ ।
व्यावसायिक जिवनको शुरुवात भएलगत्तै शाक्यले बिभिन्न संस्थामा रहेर काम गर्दै गए । नेपाल वायुसेवा निगम, प्रसुति गृह, नेपाल पर्यटन बोर्डलगायत संस्थाहरुको सञ्चालक समितिमा रहेर काम गरे । होटल एसोसिएसन अफ नेपालमा उनले निरन्तर २० बर्षसम्म सचिवदेखि अध्यक्ष भएर जिम्मेवारी सम्हाले । सन् १९९८ मा भिजिट नेपाल बर्षमा कार्यसमिति सदस्य र सन् २०११ मा मनाइएको नेपाल पर्यटन वर्षमा राष्ट्रिय कार्यक्रम सयोजक भएर नेपालको पर्यटन क्षेत्रमा गुन लगाएका छन् योगेन्द्र शाक्यले ।
बिहान ७ बजेबाट शुरु हुने उनको दैनिकी मर्निङ वाक हँुदै नित्य कर्ममा करिब बिहान बित्छ । तर,  पुजापाठमा होइन । बिद्यालय जिवनमा सेन्ट जेभियर्समा बिताएर होला मनमनै भगवानलाई सम्झनु उनलाई स्वभाविक लाग्छ । ९ बजे ब्रेकफास्ट लिएपछि होटलका सबै ठाउँका म्यानेजरसँग कुराकानी हुन्छ । आफ्ना संस्थाहरुको सबै अपडेट लिएपछिको पालो पर्यटन क्षेत्रको । पर्यटन क्षेत्रको हालखबर लिएपछि कार्यालय । करिब ५ घण्टा अफिसलाई दियो, त्यसपछि  घर । अफिसबाट बचेको समय बिभिन्न संघ–सस्थाको बैठक तथा कार्यक्रममा सहभागिता, यस्तै हो आजकलको उनको दैनिकी ।
जिवनका करिब ४० बर्ष पर्यटनकै खोज र विकासमा बितिसक्यो । त्यसैले नै होला समय–समयमा सरकारले गोरखा दक्षिणबाहु, त्रिशक्ति पट्ट, सुप्रबल जनसेवा श्री प्रदान ग¥यो ।  सायद यी र यस्तै सम्मानले प्रेरणा थप्छ । त्यसैले उनी प्रेरित हुँदै गए पर्यटन क्षेत्रमै कृयाशील रहन ।
नेपालको होटल व्यवसायको क्षेत्रमा अब्बल योगेन्द्र शाक्यको  घरायसी रहनसहन निकै सरल छ । फुर्सदको समयमा उनी आफ्नो परिवारसँगै हुन्छन् । यो समयमा रमाइलो भनेको पारिवारिक जमघट नै हो ।

४० वर्षसम्म नेपालको पर्यटनको क्षेत्रमा बिताएका र अझै सक्रिय रुपमा लागिरहेका नेपालका अग्रणी पर्यटन व्यवसायी हुन् योगेन्द्र शाक्य । २०११ सालमा काठमाडौंको असनमा जन्मिएका योगेन्द्र शाक्यको बाल्यकाल सरल तर अत्यन्तै व्यवस्थित तवरमा बित्यो । बाल्यकालका ७ वर्ष असनको घरमा नै बिताएका शाक्यको ७ बर्षपछिको बसाइ र पढाइ काठमाडौको सेन्ट जेभियर्स स्कुल जावलाखेलमा भयो । १० वर्ष सेन्ट जेभियर्समा विद्यालय जिवन बिताएपछि योगेन्द्रकोे क्याम्पस अध्ययन काठमाडौंको अस्कलमा भयो ।

काम बिशेषमा भारत जाँदै गर्दा रेलमा भेट भएका एक जना भारतीय इन्जिनियरले योगेन्द्र शाक्यको इन्जिनियरिङ पढ्ने सोचाइलाई परिवर्तन गरिदिए । त्यसपछि शाक्यलाई होटल म्यानेजमेन्टमा स्नातक गर्ने सुर चल्यो । दिल्लीमा ३ वर्ष होटल म्यानेजमेन्टको अध्ययन गरेपछि थप अध्ययनका लागि  इटाली गए । २०३६ सालमा नेपाल फर्के  ।

योगेन्द्र शाक्य नेपाल फर्किने समयमा पिता र काका कर्ण शाक्यले २०२७ साल वरिपरी नै ठमेलमा १३ कोठाको होटल खोलिसक्नु भएको थियो । होटलले आफ्नो अलग्गै पहिचान बनाइसकेको थियो । पढेर आफ्नै सानो होटलमा काम गर्ने कि अन्यत्र कतै भनेर शाक्यलाई द्धिविधा भयो । अन्ततः परिवारले नै स्थापना गरेको बिजनेसलाई अझ अगाडी बढाउने निधो गरे । अगाडी बढ्दै जाँदा २०३६ सालमा होटल एसोसिएसन अफ नेपालको सचिवको जिम्मेवारी सम्हाले । आफूभन्दा पाका उमेरका व्यक्तिहरुसँग काम गर्न पाउँदा उनले निकै अनुभव हासिल गरे ।

०३७ सालमा योगेन्द्र शाक्यले २६ वर्षको उमेरमा काठमाडौंमै  बिहे गरे थकाली थरकी । शाक्यले भारतमा अध्ययन गरि फर्किदा आफ्नी प्रेमीकालाई समेत साथै ल्याए काठमाडौंमा । आफू शाक्य परिवार र प्रेमिका थकाली परिवार भएकाले बिबाह गर्न निकै कठिन थियो । जति कठिन भए पनि प्रेमिकाको सहमति र परिवारप्रतिको सम्मानले आफ्नो प्रेमलाई निर्णायक मोडमा ल्याई बिहेमा परिणत गर्न उनी सफल भए ।

परिवारको वृद्धिसँगै अब होटलको लगानी र कार्य क्षेत्र पनि बिस्तारै फराकिलो हँुदै गयो । २०३६ सालमा काठमाडौंको लाजिम्पाटमा होटल एम्बेसडर सुरु भयो । होटलको संख्या क्रमहः थपिँदै गयो । २०५१ सालमा काठमाडौंमै मार्कोपोलो बिजनेस होटल र २०५३ सालमा नगरकोटमा क्लब हिमालयको स्थापना भयो । ठमेलको १३ कोठाबाट शुरु भएको होटल व्यवसाय हाल आएर एस होटल एन्ड रिसोर्ट ग्रुपअन्तर्गत क्लब हिमालय, मार्कोपोलो बिजनेस होटल, एम्बेसडर छाउनी अपार्टमेन्ट होटल, ट्रेक ओ टेल सञ्चालन हँुदै आएका छन् । एम्बेसडर होटल नयाँ रुपमा आउँदैछ ।

व्यावसायिक जिवनको शुरुवात भएलगत्तै शाक्यले बिभिन्न संस्थामा रहेर काम गर्दै गए । नेपाल वायुसेवा निगम, प्रसुति गृह, नेपाल पर्यटन बोर्डलगायत संस्थाहरुको सञ्चालक समितिमा रहेर काम गरे । होटल एसोसिएसन अफ नेपालमा उनले निरन्तर २० बर्षसम्म सचिवदेखि अध्यक्ष भएर जिम्मेवारी सम्हाले । सन् १९९८ मा भिजिट नेपाल बर्षमा कार्यसमिति सदस्य र सन् २०११ मा मनाइएको नेपाल पर्यटन वर्षमा राष्ट्रिय कार्यक्रम सयोजक भएर नेपालको पर्यटन क्षेत्रमा गुन लगाएका छन् योगेन्द्र शाक्यले ।

बिहान ७ बजेबाट शुरु हुने उनको दैनिकी मर्निङ वाक हँुदै नित्य कर्ममा करिब बिहान बित्छ । तर,  पुजापाठमा होइन । बिद्यालय जिवनमा सेन्ट जेभियर्समा बिताएर होला मनमनै भगवानलाई सम्झनु उनलाई स्वभाविक लाग्छ । ९ बजे ब्रेकफास्ट लिएपछि होटलका सबै ठाउँका म्यानेजरसँग कुराकानी हुन्छ । आफ्ना संस्थाहरुको सबै अपडेट लिएपछिको पालो पर्यटन क्षेत्रको । पर्यटन क्षेत्रको हालखबर लिएपछि कार्यालय । करिब ५ घण्टा अफिसलाई दियो, त्यसपछि  घर । अफिसबाट बचेको समय बिभिन्न संघ–सस्थाको बैठक तथा कार्यक्रममा सहभागिता, यस्तै हो आजकलको उनको दैनिकी ।

जिवनका करिब ४० बर्ष पर्यटनकै खोज र विकासमा बितिसक्यो । त्यसैले नै होला समय–समयमा सरकारले गोरखा दक्षिणबाहु, त्रिशक्ति पट्ट, सुप्रबल जनसेवा श्री प्रदान ग¥यो ।  सायद यी र यस्तै सम्मानले प्रेरणा थप्छ । त्यसैले उनी प्रेरित हुँदै गए पर्यटन क्षेत्रमै कृयाशील रहन ।

नेपालको होटल व्यवसायको क्षेत्रमा अब्बल योगेन्द्र शाक्यको  घरायसी रहनसहन निकै सरल छ । फुर्सदको समयमा उनी आफ्नो परिवारसँगै हुन्छन् । यो समयमा रमाइलो भनेको पारिवारिक जमघट नै हो ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

परिवारको बिरासत धान्दै Reviewed by on . नेपालको उन्नति र प्रगतिको एउटा सुत्र हो पर्यटन र यसले ल्याउने आर्थिक समृृद्धि । तर, विकास र समृद्धि कोरा गफबाट प्राप्त हुँदैन न त लामा–लामा योजना र अव्यावहारिक नेपालको उन्नति र प्रगतिको एउटा सुत्र हो पर्यटन र यसले ल्याउने आर्थिक समृृद्धि । तर, विकास र समृद्धि कोरा गफबाट प्राप्त हुँदैन न त लामा–लामा योजना र अव्यावहारिक Rating: 0

Leave a Comment

Scroll to top
>