Home » प्रोफाइल » धेरै अवसर त्याग्दै पर्यटनतिर

धेरै अवसर त्याग्दै पर्यटनतिर

Facebook Twitter Google+ Pinterest Reddit
Share
logo_newsउच्च शिक्षा हासिल गर्नका लागि काठमाडौं आउनु भएपछि गणेश न्यौपानेको जीवनले नयाँ मोड लिन पुग्यो । सिन्धुपाल्चोक जिल्लाको लामोसाँघु बाह्रविसे सडकमा सुपरभाइजरको लागि खटिनु भएका न्यौपानेले लामो समय काम गर्न सक्नु भएन । पढ्ने इच्छा छदै थियो सँगै थियो ठूलो मान्छे बनी समाजमा स्थापित हुने सपना ।  सोलुखुम्बुबाट लामोसाँघुको बाटो हँुदै पर्यटक तथा भरियाहरू हिडेर आएको देखेर उहाँलाई त्यो पेशाप्रति उत्सुकता बढ्यो र त्यसै प्रति आफ्नो झुकाब देखाउनुभयो । तत्कालिन नाम चलेको कम्पनी यति टे«किङमा उहाँले पोर्टर (भरिया)को रुपमा काम पाउनु भयो र हिमाल आरोहणमा आउने पर्यटकका सामान ओसारपसारमा सहयोग गर्नुभयो । केही समय माउन्टेन रिभर एड्भेन्चर टे«किङमा काम गरेपछि उहाँलाई पेशाप्रति विश्वास बढ्यो र यसैमा आफ्नो बाँकी जीवन बिताउने सोच सहित आफै मालिक भएर सन् १९९३ मा मन्टेरोसा टे«क्स एण्ड एक्सपिडिशन नामक कम्पनी संचालनमा ल्याउनु भयो ।
पढाईलाई अगाडी बढाउन नसकेपछि नाम, दाम, विदेशीसँगको उठबसबाट प्रभावित न्यौपानेले वि. सं. २०४१ सालमा नाथमबाट टे«किङ गाईडको तालिम लिनुभयो । त्यसैगरी हिमाल आरोहणमा गइरहनुपर्ने भएकोले वि. सं. २०४४ सालमा पर्वतारोहण सम्बन्धि तालिम लिएर आफ्नो ज्ञान र शीपको दायरालाई थप फराकिलो पार्नुभयो । पर्यटनको माध्यमबाट देशको संमृद्धि गर्न सकिन्छ भन्ने सोचका साथ उहाँले अरू धेरै अवसरहरूलाई छोड्दै दिन÷रात आफनो पेशाप्रति दत्तचित्त भएर लाग्नुभयो र आजको सफलता हात पार्नुभयो ।
नेपाली आकाश मार्ग विदेशीलाई महङ्गो भएकोले पर्यटक कम आएको उहाँको ठम्याई छ । नेपाल आउन लाग्ने हवाई भाडाले युरोपियन देशमा आउन जान तथा घुमफिर गर्न समेत पुग्ने भएकोले सोचे अनुसार पर्यटक आगमनमा वृद्धि हुन सकेको छैन । सन् २००५ देखि २००७ सम्म टानको सचिवको रुपमा आफ्नो दक्षता प्रस्तुत गरिसक्नु भएका उहाँ नेपाल पर्वतारोहण संघ, एक्सपिडिशन टूर अपरेटरर्स नेपाल, हिमालयन उद्धार संघ तथा पाटा नेपाल च्याप्टरसँग आवद्ध भएर अनुभव संगाली सक्नु भयो । भौतिक पूर्वाधारको विकास र राजनीतिबाट पर्यटनलाई कोशौं टाढा राख्नुपर्ने उहाँको सुझाब छ । बुढिमोरङ ६, सालबोट धनकुटामा जन्मिनु भएका ५३ बर्षीय गणेशले आफ्नै लगानीमा विभिन्न स्थानको वृत्तचित्र निमार्ण गरी पर्यटकीय गन्तव्यहरूको विदेशमा प्रचारप्रसार गरिरहनु भएको छ । जस्को माध्यमबाट धेरै पर्यटकहरूले नेपालको भ्रमण गर्ने गरेको उहाँको दाबी छ ।
पर्यटन विकासकै लागि गीत लेखन
गणेश न्यौपानेले आफू भित्र रहेको गीत लेखनको प्रतिभालाई माध्यम बनाएर पर्यटन प्रबद्र्धनमा ठूलो भूमिका खेल्नु भएको छ । २०५८ सालबाट गीत लेखनमा लाग्नु भएका न्यौपानेले आजको दिनसम्म आइपुग्दा ८ वटा गीति एल्बम निकाल्न सफल हुनु भएको छ । सरल, मिजासिलो, सहयोगी अनि हँसिलो व्यत्तित्वका पर्याय न्यौपानेले आफूलाई लोकगीतले श्रोता÷दर्शक माझ नयाँ परिचयका साथ चिनाएकोमा गौरवान्वित ठान्नु हुन्छ । झुम्के सल फिरीरी, शीतको थोपा, धनकुटा डाँडा बजार, लै लै मा कान्छी, यानीमाया, ढाकाटोपी शीरैमा, निष्ठुरी मायालुलाई, धनकुटा भोजपुरजस्ता एल्वम बजारमा ल्याइसक्नु भएका न्यौपानेले छिट्टै अर्को एल्बम बजारमा ल्याउने तयारी गरिरहनु भएको छ । ४ पटकसम्म उत्कृष्ठ लोक गीतको लागि इमेज अवार्ड प्राप्त गर्नु भएका न्यौपानेले अन्य विभिन्न एफएम तथा संस्थाले छनौट गरेका गीतहरूमा समेत उत्कृष्ठमा मनोनय हुनुभयो । लोकगीतको माध्यमबाट पर्यटनको प्रचारप्रसारमा सक्रिय गणेश न्यौपानेले सौखको रुपमा रहेको गीत लेखन र गायनलाई आगामी दिनमा अझ शसक्त रुपमा अगाडी बढाउने बताउनु भयो ।

उच्च शिक्षा हासिल गर्नका लागि काठमाडौं आउनु भएपछि गणेश न्यौपानेको जीवनले नयाँ मोड लिन पुग्यो । सिन्धुपाल्चोक जिल्लाको लामोसाँघु बाह्रविसे सडकमा सुपरभाइजरको लागि खटिनु भएका न्यौपानेले लामो समय काम गर्न सक्नु भएन । पढ्ने इच्छा छदै थियो सँगै थियो ठूलो मान्छे बनी समाजमा स्थापित हुने सपना ।  सोलुखुम्बुबाट लामोसाँघुको बाटो हँुदै पर्यटक तथा भरियाहरू हिडेर आएको देखेर उहाँलाई त्यो पेशाप्रति उत्सुकता बढ्यो र त्यसै प्रति आफ्नो झुकाब देखाउनुभयो । तत्कालिन नाम चलेको कम्पनी यति टे«किङमा उहाँले पोर्टर (भरिया)को रुपमा काम पाउनु भयो र हिमाल आरोहणमा आउने पर्यटकका सामान ओसारपसारमा सहयोग गर्नुभयो । केही समय माउन्टेन रिभर एड्भेन्चर टे«किङमा काम गरेपछि उहाँलाई पेशाप्रति विश्वास बढ्यो र यसैमा आफ्नो बाँकी जीवन बिताउने सोच सहित आफै मालिक भएर सन् १९९३ मा मन्टेरोसा टे«क्स एण्ड एक्सपिडिशन नामक कम्पनी संचालनमा ल्याउनु भयो ।

पढाईलाई अगाडी बढाउन नसकेपछि नाम, दाम, विदेशीसँगको उठबसबाट प्रभावित न्यौपानेले वि. सं. २०४१ सालमा नाथमबाट टे«किङ गाईडको तालिम लिनुभयो । त्यसैगरी हिमाल आरोहणमा गइरहनुपर्ने भएकोले वि. सं. २०४४ सालमा पर्वतारोहण सम्बन्धि तालिम लिएर आफ्नो ज्ञान र शीपको दायरालाई थप फराकिलो पार्नुभयो । पर्यटनको माध्यमबाट देशको संमृद्धि गर्न सकिन्छ भन्ने सोचका साथ उहाँले अरू धेरै अवसरहरूलाई छोड्दै दिन÷रात आफनो पेशाप्रति दत्तचित्त भएर लाग्नुभयो र आजको सफलता हात पार्नुभयो ।

नेपाली आकाश मार्ग विदेशीलाई महङ्गो भएकोले पर्यटक कम आएको उहाँको ठम्याई छ । नेपाल आउन लाग्ने हवाई भाडाले युरोपियन देशमा आउन जान तथा घुमफिर गर्न समेत पुग्ने भएकोले सोचे अनुसार पर्यटक आगमनमा वृद्धि हुन सकेको छैन । सन् २००५ देखि २००७ सम्म टानको सचिवको रुपमा आफ्नो दक्षता प्रस्तुत गरिसक्नु भएका उहाँ नेपाल पर्वतारोहण संघ, एक्सपिडिशन टूर अपरेटरर्स नेपाल, हिमालयन उद्धार संघ तथा पाटा नेपाल च्याप्टरसँग आवद्ध भएर अनुभव संगाली सक्नु भयो । भौतिक पूर्वाधारको विकास र राजनीतिबाट पर्यटनलाई कोशौं टाढा राख्नुपर्ने उहाँको सुझाब छ । बुढिमोरङ ६, सालबोट धनकुटामा जन्मिनु भएका ५३ बर्षीय गणेशले आफ्नै लगानीमा विभिन्न स्थानको वृत्तचित्र निमार्ण गरी पर्यटकीय गन्तव्यहरूको विदेशमा प्रचारप्रसार गरिरहनु भएको छ । जस्को माध्यमबाट धेरै पर्यटकहरूले नेपालको भ्रमण गर्ने गरेको उहाँको दाबी छ ।

पर्यटन विकासकै लागि गीत लेखन

गणेश न्यौपानेले आफू भित्र रहेको गीत लेखनको प्रतिभालाई माध्यम बनाएर पर्यटन प्रबद्र्धनमा ठूलो भूमिका खेल्नु भएको छ । २०५८ सालबाट गीत लेखनमा लाग्नु भएका न्यौपानेले आजको दिनसम्म आइपुग्दा ८ वटा गीति एल्बम निकाल्न सफल हुनु भएको छ । सरल, मिजासिलो, सहयोगी अनि हँसिलो व्यत्तित्वका पर्याय न्यौपानेले आफूलाई लोकगीतले श्रोता÷दर्शक माझ नयाँ परिचयका साथ चिनाएकोमा गौरवान्वित ठान्नु हुन्छ । झुम्के सल फिरीरी, शीतको थोपा, धनकुटा डाँडा बजार, लै लै मा कान्छी, यानीमाया, ढाकाटोपी शीरैमा, निष्ठुरी मायालुलाई, धनकुटा भोजपुरजस्ता एल्वम बजारमा ल्याइसक्नु भएका न्यौपानेले छिट्टै अर्को एल्बम बजारमा ल्याउने तयारी गरिरहनु भएको छ । ४ पटकसम्म उत्कृष्ठ लोक गीतको लागि इमेज अवार्ड प्राप्त गर्नु भएका न्यौपानेले अन्य विभिन्न एफएम तथा संस्थाले छनौट गरेका गीतहरूमा समेत उत्कृष्ठमा मनोनय हुनुभयो । लोकगीतको माध्यमबाट पर्यटनको प्रचारप्रसारमा सक्रिय गणेश न्यौपानेले सौखको रुपमा रहेको गीत लेखन र गायनलाई आगामी दिनमा अझ शसक्त रुपमा अगाडी बढाउने बताउनु भयो ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

धेरै अवसर त्याग्दै पर्यटनतिर Reviewed by on . उच्च शिक्षा हासिल गर्नका लागि काठमाडौं आउनु भएपछि गणेश न्यौपानेको जीवनले नयाँ मोड लिन पुग्यो । सिन्धुपाल्चोक जिल्लाको लामोसाँघु बाह्रविसे सडकमा सुपरभाइजरको लागि उच्च शिक्षा हासिल गर्नका लागि काठमाडौं आउनु भएपछि गणेश न्यौपानेको जीवनले नयाँ मोड लिन पुग्यो । सिन्धुपाल्चोक जिल्लाको लामोसाँघु बाह्रविसे सडकमा सुपरभाइजरको लागि Rating: 0

Leave a Comment

Scroll to top
>