Home » मुख्य समाचार » अन्ततः रोयल्टी उठाउने जिम्मा एनएमएलाई

अन्ततः रोयल्टी उठाउने जिम्मा एनएमएलाई

Facebook Twitter Google+ Pinterest Reddit
Share

काठमाडौं-himal नेपाल पर्वतारोहण संघ (एनएमए)ले विभिन्न २७ वटा हिमालको रोयल्टी संकलन विवाद सुल्झिएको छ ।
हिमालको रोयल्टी एनएमएबाट खोस्नुपर्ने माग गरेर अधिवक्ता दिपकविक्रम मिश्रले दिएको निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्चले गत साउन १७ गते मिश्रको निवेदनमा अन्तरिम आदेश दिनु नपर्ने निर्णय दिएपछि एनएमएको हिमालको रोयल्टी उठाउने अधिकार जोगिएको हो ।
एनएमएले चार दशकदेखि ६ हजार पाँच सय मिटर मुनिका विभिन्न ३३ हिमालको सेवा शुल्क उठाउँदै आएको थियो । एक वर्षदेखि सरकारले एनएमएलाई विभिन्न २७ हिमालको मात्रै सेवा शुल्क उठाउने अधिकार दिएको छ । एनएमएले वि.सं. २०३४ माग ५ गते तत्कालिन मन्त्रीपरिषद्को निर्याणबाट १८ वटा र २०५९ भदौ ३१ गते थप १५ गरी ३३ वटा हिमालको रोयल्टी उठाउन पाउने अधिकार पाएको छ । वि.सं. २०६३ को अन्तरिम संविधान पछि पनि सरकारले यो अधिकार एनएमएलाई नै दिनु कानुनसंगत नहुने भन्दै भएको विवाद अदालतको निर्णयबाट सुल्झिएको एनएमएले जानकारी दिएको छ ।
एनएमएले हिमाली क्षेत्रको प्रवद्र्धन, पर्यतीय पर्यटनमा दक्ष जनशक्ति उत्पादनको लागि तालिम दिने गर्छ । पर्वतीय पर्यटनको विकास, अन्तर्राष्ट्रिय क्षेत्रमा हिमालको पहिचान बनाउनेसहितका कार्यको लागि सेवा शुल्कको रुपमा पर्यटक पठाउन निश्चित रकम उठाउने गरेको एनएमएका अध्यक्ष आङछिरिङ शेर्पाले बताए ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

अन्ततः रोयल्टी उठाउने जिम्मा एनएमएलाई Reviewed by on . काठमाडौं- नेपाल पर्वतारोहण संघ (एनएमए)ले विभिन्न २७ वटा हिमालको रोयल्टी संकलन विवाद सुल्झिएको छ । हिमालको रोयल्टी एनएमएबाट खोस्नुपर्ने माग गरेर अधिवक्ता दिपकविक काठमाडौं- नेपाल पर्वतारोहण संघ (एनएमए)ले विभिन्न २७ वटा हिमालको रोयल्टी संकलन विवाद सुल्झिएको छ । हिमालको रोयल्टी एनएमएबाट खोस्नुपर्ने माग गरेर अधिवक्ता दिपकविक Rating: 0

Leave a Comment

Scroll to top
>