Home » अर्थ » लेनोभोको स्मार्टफोन नेपाली बजारमा

लेनोभोको स्मार्टफोन नेपाली बजारमा

Facebook Twitter Google+ Pinterest Reddit
Share

काठमाडौं – लेनोभो कम्पनीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन भित्र्याएको छ ।

कम्पनीले हालै काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर नयाँ स्मार्टफोनबारे जानकारी दिएको छ । लेनोभोले एकेएसइ ९९२, एडिआर एलएनभिजिवाई नेपाली बजारमा प्रवेश गरेको छ ।
यीसँगै लेनोभोको ए३१९– चौतर्फि ध्वनि सुनिने डल्बी, ए ३२८– आकार र सुविधा सही रुपमा सन्तुलन भएको क्वाड कोर पावर, ए५३६– सिनेम्याटिक अनुभूति लिन सकिने ५ इन्चको ठूलो स्क्रिनयुक्त र ए ५०००– चलेको चल्यै गर्ने ४००० एमएएच ब्याट्रीयुक्त ४ नयाँ मोबाइलहरु उपलब्ध गराएको छ ।
यी स्मार्टफोनहरुको बिक्री हाल काठमाडौं, भक्तपुर, हेटौंडा, बुटवल, जनकपुर, नेपालगन्ज, विर्तामोड र धनगढीबाट आरम्भ गरिने कम्पनीले जनाएको छ । कम्पनीले आगामी ३ देखि ६ महिनाभित्रमा देशका सबै भूभागहरुमा विस्तार गरिने योजना बनाएको छ ।

नेपालमा स्मार्टफोनको बजार प्रति वर्ष १२ लाखको हाराहारीमा हुने अनुमान गरिएको छ । कम्पनीले आगामी तीन महिनाभित्र देशका ७ सय सोरुमहरुमा र आगामी ६ महिनामा १ हजार सोरुममा आफ्नो उत्पादन पुर्याउने लक्ष्य लिएको छ । लेनोभोका स्मार्टफोनहरु ९ हजारदेखि १७ हजार ५ सयसम्मका छन् ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

लेनोभोको स्मार्टफोन नेपाली बजारमा Reviewed by on . काठमाडौं – लेनोभो कम्पनीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन भित्र्याएको छ । कम्पनीले हालै काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर नयाँ स्मार्टफोनबारे जानकारी दिए काठमाडौं – लेनोभो कम्पनीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन भित्र्याएको छ । कम्पनीले हालै काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर नयाँ स्मार्टफोनबारे जानकारी दिए Rating: 0
Scroll to top
>