Home » अर्थ » एनआरएनए अध्यक्षमा शेष घले निर्वाचित

एनआरएनए अध्यक्षमा शेष घले निर्वाचित

Facebook Twitter Google+ Pinterest Reddit
Share

sesh ghaleकाठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्षमा शेष घले पुनःनिर्वाचित हुनुभएको छ ।

घलेले ८६७ मत ल्याएर निकटतम प्रतिस्पर्धी टिबी कार्कीलाई पछि पार्दै विजयी हुनुभएको हो । कार्कीले २२६ मत ल्याउनुभएको छ । त्यसैगरी उपाध्यक्षद्वयमा भवन भट्ट ५३८ मत र कुमार पन्त ५१३ मत ल्याएर निर्वाचित हुनुभएको छ । महासचिवमा बद्री केसीले ५५५ मतका साथ विजयी हुनुभएको छ । सचिवमा अर्जुनकुमार श्रेष्ठले ३९१ र कोषाध्यक्षमा हिक्मतबहाुर थापाले २६४ मत ल्याएर विजयी हुनुभएको एनआरएनका प्रवक्ता मन केसीले राससलाई जानकारी दिनुभयो ।

एनआरएनको ७१ राष्ट्रिय समन्वय परिषद् र एक अन्तर्राष्ट्रिय समन्वय परिषद् रहेको छ । सम्मेलनमा पर्यवेक्षकसहित एक हजार ५०० भन्दा बढी एनआरएन सदस्यको सहभागिता थियो ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

एनआरएनए अध्यक्षमा शेष घले निर्वाचित Reviewed by on . काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्षमा शेष घले पुनःनिर्वाचित हुनुभएको छ । घलेले ८६७ मत ल्याएर निकटतम प्रतिस्पर्धी टिबी कार्कीलाई पछि पार्दै विजय काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्षमा शेष घले पुनःनिर्वाचित हुनुभएको छ । घलेले ८६७ मत ल्याएर निकटतम प्रतिस्पर्धी टिबी कार्कीलाई पछि पार्दै विजय Rating: 0
Scroll to top
>