Home » अर्थ » एस ग्रिनरी सेन्टरको उद्घाटन

एस ग्रिनरी सेन्टरको उद्घाटन

Facebook Twitter Google+ Pinterest Reddit
Share

1पर्यटनन्यूज समाचारदाता, काठमाडौं । ‘गो ग्रिन प्लानेट क्लिन’ मूल नाराका साथ आजदेखि काठमाडौं प्लाजामा एस ग्रिनरी सेन्टरको सुरुवात गरिएको छ ।
एक विशेष कार्यक्रमका बीच पूर्व मुख्य सचिव लिलामणी पौडेल, जीवन विज्ञान केन्द्रका संस्थापक द्वय एलपी भानू शर्मा तथा रमेश नेपाल र फ्लोरीकल्चर एसोसिएसन अफ् नेपालका अध्यक्ष लोकनाथ गैरेले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । काठमाडौंका मुटुमा मानिने कमलादीमा सञ्चालित सो ग्रिनरी सेन्टरमा इन्डोर प्लान्ट डेकोरेसन, इक्सटेरियर डिजाइन एण्ड गार्डेनिङ, इभेन्ट एण्ड होलिडे डेकोरेसन तथा फ्रेस फ्लावर, प्लान्ट एण्ड गिफ्टका सेवाहरु उपलब्ध गराइने एस ग्रिनरी सेन्टरका सञ्चालक नवराज धरेलले जानकारी गराए । उनले सेन्टरबाट भएको नाफाको एक प्रतिशत सामाजिक उत्तरदायित्व अन्तर्गत योगदान हुने पनि जानकारी गराए ।
कार्यक्रममा सेवा र उत्पादनका फाइदाहरुको बारेमा पनि जानकारी गराइएको थियो । तनाव र रोग कम गर्ने उपयुक्त माध्यम, कर्मचारीहरुको उत्पादकत्व एवं मनोवृत्ति बढाउने, कार्यालयको हो–हल्लाबाट हुने ध्यान भङ्ग कम गर्ने, हावाको तापक्रम कम गरी हावाको गुणस्तर वृद्धि गर्ने र सुख, शान्ति र समृद्धि प्राप्तिमा सहयोगी हुने बताइएको छ । दक्ष जनशक्ति, गुणस्तरीय सेवा र सामाजिक उत्तरदायित्वमा पनि सेन्टरले भूमिका निर्वाह गर्ने भएकोले व्यापारिक सफलता छिटो पाउनेमा सञ्चालकहरुको विश्वास छ ।

IMG_1895

IMG_1902

IMG_1904

IMG_1914

IMG_1906

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

एस ग्रिनरी सेन्टरको उद्घाटन Reviewed by on . पर्यटनन्यूज समाचारदाता, काठमाडौं । ‘गो ग्रिन प्लानेट क्लिन’ मूल नाराका साथ आजदेखि काठमाडौं प्लाजामा एस ग्रिनरी सेन्टरको सुरुवात गरिएको छ । एक विशेष कार्यक्रमका पर्यटनन्यूज समाचारदाता, काठमाडौं । ‘गो ग्रिन प्लानेट क्लिन’ मूल नाराका साथ आजदेखि काठमाडौं प्लाजामा एस ग्रिनरी सेन्टरको सुरुवात गरिएको छ । एक विशेष कार्यक्रमका Rating: 0
Scroll to top
>