Home » अर्थ » नबौ गोदावरी मेलाको सुरु

नबौ गोदावरी मेलाको सुरु

Facebook Twitter Google+ Pinterest Reddit
Share

1पर्यटनन्यूज समाचारदाता, काठमाडौं । कृषि मन्त्रालयको सहयोगमा फ्लोेरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ९ औं गोदावरी फूल प्रतियोगिताको प्रदर्शनीको तयारी पुरा भएको छ ।
मेलामा भाग लिएका सबै स्टलहरुले फूल सजाउने कार्य सम्पन्न गरिसकेका छन् भने अबलोकनकर्तालाई सहज हुने गरि स्टल तयार गरिएको छ । गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले ९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १९ देखि २२ गतेसम्म जावलाखेलको खेलमैदान, ललितपुरमा संचालन गरिन लागेको हो । पुष्प व्यवसाय प्रवद्र्धनका सम्वन्धमा समय अनुकूल व्यवसायिकता तर्फ उन्मुख गर्न पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पु¥याउनका लागि यस किसिमका कार्यव्रmमहरु आयोजना हुँदै आएको छ । यसै सन्दर्भमा नजिकै आइरहेको तिहार पर्वलाई लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागेका आयोजकले जनाएको छ । तिहार पर्वको एक आकर्षक पुष्पको रुपमा रहेको गोदावरी पुष्पको व्यवसाय प्रवद्र्धन गर्न आयोजना गरिएको यस प्रदर्शनीको नारा ‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’ भन्ने रहेको मेला संयोजक तथा फ्यानका उपाध्यक्ष दिलिप बादेले बताए ।

प्रतिस्पर्धामा समावेश भएका नर्सरीहरुलाई प्रथम, द्वितीय तथा तृतीय घोषणा गरि शिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ । यस्ता प्रतियोगिताले उत्पादकहरुको स्वच्छ प्रतिस्पर्धाको बिकास भई गुणस्तरिय फूल बिरुवाहरु उत्पादन गर्न सघाउ पुर्‍याउनुका साथै क्षमता अभिबृद्धि हुने बिश्वास फ्लोरिकल्चर एशोसिएशनका महासचिब मिनबहादुर तामाङले बताए । मेलामा व्यवसायिक स्टल, सूचनामुलक र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल सहित जम्मा ३६ वटा प्रदर्शनी कक्षहरु रहने छन् । मेलामा गोदावरी फूलको विभिन्न प्रजातीका फूलहरुका साथै अन्य फूल बिरुवाहरु समेत प्रदर्शनीमा रहेका छन् । विश्व बजारसंग संगै नेपालमा पनि पुष्प तथा पुष्पजन्य बस्तुको मागमा प्रत्येक बर्ष १० देखि १५ प्रतिशतको दरले बृद्धि भईरहेकोे सन्दर्भमा यससंग संबन्धित उद्योगहरु पनि क्रमशः विस्तारित भईरहेको अध्यक्ष लोकनाथ गैरेले बताए ।

यस लगत्तै देशमा उत्पन्न राजनैनिक अस्थिस्ता बिशेष गरि तराईमा भइरहेको आन्दोलन, भारतले लगाएको अघोसित नााकाबन्धिका कारण असजह परिस्थिती सृजना भई यसले पुष्प व्यवसायमा नराम्ररी असर पर्न गएको बताउँदै फ्यानका कोषाध्यक्ष शिब खड्काले महाबिनासकारी भुकम्प, राजनैतिक अस्थिरता र भारतले लगाएको अघोसित नाकाबन्धीका कारण पेट्रोलियम पदार्थका अभावका यी आदी कारणले बर्तमान अबस्थमा पुष्प व्यवसायीहरुले धेरै आर्थिक नोक्सानी बेहोर्नु परेको यस परिस्थितीमा पुष्प व्यवसायको प्रबद्र्धन गर्नका लागि यस मेलाले केहि सघाउ पु¥याउने अपेक्षा लिएको बताए ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

नबौ गोदावरी मेलाको सुरु Reviewed by on . पर्यटनन्यूज समाचारदाता, काठमाडौं । कृषि मन्त्रालयको सहयोगमा फ्लोेरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ९ औं गोदावरी फूल प्रतियोगिताको प्रदर्शनीको तयारी पुरा भएको छ पर्यटनन्यूज समाचारदाता, काठमाडौं । कृषि मन्त्रालयको सहयोगमा फ्लोेरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ९ औं गोदावरी फूल प्रतियोगिताको प्रदर्शनीको तयारी पुरा भएको छ Rating: 0
Scroll to top
>