Home » अर्थ » ग्याँस ल्याउन हामी तयार छौं- सरकार सहयोग गर: व्यवसायी

ग्याँस ल्याउन हामी तयार छौं- सरकार सहयोग गर: व्यवसायी

Facebook Twitter Google+ Pinterest Reddit
Share

nakabandiचितवन । भारतीय नाकाबन्दीका कारण इन्धन र ग्यासको चरम अभाव भइरहेका बेला एनेकपा माओवादी निकट व्यापारीको केन्द्रीय सङ्गठन नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनले सरकारले सहयोग गरे चीनबाट ग्यास र इन्धन भित्र्याउन सकिने जनाएको छ ।
सङ्गठनको सौराहामा सम्पन्न केन्द्रीय भेलाको निर्णय सार्वजनिक गर्दै सरकारले सहयोग गरे १५ दिनमा ५० लाख सिलिण्डर चीनबाट ल्याउन सकिने उनीहरुले दाबी गरेका हुन् । सङ्गठनका अध्यक्ष कृष्ण आचार्यले सरकारले निजी क्षेत्रलाई चीनबाट ग्यास ल्याउने वातावरण तयार पारे व्यवसायी ग्यास ल्याउन तयार रहेको बताए । “सडक पूर्वाधार, सुरक्षा र दुई देशबीचको व्यापार सम्झौता भएमा ग्यास आपूर्ति सहज हुनेछ । सरकार अझै पनि चीनबाट ग्यास ल्याउने विषयमा तदारुकताका साथ लागेको छैन” उनको आरोप छ । आचार्यले त्यहाँका व्यवसायीसँग समन्वय भइरहेको र उनीहरु सकारात्मक रहेकाले अहिलेको अभावलाई थेग्न सरकारी सहयोग आवश्यक रहेको बताए । “मूल्य केही महङ्गो पर्न सक्छ सहजीकरण हुन्छ” आचार्यको भनाइ थियो ।
पत्रकार सम्मेलनमा सङ्घका उपाध्यक्ष खेम भण्डारीले नेपाललाई आगामी छ महिनाका लागि खाद्यान्नको कुनै समस्या नरहेको जानकारी दिए । केही व्यापारीले कालोबजारी गरेको र सामान लुकाएको बताउँदै भण्डारीले त्यसमा सबै व्यापारीलाई नमुछ्न पनि अनुरोध गरेका छन् । चीनबाट तेल र ग्याँस सहज रुपमा आपूर्ती गर्न सकियो भने पर्यटन क्षेत्रमा लागेको धक्का समेत कम हुने भन्दै संघका सदस्य सहदेव धमलाले यसको लागि सरकारले संयोजनकारी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । उनले नाकाबन्दी र तेल/ग्याँस अभाव कै कारण पर्यटन क्षेत्रपनि डामाडोल भएको बताए ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

ग्याँस ल्याउन हामी तयार छौं- सरकार सहयोग गर: व्यवसायी Reviewed by on . चितवन । भारतीय नाकाबन्दीका कारण इन्धन र ग्यासको चरम अभाव भइरहेका बेला एनेकपा माओवादी निकट व्यापारीको केन्द्रीय सङ्गठन नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनले सर चितवन । भारतीय नाकाबन्दीका कारण इन्धन र ग्यासको चरम अभाव भइरहेका बेला एनेकपा माओवादी निकट व्यापारीको केन्द्रीय सङ्गठन नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनले सर Rating: 0
Scroll to top
>