Home » अर्थ » महिला ससक्तीकरणमा लगानी गर्दै तार्कु सहकारी

महिला ससक्तीकरणमा लगानी गर्दै तार्कु सहकारी

Facebook Twitter Google+ Pinterest Reddit
Share

Sahakari

लम्जुङ । कृषी क्षेत्रमा लगानी विस्तार गर्दै आएको तार्कु बचत तथा ऋण सहकारी संस्थाले अब महिला ससक्तीकरणका कार्यहरुमा लगानी गर्ने योजना बनाएको छ ।
सातौं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गर्दै यस्तो निर्णय गरेको हो । लम्जुङ जिल्लाको सुन्दरबजार नगरपालिकामा सम्पन्न सभाले राजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । जस्मा उपाध्यक्षमा आनन्दराज श्रेष्ठ, सचिवमा जयराम रेग्मी र कोषाध्यक्षमा सुरेन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरु इन्द्रमान श्रेष्ठ, वसन्ती दुरा, इन्दू भट्टराई, पवित्रा गुरुङ, लालकाजी श्रेष्ठ, रामबहादुर परियार, पदमकुमारी गुरुङ, कृष्णमान श्रेष्ठ र इन्दिरा पन्त निर्वाचित भएका छन् । सो सभाले तीन वर्षे कार्यकालका लागि निर्वाचित नयाँ कार्यसमिति निर्वाचित गरेसँगै विभिन्न नौ वटा उपसमिति समेत गठन गरेको छ । जस्मा लेखा, ऋण, शिक्षा, खरिद, सदस्य कल्याण एवं स्वास्थ्य, व्यापार प्रबद्र्धन, सामाजिक एवं समुदाय विकास, महिला ससक्तिकरण र सल्लाहकार उपसमिति रहेका छन् ।

sahahakari
कृषी क्षेत्रमा विभिन्न लगानी गर्दै आएको संस्थाले अब महिला उद्यमशीलता विकास गर्न लागि पर्ने नवनिर्वाचित अध्यक्ष राजेन्द्रमान श्रेष्ठले बताए । सुन्दरबजार नगपालिका क्षेत्रमा लगानी गर्दै आएको सहकारीले नाफामूलक मात्र नभइ सेवामूलक कार्यहरुमा जोड दिन यस्तो निर्णय गरेको उनको भनाइ छ । सहकारीको शेयर पुँजी ३४ लाख रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

महिला ससक्तीकरणमा लगानी गर्दै तार्कु सहकारी Reviewed by on . लम्जुङ । कृषी क्षेत्रमा लगानी विस्तार गर्दै आएको तार्कु बचत तथा ऋण सहकारी संस्थाले अब महिला ससक्तीकरणका कार्यहरुमा लगानी गर्ने योजना बनाएको छ । सातौं वार्षिक सा लम्जुङ । कृषी क्षेत्रमा लगानी विस्तार गर्दै आएको तार्कु बचत तथा ऋण सहकारी संस्थाले अब महिला ससक्तीकरणका कार्यहरुमा लगानी गर्ने योजना बनाएको छ । सातौं वार्षिक सा Rating: 0
Scroll to top
>