Home » विचार » भव्य बन्यो ‘हिमालयन ह्वाइट वाटर च्यालेन्ज’ (फोटो फिचरसहित)

भव्य बन्यो ‘हिमालयन ह्वाइट वाटर च्यालेन्ज’ (फोटो फिचरसहित)

भूकम्पपछिको गलत सन्देश हट्योः दाहाल

Facebook Twitter Google+ Pinterest Reddit
Share

6रामचन्द्र पाण्डे, त्रिशूली । नेपाल एसोशियन अफ र्‍याफ्टिङ एजेन्ट्स नाराको आयोजना चौधौं ‘हिमालयन ह्वाइट वाटर च्यालेन्ज’ भव्य रुपमा सम्पन्न भएको छ ।

प्रतियोगितामा ह्वाइट वाटर च्यालेन्ज अन्तर्गत कायाक तर्फ स्लालोम, फ्रिस्टाइल र बटरक्रस सगरी तीनवटा खेलको पर्दशन गरिएको थियो । जसमा नेपाली र बिदेशी गरी एक सय भन्दा बढि खेलाडीहरुको सहभागिता रहेको थियो । नेपाली महिलाको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेकी गोमा सुनुवारले समेत प्रतियोगितामा सहभागी जनाइन् । प्रतियोगिताको समापनमा हुने ‘हिमालयन ह्वाइट वाटर च्यालेन्ज’का सुरुवातकर्ता तथा ‘ह्वाइट वाटर नेपाल’ पुस्तकका लेखक पीटर नलेज र नेपाली खेलाडी लाई कायाकीङ् गर्न सिकाउने जेरी मोफट उपस्थित थिए । प्रदर्शन गरिएका खेलहरु मध्ये स्लालोममा तर्फ सिनियरमा प्रमोद गुरुङ्गले उपाधि हासिल गरे । जुनियरमा निर्वाचन गुरुङ्ग र महिला तर्फ गोमा सुनुवार विजयी भए ।
यस्तै, फ्रिस्टाइलमा सिनियर तर्फ मिलन श्रेष्ठ, जुनियरमा हेम कुमार र महिलामा अस्ट्रलियाकी बेलिन्डा सारोक विजयी भए । बोटरक्रस तर्फ सिनियरमा सुरज हुरन, जुनियरमा कुसल गुरुङ्ग र महिला तर्फ बेलिन्डा सारोक विजयी भए । प्रतियोगितामा विजयी हुनेले करिब पाँच लाख बराबरको कायाक र र्‍याफ्टिङ् सम्बन्धि सामाग्री र नगद पुरस्कार पाए ।
नेपाली खेलाडीलाई अझ सशक्त बनाउन तथा नेपालका नदीहरुमा रहेको प्रचुर संभावनालाई अन्तराष्ट्रिय बजारसम्म पुर्‍याउनका लागी यस्ता कार्यक्रमको आयोजना अहम् भुमिका खेल्ने नाराका अध्यक्ष चन्द्र दाहालले बताए । उनले भूकम्प र नाकाबन्दीको प्रभाव राफ्टिङ क्षेत्रमा छैन भन्ने सन्देश दिन पनि यस खालको कार्यक्रम गरिएको बताए ।

1

7

1

3

2

1.

4

5.

फोटो सौजन्यः एड्रिफ्ट एड्भान्चर ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

भव्य बन्यो ‘हिमालयन ह्वाइट वाटर च्यालेन्ज’ (फोटो फिचरसहित) Reviewed by on . रामचन्द्र पाण्डे, त्रिशूली । नेपाल एसोशियन अफ र्‍याफ्टिङ एजेन्ट्स नाराको आयोजना चौधौं ‘हिमालयन ह्वाइट वाटर च्यालेन्ज’ भव्य रुपमा सम्पन्न भएको छ । प्रतियोगितामा रामचन्द्र पाण्डे, त्रिशूली । नेपाल एसोशियन अफ र्‍याफ्टिङ एजेन्ट्स नाराको आयोजना चौधौं ‘हिमालयन ह्वाइट वाटर च्यालेन्ज’ भव्य रुपमा सम्पन्न भएको छ । प्रतियोगितामा Rating: 0
Scroll to top
>