Home » अर्थ » नाकाबन्दीले दैनिक दुई अर्बको नोक्सान

नाकाबन्दीले दैनिक दुई अर्बको नोक्सान

Facebook Twitter Google+ Pinterest Reddit
Share

काठमाडौं । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले नाकाबन्दीका कारण देशको उद्योगधन्दाको उत्पादन र वितरण प्रभावित हुँदा दैनिक रु दुई अर्ब नोक्सान भएको बताएका छन् ।
बोष्टर मिडियाको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित अघोषित नाकाबन्दीले उद्योगको अवस्था विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले इन्धन अभावका कारण उद्योगधन्दा धरासायी भएको उल्लेख गरे । “लामो समयदेखि इन्धन आपूर्ति हुन नसक्दा मुलुकका उत्पादन तथा सेवामूलक उद्योग नराम्रोसँग प्रभावित भएका छन्”– मन्त्री पाण्डेले भन्नुभयो–“आर्थिक नोक्सानमात्र नभएर उपभोक्ताले सहज उपभोग गर्न नपाउँदा व्यावहारिक चुनौती पनि उत्तिकै खट्किएको छ ।” यद्यपि, नाकाबन्दी खुलाएर आपूर्ति व्यवस्था सहज बनाउनका लागि सरकार प्रयासरत रहेको उनको भनाइ थियो ।
कार्यक्रममा सांसद गीता रानाले सरकारको गलत नीति र कार्यक्रमका कारण जनताले दुःख पाएको बताए । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले अघोषित नाकाबन्दीले प्रेस जगत मारमा परेको चर्चा गरे ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

नाकाबन्दीले दैनिक दुई अर्बको नोक्सान Reviewed by on . काठमाडौं । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले नाकाबन्दीका कारण देशको उद्योगधन्दाको उत्पादन र वितरण प्रभावित हुँदा दैनिक रु दुई अर्ब नोक्सान भएको बताएका छन् । बोष् काठमाडौं । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले नाकाबन्दीका कारण देशको उद्योगधन्दाको उत्पादन र वितरण प्रभावित हुँदा दैनिक रु दुई अर्ब नोक्सान भएको बताएका छन् । बोष् Rating: 0
Scroll to top
>