Home » अर्थ » व्यवसायी सापकोटा सहिद स्मृति संचार सहकारीको उपाध्यक्ष

व्यवसायी सापकोटा सहिद स्मृति संचार सहकारीको उपाध्यक्ष

Facebook Twitter Google+ Pinterest Reddit
Share

kamalधादिङ – धादिङबाट प्रशारण हुँदै आएको रेडियो बिहानी र प्रकाशन भइरहेको जनमुक्ति मार्ग साप्ताहिक संचालन गरि रहेको सहिद स्मृति संचार सहकारीको उपाध्यक्षमा बरिष्ठ पर्यटन व्यवसायी कमल सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।
एकीकृत पर्यटन व्यवसायी संगठनका अध्यक्ष समेत रहेका व्यवसायी सापकोटा धादिङमा भएको सहकारीको छैटौं साधारणसभा तथा दोस्रो अधिवेशनबाट निर्विरोध निर्वाचित भएका हुन् । उनीसँग निर्विरोध निर्वाचित हुनेमा अध्यक्ष जगत सिंखडा, अर्का उपाध्यक्ष मनराज भण्डारी, महासचिव सुदर्शन खतिवडा, सचिव दिनेश अधिकारी र कोषध्यक्ष विष्णुप्रसाद कोईराला रहेका छन् । अधिवेशनले विधान अनुसार महिला दलित जनजाती गरि कुल १७ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा सुपर्यवेक्षण समिति समेत गठन गरेको छ । त्यस्तै सदस्यहरुमा नारायण सिलवाल, शंकर अधिकारी, भरत कोईराला, खेमराज भुजेल, बोदनाथ दुवाडी, संगिता कडेल, सृजना रिजाल, प्रमोद पोखरेल, विष्णु श्रेष्ठ, रामबहादुर ढकाल र सुदिप रसाईली रहेका छन् ।
यता, लेखा समितिको संयोजकमा सुदर्शन बसौला रहेका छन् भने सदस्यहरुमा भेषराज रिजाल र बद्री अधिकारी रहेका छन् । साधारणसभा ‘बुढीगण्डकी जलविद्युत परियोजना र धादिङको विकास’ बिषयक अन्तक्रिया कार्यक्रमकोसमेत आयोजना गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

व्यवसायी सापकोटा सहिद स्मृति संचार सहकारीको उपाध्यक्ष Reviewed by on . धादिङ – धादिङबाट प्रशारण हुँदै आएको रेडियो बिहानी र प्रकाशन भइरहेको जनमुक्ति मार्ग साप्ताहिक संचालन गरि रहेको सहिद स्मृति संचार सहकारीको उपाध्यक्षमा बरिष्ठ पर्य धादिङ – धादिङबाट प्रशारण हुँदै आएको रेडियो बिहानी र प्रकाशन भइरहेको जनमुक्ति मार्ग साप्ताहिक संचालन गरि रहेको सहिद स्मृति संचार सहकारीको उपाध्यक्षमा बरिष्ठ पर्य Rating: 0
Scroll to top
>