Home » विचार » व्यवसायी देवेनलाई टेनिस च्याम्पियन उपाधि

व्यवसायी देवेनलाई टेनिस च्याम्पियन उपाधि

Facebook Twitter Google+ Pinterest Reddit
Share

devennकास्की । आधुनिक गीतकारको रुपमा समेत स्थापित भइसकेका पर्यटन व्यवसायी देवेन्द्र गिरी ‘देवेन’ टेनिस च्याम्पियन बनेका छन् ।
पोखरामा सम्पन्न १३ औँ भेटेरान टेनिस च्याम्पियन –२०१५ राष्ट्रिय टेनिस प्रतियोगितामा उनले सो उपाधि जितेका हुन् । प्रतियोगिताको फाइनल खेलमा गिरी र आत्माराम कार्कीको जोडीले ३५ वर्ष माथिको डबलसमा प्रथम श्रेणी हाँसिल गरका हुन् । अन्य विभिन्न विधामा भने श्रीराम मगर, प्रदीप शाह, कुमार मोहन, बहादुर शाही तथा विदुर विष्टले उपाधि जितेका छन् । व्यवसायी गिरी लामो समयदेखि टेनिस खेलमा संलग्न रहँदै आएका छन् । उनी कलाकार समेत हुन् भने होटल मनाङका प्रबन्ध निर्देशक समेत रहेका छन् ।
गिरीले तिमी भयौ बुढी पिपल, देश बने पो हामी बन्छौँ, जुठिएको सिउँदोलगायत दर्जनौँ गीतहरु बजारमा ल्याएका छन् । उनको पहिलो एल्बम ‘द पेन एण्ड देवेन’ चर्चाको शिखरमा रहन सफल रह्यो ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

व्यवसायी देवेनलाई टेनिस च्याम्पियन उपाधि Reviewed by on . कास्की । आधुनिक गीतकारको रुपमा समेत स्थापित भइसकेका पर्यटन व्यवसायी देवेन्द्र गिरी ‘देवेन’ टेनिस च्याम्पियन बनेका छन् । पोखरामा सम्पन्न १३ औँ भेटेरान टेनिस च्या कास्की । आधुनिक गीतकारको रुपमा समेत स्थापित भइसकेका पर्यटन व्यवसायी देवेन्द्र गिरी ‘देवेन’ टेनिस च्याम्पियन बनेका छन् । पोखरामा सम्पन्न १३ औँ भेटेरान टेनिस च्या Rating: 0
Scroll to top
>