Home » :: हाईलाइट समाचार » पर्यटन पुनरुत्थानका लागि नेपालमा अन्तर्राष्ट्रियस्तरको गोष्ठी

पर्यटन पुनरुत्थानका लागि नेपालमा अन्तर्राष्ट्रियस्तरको गोष्ठी

Facebook Twitter Google+ Pinterest Reddit
Share

pata

रामचन्द्र पाण्डे, काठमाडौं । पर्यटन व्यवसायको क्षेत्रमा नवीनतम अभ्यास, सफल नेतृत्व र सीप विकास गर्ने उद्देश्यले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको गोष्ठीको आयोजना गरियो ।
प्यासिफिक एसिया ट्राभल एजेन्ट (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सञ्चालित दुई दिने गोष्ठीमा हङकङका प्राध्यापक केयी चोनले पर्यटन व्यवसायका नवीनतम अभ्यास र सफल नेतृत्वको विकासबारे प्रशिक्षण दिएका थिए । हङकङ पोलिटेक्निकल युनिभर्सिटीका डीन समेत रहेका केयी होटल एन्ड टुरिजम म्यानेजमेन्टसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पर्यटन सङ्गठनको उत्कृष्ठ पुरस्कार विजेतासमेत हुन् ।
भूकम्प र नाकाबन्दीबाट थलिएको पर्यटन पुनःरुत्थानमा ऊर्जा थप्न तथा पर्यटनका नयाँ आयामको खोजीका साथै दक्ष जनशक्ति उत्पादन र आधुनिक प्रविधियोग्य सीपको विकास गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले बताए । आतिथ्यता र पर्यटनमा नव पर्वत्तन र नेतृत्व विषयक उक्त गोष्ठीमा पर्यटन क्षेत्रका एयरलाइन्स, होटल, व्यवसायी, सञ्चारकर्मी तथा विद्यार्थी गरी करिब १८० जनाको सहभागिता रहेको थियो ।

pata .
गोष्ठीको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन उद्योगलाई गतिवान बनाउन मानवसंशाधन आवश्यकता रहेको भन्दै पर्यटन प्रवद्र्धनका लागि यस्तो तालिम उपयोगी हुने बताए । प्राध्यापक चोनले एसिया प्रशान्त क्षेत्रमा विश्व पर्यटन उद्योगले फड्को मारिरहेको तथा पर्यटन पूर्वाधार निर्माणका कार्य तीव्ररुपमा अघि बढिरहेको सन्दर्भमा नेपालको पर्यटन बजारलाई गति दिन पर्यटकको आवश्यकताअनुरुप नयाँ पर्यटकीय प्याकेजका कार्यक्रम ल्याइनुपर्ने खाँचो औंल्याए ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

पर्यटन पुनरुत्थानका लागि नेपालमा अन्तर्राष्ट्रियस्तरको गोष्ठी Reviewed by on . रामचन्द्र पाण्डे, काठमाडौं । पर्यटन व्यवसायको क्षेत्रमा नवीनतम अभ्यास, सफल नेतृत्व र सीप विकास गर्ने उद्देश्यले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको गोष्ठीको रामचन्द्र पाण्डे, काठमाडौं । पर्यटन व्यवसायको क्षेत्रमा नवीनतम अभ्यास, सफल नेतृत्व र सीप विकास गर्ने उद्देश्यले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको गोष्ठीको Rating: 0
Scroll to top
>
%d bloggers like this: