Home » विचार » पर्यटन विकासका लागि स्वीजरल्याण्डबाट मेरो सन्देश

पर्यटन विकासका लागि स्वीजरल्याण्डबाट मेरो सन्देश

Facebook Twitter Google+ Pinterest Reddit
Share

kamal bhatta photo

हावापानी, भूगोल र संस्कृतिको दृष्टिकोणले घुम्न लायक देश हो नेपाल । बिशेष त एड्भाञ्जर टुरिजम नेपालको मुख्य गतिविधि र आकर्षण भित्र पर्छ । पर्यटक नेपालको एक महत्वपूर्ण आयश्रोत हो । तसर्थ, हामी भन्ने गर्छौं ‘अथिति देवो भव’ ।
म एक ट्रेकिङ गाईड अनि पछि ट्रेकिङ व्यवसायी भएको नाताले हिमालय र हिमालायमा हुने पर्यटकीय गतिविधिको बारेमा चासो राख्दै नेपालमा एड्भाञ्चर टुरिजमको विकास गर्नु पर्छ भन्ने हेतुले म स्वीजरल्याण्ड बसोबास गरे देखि नै जो सकेको स्वीस नागरिकलाई नेपाल जान प्रोत्सहन गर्ने गरेको छु ।
स्वीजरल्याण्ड पनि एक हिमाली देश भएको नाताले एड्भाञ्चर टुरिजम यहाँ पनि लोकप्रिय छ । यहाँका मान्छेहरु ट्रेकिङ, राफ्टिङ, माउन्टेन क्लाइम्बिङ गरी आनन्द लिन्छन् । सोही कारण उस्तै प्रकृतिको पर्यटन नेपालमा भएका कारण स्वीस्सहरुले नेपाललाई राम्रो आँखाले हेर्ने गर्छन् । मलाई लाग्छ त्यो एक प्रकारको माउन्टेन बोनस हो । किनकी दुबै माउन्टेन कन्ट्रि हुन् । त्यसैले एड्भान्चर गर्न चाहने स्वीस्सको घुम्न जाने देशको लिष्टमा नेपाल अग्र स्थानमा परेको हुन्छ ।
सन् २००९ देखि मैले स्वीजरल्याण्डमा एउटा ट्रेकिङ एजेन्सी खोलेको छु र बर्षमा सयौं पर्यटक नेपाल पठाउदै आएको छु । नेपालका बारेमा यहाँका स्वीस नागरिकहरुलाई जानकारी गराउँदा उनीहरु अति खुशी हुन्छन् । तरपनि उनीहरुलाई नेपालसम्म पु¥याउनको लागि त्यत्ति सहज भने छैन । उनीहरु चाहेर पनि नेपाल सजिलै जान सकिरहेका हुँदैनन् । यसका विविध कारणहरु छन् ।
सिमित समय अनि सिमित पूर्वाधार यसका मुख्य कारण हुन् । जस्तैः यूरोपबाट सोझै हवाइ सुविधा नहुनु यसको मुख्य कारण हो । यहाँबाट नेपाल जान २ दिन र फर्कन २ दिन लाग्छ । समय काम भएका पर्यटकले समेत ४ दिन हवाइ यात्रामा खर्चनु पर्छ । तसर्थ, छोटो समय विदा लिएकाहरु नेपाल चाहेरपनि जानै सक्दैनन् । तसर्थ, उनीहरुले नेपाललाई माया र मन पराएपनि बाध्य भएर अरु देशमा घुम्न जाने गर्छन् । त्यसपछि नेपालका पूर्वाधारहरुको त कुरै नगरौं ।

kamal bhatta p
पछिल्लो समयमा स्वीजरल्याण्डबाट नेपाल जाने पर्यटकहरुको संख्यामा विस्तारै वृद्धि हुँदै थियो । म र हामी जस्तै व्यवसायीहरुको पहलमा यहाँका धेरै घुम्न चाहनेहरुले नेपालका बारेमा बुझेका थिए र बुझाएका थियौं । तर, विनाशकारी भुकम्पपछि उनीहरुमा एक प्रकारको शंकाउपशंकाहरु सिर्जना गराइदिएको छ । त्यसपछि त बुक भइसकेका टूरहरु रद्ध गरे नयाँ बुकिङ हुने त झनै कुरै भएन । तथापि, हरेश खानु हुन्न भनेर यही परिस्थितिमा नयाँ कार्यक्रम दिएर भनेपनि यहाँका घुम्न चाहने व्यक्तिहरुलाई नेपाल पठाउनै पर्छ भनेर हामीले रि–कन्स्ट्रक्शन टूरको आयोजना ग¥यौं । यो टूर नितान्त हामी व्यवसायीहरुले कसैको सहयोग विना गरेका थियौं । सो कार्यक्रमबाट प्रभावित भइ केही पर्यटकहरुलाई नेपाल पठायौं र उनीहरु खुशी भएर धादिङ जिल्लाको एउटा विद्यालय निर्माणमा सरिक पनि भए । केही पर्यटकहरु त यसरी पठाउन सक्यौं तरपनि अझै धेरै पर्यटकहरु नेपाल जान अझ इच्छा प्रकट गरिरहेका छैनन् । किनकी, नेपाली सञ्चारमाध्यम र विदेशी सञ्चारमाध्यमहरुले नेपालका बारेमा दिइरहेका नकारात्मक समाचारबाट उनीहरु त्रसित छन् । जसका कारण त्यहाँका सकारात्मक र सौन्दर्यताका खबरहरु ओझेलमा पर्ने गरेका छन् । सञ्चारमाध्यमहरुले सधैं भत्किएको भक्तपुर देखाए, बिग्रिएका बाटाहरु मात्र देखाए तर सुरक्षित रहेका स्वयम्भू, कुनै क्षति नपुगेका सगरमाथाहरु कम देखाए । यति हुँदाहुँदै पनि केही पर्यटक नेपाल यात्रा गरेर दीर्घकालिन सहयोग गर्न विस्तारै इच्छुक देखिदै छन् । भूकम्पको त्रास विस्तारै हट्दै जाँदा फेरि अर्को राजनीतिक भुकम्प नेपालमा आयो । जस्ले झनै पर्यटकलाई त्रसित बनाइदियो । नाकाबन्दी भएको खबरले सबै पर्यटकहरु नेपाल जान रोकिए । प्राकृतिक प्रकोपलाई सहजै लिएका नागरिकले मानवीय प्रकोप वा विपत्तिलाई सहजै लिन सकेनन् ।
अहिले हामीले नेपालको बारेमा सकारात्मक सन्देश दिनका लागि केही नयाँ अभियानहरु चलाइरहेका छौं । पर्यटकलाई सूचना दिनको लागि स्वीजरल्याण्डमा पहिले पनि यस्ता कार्यक्रम गर्दै आएका नै हौं । जस्तैः फेस्पो मेलामा २०१० मा नेपाली राजदुतको सहयोग र सहकार्यमा अनि २०१५ मा हिमालय हर्ट ट्रेकिङसँगको सहकार्यमा ४ दिने मेलामा भाग लिएर नेपाल यात्राबारे सूचना प्रदान गरेका थियौं । जहाँ ८० हजारभन्दा बढि व्यक्तिहरुले भ्रमण गरेका थिए ।
यो कार्यलाई राष्ट्रिय स्तरबाट निरन्तरता दिनु पर्छ भन्ने हेतुले मैले स्वीजरल्याण्ड स्थित नेपाली नियोग र नेपाल पर्यटन बोर्डमा कुरा राखेको थिएँ । तर, खासै तत्परता देखिएन, किन हो बुझ्न सकिन । हो, स्वीजरल्याण्ड सानो देश हो तर क्षेत्रफलको तुलनामा यहाँका पर्यटकहरु बढी नेपाल यात्रामा जान्छन् । तसर्थ, नेपालले विशेष प्याकेजसहितको कार्यक्रम दिएर प्रचारप्रसारलाई केही आधुनिकीकरण बनाउन आवश्यक देख्छु, नकी नेपाल पर्यटन वर्ष २०११ का प्रचार सामाग्री बजारमा अझै देखियोस् ।
सुधार्न पर्ने कुराहरु धेरै छन् जुन नेपालको विमानस्थलबाट नै सुरु गर्नु जरुरी छ । नेपालमा देखिएका अस्वस्थ प्रतिस्पर्धा, पूर्वाधार निर्माणका काम, भूकम्प र नाकाबन्दी पछि नयाँ पर्यटकीय प्याकेज आदि कुराहरुमा सरकार व्यवसायी सबैले चासो देखाउन जरुरी छ । मलाई त भूकम्प र यो नाकाबन्दीपछिको अहिलेको समय नेपाल प्रबद्र्धनको सबैभन्दा उत्तम समय हो भन्ने लाग्छ । किनकी, सकारात्मक होस् वा नकारात्मक धेरैको आँखामा अहिले नेपाल परेको छ । यही समयमा नेपालको सुन्दरता र पर्यटकीय प्याकेजहरु बजारमा पु¥याउन सकियो भने अवश्य पनि पर्यटक बढ्न सकिन्छ । तर, यतिखेर हामी सुतेर बस्नु हुँदैन । नेपालबाट तपाईं व्यवसायी र सरकार जाग्नुस् यता विदेशमा हुने हामीहरु पनि जाग्नेछौं ।

(कमल भट्ट  : पर्यटन व्यवसायी हुन् । उनी हाल स्वीजरल्याण्डमा छन् ।)

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

पर्यटन विकासका लागि स्वीजरल्याण्डबाट मेरो सन्देश Reviewed by on . हावापानी, भूगोल र संस्कृतिको दृष्टिकोणले घुम्न लायक देश हो नेपाल । बिशेष त एड्भाञ्जर टुरिजम नेपालको मुख्य गतिविधि र आकर्षण भित्र पर्छ । पर्यटक नेपालको एक महत्वप हावापानी, भूगोल र संस्कृतिको दृष्टिकोणले घुम्न लायक देश हो नेपाल । बिशेष त एड्भाञ्जर टुरिजम नेपालको मुख्य गतिविधि र आकर्षण भित्र पर्छ । पर्यटक नेपालको एक महत्वप Rating: 0
Scroll to top
>