Home » विचार » नेपाल आएर मरिमेट्ने विदेशी

नेपाल आएर मरिमेट्ने विदेशी

Facebook Twitter Google+ Pinterest Reddit
Share

kumar....

पर्यटन व्यवसायी भएको नाताले नेपालको विभिन्न ठाउँमा रहेका मनमोहक दृश्य नियाल्नु मेरा लागि संसारका कुनै पनि देश घुम्नु भन्दा विशेष रहन्छ । पर्यटनको लागि सम्भावना नै सम्भावना रहेको हाम्रो देश र हरेक पल नयाँ कार्यको सुरुवात आँफै गर्नुपर्छ भन्ने म र म जस्ता व्यवसायी यो देशमा प्रशस्तै छन् । गत वर्ष बैशाख १२ गते गएको महाविनाशकारी भूकम्पले सुस्ताएको नेपालको पर्यटन व्यवसाय र काम विशेषले व्यस्त रहने मेरो दिनचर्यामा भूकम्प पछि नेपाल आउने पर्यटक कम हुँदा फुर्सद मिल्यो र पन्ध्र वर्षपछि पदयात्रा जाने अवसर जु¥यो ।
पर्यटन क्षेत्रमा दुई दशकको मेरो यात्राको दौरान विश्वका करीब तीन दर्जन मुलुकहरु घुम्ने अवसर मिल्यो । पर्यटन क्षेत्रमा लाग्दा पाईने उपलब्धिहरु मध्ये घुमफिर मेरा लागि सबैभन्दा ठूलो उपलब्धि हो । दुबईको सुख्खा मरुभूमि माथि बनेको भव्य र आलिसान होटल बुर्ज अल अरव, संसारकै अग्लो भ्यू टावर बुर्ज खालिका, जापानमा रहेको टोकियो स्काई ट्रि, अमेरिकाको लस भेगासको क्यासिनो तथा रात्री जीवन, अष्ट्रेलियाको ग्रेट ओसियन ड्राईभ, चीनको बेईजिङमा रहेको ग्रेटवालदेखि युरोपियन तथा जापान, कोरिया हङकङ, सिंगापुरलगायत देशले गरेको आर्थिक सम्बृद्धि तथा भुटान जस्तो सानो देशले गुणस्तरीय पर्यटनमा मारेको फड्कोले मलाई बेलाबखत कौतुहल र साँच्चै नै सोच्न बाध्य बनाउँ छ । भौतिक रुपमा मानवद्वारा निर्मित भौतिक पर्यटन र भौगोलिक रुपमा प्रकृतिले नै दिएको संसारका सुन्दर देशहरु मध्ये अति नै सुन्दर देश नेपाल विश्व सम्पदा सूचीमा सूचीकृत विभिन्न मठ मन्दिर, बुद्धको जन्मस्थल लुम्विनी तथा विश्वकै सर्वोच्च शिखर सगरमाथा लगायत विश्वकै उत्कृष्ट गन्तव्य नेपालमा छ ।

kumar photo
यसै सन्दर्भमा पदयात्रा, योग, गाउँ पर्यटन र भोलेन्टीयर (स्वयंसेवा) गर्ने उद्देश्यले पोर्टल्याण्ड निवासी ११ जना अमेरिकन पर्यटक र हामी नेपाली नौ जनाको समूह गरि २० जना धादिङ, पोखरा हुँदै अन्नपूर्ण क्षेत्रमा पर्ने घोडेपानी, पुनहिलको करीब ११ दिनको यात्रामा निस्क्यौं । काठमाडौंवाट साँढे दुई घण्टाको यात्रामा मलेखु पुगेर माछा र खाना खाई हामी हाम्रो गन्तव्य धादिङको क्षेत्र नं. १ स्थित अचने गौरीगाउँ तिर लाग्यौं । बाटोमा नेपालको कला, संस्कृति, रहनसहन, चालचलनको बारेमा कुरा गर्दै हाम्रो यात्रा अगाडी बढ्यो । काठमाडौंबाट तीन घण्टामा पुगिने धादिङवेशी र त्यसपछि अर्को तीन घण्टाको कच्चीबाटो गुड्दै सल्यानटार नजिकै बगेको आँखुखोला पछ्याउँदै खहरे बजार पुगियो ।
खहरे बजार पुग्दा साँझ ६ बजिसकेको थियो । ढिलागरि खहरे पुगेको हामीलाई पञ्चेवाजा सहित फूलमालाले स्वागत गर्न स्थानीयहरु कुरी रहेका रहेछन् । रातो टिका, फूलमाला अनि पञ्चेबाजा बजाई करीब २० मिनेट हिँडेर गैरीगाउँ पुगियो । गाउँमा पुग्दा गाउँलेको आतिथ्य सत्कारबाट पर्यटकहरु प्रफुल्लित भए ।
हरेक विहान/बेलुका योग गर्ने अनि मध्यान्ह गाउँमा रहेको विद्यालयमा स्वयंसेवा, सरसफाई गर्ने र अमेरिकाबाट ल्याईएका सामानहरु कम्युटर, प्रिन्टर, विद्यार्थी सबैका लागि झोला, कापि, कलम, फुटवल, भलिवललगायतका सामान वितरण गर्ने तालिका थियो । त्यहि अनुरुप बिहान बेलुका योग गर्ने अनि खाना खाईसकेपछि गाउँ नजिकै रहेको विद्यालयमा गई सरसफाई गर्ने, बढार्ने, पुछ्ने, भूकम्पले भत्काएका तथा सही ठाउँमा नराखिएका सामान मिलाउने काम भयो । स्कुलमा रहेका भाइबहिनी तथा शिक्षकहरुले राष्ट्रिय गानसहित फूलमालाले स्वागत गर्दा खुशीले हामी सबैको आँखा रसाए ।

kumar ph
गर्मी महिना भएकोले विहान योग, त्यसपछि खाना अनि विद्यालयमा गई काम गर्ने र आँखुखोलामा पौडी खेल्दै कामको समीक्षा गर्ने गरियो । अन्तिम साँझ सबै गाउँले मिलेर नाचगान गरि रमाईलो गरियो । नबुझेपनि पर्यटकहरु नाचिरहेका थिए ठेट नेपाली गीतमा । ३ रातको बसाईपछि चौंथो दिन विहानै गाउँबाट सबै गाउँले सँग बिदावारी भएर पोखरा तिर लाग्यौं ।
करीब सात घण्टाको यात्रा पछि पोखरा पुगियो । भोलिपल्ट विहान ९ वजे हाम्रो पदयात्राको अर्को गन्तव्य अन्नपूर्ण क्षेत्रमा पर्ने घोडेपानी÷पुनहिलको आगामी ५ दिनको पदयात्राको सुरुवात भयो । गाउँको तातो मौसम र धुलो भन्दा टाढा सुन्दर पोखरा अनि पदयात्राको मनमोहक दृश्यको वर्णन मैले पहिले नै गरिसकेकोले पर्यटकहरु अत्यन्त उत्सुक थिए । हामी नेपालीहरु म सहित, एक असिसेष्ट गाईड अनि सात पोर्टरहरु गरि नौ जना पोखराबाट डेढ घण्टाको बस यात्रा पछि नयाँपुल पुग्यौं । त्यसपछि नयाँपुल हुँदै मोदीखोला पछ्याउँदै रमणीय गाउँहरु पार गर्दै ३ घण्टाको पदयात्राबाट तीखेढुंगामा पहिलो रात बस्ने निर्णय भयो । थोरै थकित भए पनि पर्यटकहरु पुनहिल पुग्न बढि नै उत्साहित देखिन्थे ।

kuma
भोलिपल्ट बिहानै उठेर हिँड्ने तरखर गर्दैगर्दा दुई जना पर्यटकहरु थकित महशुस गरेकोले पोनि घोडा खोजेर घोडेपानी तिर उकालो लाग्ने निधो भयो । लजका साहुजीले नै घोडा खोजिदिए । तीन जना घोडामा र बाँकी पर्यटक र हामी उकालो उक्लिन सुरु ग¥यौं । करीब चार घण्टाको उकालो उक्लिसकेपछि नांगेगाटि भन्ने ठाउँमा खाना खाई अर्को दुई घण्टा उकालोबाटो हुँदै साँझ घोडेपानी पुगियो । हल्का बर्षा सुरु भईसकेको थियो, हामी त्यहाँ पुग्दा । दुई दिनदेखि हिमाल हेर्न बसेका एक वेलायती पर्यटक हामीलाई भन्दै थिए, त्यो ठाउँबाट हिमाल नदेखेको एक हप्ता÷दश दिन भइसकेछ । हामीले लगेका पर्यटकहरु पनि भोली विहान सूर्योदय हेर्न पुनहिल जाने तालिका अनुसार हिमाल देखिदैन कि भन्नेमा दोधार भए । हामीसँग योग सिकाउने योगी अमेरिकन नै भएकोले हिन्दू धर्म सम्बन्धि कुरामा पनि चाख राख्थिन् र मलाई पानी पार्ने देवता कुन हुन् भनेर सोध्थिन् । मैले पनि ठट्यौलो पारामा ईन्द्र हुन् भनिदिएँ । उनी स्वर्गका राजा पनि हुन् र सधैं उर्वसी र अप्सराको बीचमा बस्छन् भनेर भनिदिएँ । त्यसपछि त एघार जनाको समूहमा रहेका नौ जना पर्यटक अनी त्यस लजमा वास बस्न आईपुगेकी दार्जलिङकी एक पर्यटक बहिनी र उनको महिला गाईड ईन्द्रलाई खुशी पार्ने भन्दै गीत गाएर नाच्न पो थाले । संयोग पनि कस्तो हुन्छ भने हामी वेलुकाको खाना खाँदै गर्दा करीब सात बजेबाट दश बजेसम्म ठूलो पानी प¥यो ।

kumar..
भोलिपल्ट विहान झिसमिसेमै उठेर टाउकोमा रहेको लाईट बाल्दै करीब एक घण्टा उकालो चढ्नुपर्ने पुनहिल तिर अगाडी बढ्यौं । हामी पुनहिलको टुप्पोमा (३,२१० मिटर) मा पुग्दा सूर्योदय हुँदै थियो । हिमाल पुरै सेताम्मै देखिन्थ्यो । पर्यटकहरु स्वर्गमा पुगेको अनुभव गर्दै थिए । हाम्रो समूहले पुनहिलमा सूर्योदय र हिमालको दृश्यसँगै योग गर्न थाल्यो । पर्यटन व्यवसाय सुस्तायो भनिरहँदा पनि पुनहिलमा भने करीब तीन सय पर्यटक थिए । हिमाल, सूर्योदय अनि योगले साँच्चै सबैको ध्यान हामी तिर तान्यो । मनमोहक दृश्यको दृश्यावलोकन पछि घोडेपानी आई टाडापानीमा वास बस्न भनि हिडियो । अर्को दिन ढकमक्क फुलेका लालीगुराँसको जंगल नियाल्दै घान्द्रुक झरियो । त्यो रात पदयात्राको अन्तिम रात भएको हुनाले पर्यटक, गाईड, पोर्टर सबै मिलेर रमाईलो गरि सँगै खाना खायौं । पाँचौ दिन घान्द्रुकबाट नयाँपुलसम्म ४ घण्टाको पैदल यात्रा गरि नयाँपुलमा आएर गाडी चढि पोखरा फर्कियौं । त्यही साँझ एक पर्यटकले बढो गम्भीर भएर भनिन् – ‘नेपालीहरु साँच्चै महान हुन् र सम्मान गर्नैपर्छ, किनकी पदयात्रा जाँदा ५० किलोको भारी बोकेर पनि मुसुक्क हाँस्दै नमस्ते भनिरहेका हुन्छन् पोर्टरहरु ।’ उनको त्यो भनाई हामी नेपालीहरुले विदेशीहरुलाई प्रदान गरेको आतिथ्यताबाट जन्मिएको उनको सन्तुष्टि हो भन्ने प्रष्टै थियो । हाम्रो यात्रा पदयात्रा मात्र नभइ योग, गाउँ पर्यटन, स्वयंसेवा अनि मौलिकपनाले भरिएको थियो । त्यसैले छुट्ने वेला सबैको आँखामा सन्तुष्टिको आँसु देखिन्थ्यो । केही पर्यटक केही दिनका लागि पोखरा मै बसे, हामी भने काठमाडौं फर्कियौं ।

(लेखक अञ्जन थापा ‘कुमार’ टानका पूर्व कोषाध्यक्ष हुन् ।)

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

नेपाल आएर मरिमेट्ने विदेशी Reviewed by on . पर्यटन व्यवसायी भएको नाताले नेपालको विभिन्न ठाउँमा रहेका मनमोहक दृश्य नियाल्नु मेरा लागि संसारका कुनै पनि देश घुम्नु भन्दा विशेष रहन्छ । पर्यटनको लागि सम्भावना पर्यटन व्यवसायी भएको नाताले नेपालको विभिन्न ठाउँमा रहेका मनमोहक दृश्य नियाल्नु मेरा लागि संसारका कुनै पनि देश घुम्नु भन्दा विशेष रहन्छ । पर्यटनको लागि सम्भावना Rating: 0
Scroll to top
>