Home » मोफसल » ग्लोबल टुरिजम एण्ड हस्पिटालिटी कन्फेरेन्समा नेपाल सहभागि

ग्लोबल टुरिजम एण्ड हस्पिटालिटी कन्फेरेन्समा नेपाल सहभागि

Facebook Twitter Google+ Pinterest Reddit
Share

HKG Conference

पर्यटनन्यूज समाचारदाता, काठमाडौं । हङकङमा आयोजना भएको दोस्रो “ग्लोबल टुरिजम एण्ड हस्पिटालिटी कन्फेरेन्स”मा नेपालले समेत सहभागिता जनाएको छ ।
पाटा नेपाल च्याप्टर अन्र्तगत रहेको विद्यार्थी समूह “पाटा नेपाल स्टुडेन्ट च्याप्टर”ले यही मे १६ देखि १८ सम्म आयोजना गरेको सो सम्मेलनमा पाटा नेपालका कार्यकारी अधिकृत सुरेश सिह बुडाल सहितको नेपाली टोलीले सहभागिता जनाएको हो । टोलीमा नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजम् म्यानेजमेन्ट र काठमाण्डु एकेडेमी अफ टुरिजम् एण्ड हस्पिटालिटीका विद्यार्थीहरु समेत गरी १४ जना रहेका थिए । सम्मेलनमा विश्वभरिका ३० वटा विभिन्न देशहरुबाट करिव ३०० भन्दा बढी सहभागीहरुले भाग लिएका थिए ।
सम्मेलनबाट फर्केर आएपछि पर्यटनन्यूज डटकमलाई प्रतिकृया दिदै कार्यकारी अधिकृत बुडालले “इन्नोभेसन–रिसर्च–एजुकेशन” भन्ने मुल नाराका साथ आयोजित सो सम्मेलन विभिन्न शिक्षाविद्, प्राचार्यहरु, विचारक नेताहरु, विद्यार्थीहरु र रिसर्च तथा इन्डष्ट्रि प्रोफेशनलहरुको लागि महत्वपूर्ण नेटवर्किङ्ग पल्याट्फर्म रहेको बताए । उनले विश्व ख्यातिप्राप्त प्रोफेशरहरुद्धारा पर्यटन क्षेत्रको समसामयिक प्रवृती, चुनौती तथा अवसरहरुको बारेमा गरिएको प्रस्तुती, वार्तालाप एवं अन्र्तक्रियाहरु सहभागीहरुको लागि एउटा अपरिहार्य ज्ञान र अनुभव रहेको बताए । “युनिभर्सिटी तथा कलेजहरुले रिसर्चमा जोड नदिई अध्यापनमा मात्रै केन्द्रित हुने” प्रवृति नेपाल लगायत विश्वको अधिकांश पर्यटन तथा हस्पिटालिटी शैक्षिक संस्थाहरुको कमजोरी रहेको उल्लेख गदै बुडालले आगामी दिनहरुमा पाटा नेपाल च्याप्टरले हङकङ पोलिटेक्निक युनिभर्सिटीसंगको सहकार्यमा नेपालमा मानव संशाधान विकास सम्बन्धि विभिन्न विधाहरुमा तालिम तथा गोष्ठिहरु संचालन गर्ने योजनाको समेत रहेको उनले बताए ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

ग्लोबल टुरिजम एण्ड हस्पिटालिटी कन्फेरेन्समा नेपाल सहभागि Reviewed by on . पर्यटनन्यूज समाचारदाता, काठमाडौं । हङकङमा आयोजना भएको दोस्रो “ग्लोबल टुरिजम एण्ड हस्पिटालिटी कन्फेरेन्स”मा नेपालले समेत सहभागिता जनाएको छ । पाटा नेपाल च्याप्टर पर्यटनन्यूज समाचारदाता, काठमाडौं । हङकङमा आयोजना भएको दोस्रो “ग्लोबल टुरिजम एण्ड हस्पिटालिटी कन्फेरेन्स”मा नेपालले समेत सहभागिता जनाएको छ । पाटा नेपाल च्याप्टर Rating: 0
Scroll to top
>
%d bloggers like this: