Home » अर्थ » पर्यटन यातायातको सिण्डिकेट विरुद्ध नाट्टा

पर्यटन यातायातको सिण्डिकेट विरुद्ध नाट्टा

Facebook Twitter Google+ Pinterest Reddit
Share

natta logo

रसुवा । रसुवा जिल्लामा पर्यटन यातायातका नाममा भएको सिण्डिकेटको नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले विरोध गरेको छ ।
रसुवामा जीप तथा यातायात व्यवसायीहरूको सिण्डिकेट व्यवस्था तत्काल हट्नुपर्ने भन्दै नाट्टाले एक प्रेस विज्ञप्ती नै सार्वजनिक गरेको छ । यस प्रकारको यातायात व्यवसायीको ट्रान्सपोर्ट सिण्डिकेट राख्न नपाईने कानूनी प्रावधान रहे पनि स्थानीय ट्रान्सपोर्ट कम्पनीले काठमाडौंबाट गएका पर्यटकको पर्यटक सवारीहरु घट्टेखोला टिम्मुरेमा रहेको अध्यागमन कार्यालयको छेउमा रोक्ने गरेका छन् । यहाँ रोकिएको सवारीबाट पर्यटकलाई आप्mनै जीपमा सेवा लिन बाध्य बनाएको नाट्टाको दाबी छ । पर्यटक सेवाका लागि चल्ने पर्यटकीय सवारी साधान प्रति यस प्रकारका गैर–कानूनी हस्तक्षेप गरिनुलाई मुलुकको पर्यटन र पर्यटकीय गतिविधिहरुलाई नकारात्मकता तर्पm लैजाने दुष्प्रयास हो भन्ने ठहर नाट्टाको छ ।
गत बर्ष गएको भूकम्प पश्चात् वैकल्पिक मार्गका रुपमा संचालनमा आएको यस नाकामा यस्ता प्रकारका गैर जिम्मेवारी पूर्ण हो । यस्तो गतिविधिले भर्खरै तग्रिन लागेको मुलुकको पर्यटन उद्योगलाई प्रभावित बनाउने पनि नाट्टाको भनाइ छ ।
चीनबाट नेपाल आएर तिव्वत जाने पर्यटक रसुवागढी हुँदै जाने गरेका छन् । ती पर्यटक राजधानी ल्याउन काठमाडौंबाट पर्यटक सवारी साधन त्यहाँ जाने गरेका छन् । तसर्थ, पर्यटकको सेवामा संलग्न सवारी साधनहरुलाई बाटैमा रोकी स्थानीय सिन्डीकेटवालाहरुले आप्mनो सवारीलाई चर्को मूल्य लिई प्रयोग गर्न बाध्य गराउने दृष्प्रवृतिलाई सरकारका स्थानीय जिम्मेवार निकायलाई पनि अनुसारोध गरिएको छ । गृह मन्त्रालयले सोझै हस्तक्षेप गरि तत्काल निरुत्साहित गर्नुपर्ने पनि नाट्टाका महासचिव भिमप्रसाद पन्तद्वारा जारि विज्ञप्तीमा उल्लेख छ ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

पर्यटन यातायातको सिण्डिकेट विरुद्ध नाट्टा Reviewed by on . रसुवा । रसुवा जिल्लामा पर्यटन यातायातका नाममा भएको सिण्डिकेटको नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले विरोध गरेको छ । रसुवामा जीप तथा यातायात व्य रसुवा । रसुवा जिल्लामा पर्यटन यातायातका नाममा भएको सिण्डिकेटको नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले विरोध गरेको छ । रसुवामा जीप तथा यातायात व्य Rating: 0
Scroll to top
>