Home » मोफसल » पर्यटनले फेरेको सिक्लेसको रुप

पर्यटनले फेरेको सिक्लेसको रुप

Facebook Twitter Google+ Pinterest Reddit
Share

sf:sLsf] l;Sn]; ufpF 9'ªufn] 5fPsf] Pjd 5flkPsf] u'h'd'Rr t/ cToGt ;kmf / ;'Gb/ gd'gf a:tL sf:sLsf] ko{6sLo l;Sn]; ufpF snf, ;+:s[lt / cg'kd k|s[ltsf sf/0f :jb]zL Pjd ljb]zL ko{6ssf] cfsif{0f aGb} uPsf] 5 . tl:a/ M jf;'b]j kf}8]n, kf]v/f, /f;;

पोखरा । कला, संस्कृति र अनुपम प्रकृतिका कारण स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षण बन्दै गएको छ कास्कीको पर्यटकीय गाउँ सिक्लेस ।

गुरुङ कला संस्कृतिको जीवन्त अनुभव गर्न पाइने समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको यो गाउँ लमजुङ हिमालको काखमा लुट्पुटिएको छ । वरिपरिको हरियो वनजङ्गलका कारण सिक्लेसमा चरा र वन्यजन्तुप्रेमी रमाउने गरेका छन् ।

स्थानीय समाजसेवी सुरजकुमार गुरुङका अनुसार यो गाउँमा हाल लगभग चार सय कुरिया घरधुरी रहेका छन् । यातायातका साधन हुँदै पोखराबाट लगभग चार घन्टाको यात्रामा पुग्न सकिने यो गाउँमा पुग्नासाथ ढुङ्गाले छाएको एवम् छापिएको गुजुमुच्च तर अत्यन्त सफा र सुन्दर नमुना बस्ती देख्न पाइन्छ जसलाई हेरेर पर्यटकले आफ्नो यात्राको थकाइ क्षणभरमै बिर्सने गर्छन् । स्थानीय जनताको जागरुकतासँगै सरसफाईमा यहाँका सर्वसाधारणले निकै ध्यान दिएका कारण बाटाघाटा तथा घर तथा चोकमा प्लास्टिक तथा कागज केही नभेटिनु यहाँको अर्को विशेषता हो ।

गुरुङ जातिको कला तथा संस्कृतिको जीवन्त सङ्ग्रहालय जस्तै बनेको यो गाउँबाट गुरुङ जातिको अन्तिम राज्य क्होलासोंथर एक दिनमा पुग्न सकिने भएका कारण पछिल्लो समयमा गुरुङ जातिको अध्ययन तथा अनुसन्धानका लागि स्वदेशी एवम् विदेशी अनुसन्धाता सिक्लेस आउने गरेको सिक्लेस युवा क्लबका सचिव देवीजङ्ग गुरुङले बताउनुभयो । गुरुङ संस्कृतिको अध्ययनका लागि यहाँस्थित सिक्लेस ईको म्युजियम पनि महत्वपूर्ण अङ्ग बनेको छ ।

सङ्ग्रहालयमा गुरुङ संस्कृतिको वेशभूषा, रहनसहन तथा परम्परालाई जीवन्त रुपमा झल्काउने सामग्री देख्न सकिन्छ । सङ्ग्रहालयमा सिक्लेस क्षेत्रमा पाइने अत्यन्त महत्वपूर्ण कुट्को, कुरिलो, सतुवा, विष, जटामसी, सिल्टीमुर, पाँचऔँले र यार्सागुम्बाजस्ता जडीबुटीका बारेमा यहाँ पुग्ने पर्यटकले अभिरुचिपूर्वक जानकारी लिने गरेका छन् । पर्यावरणीय संरक्षणका लागि गरिएका लाटोकोसेरो महोत्सवजस्ता भिन्न किसिमका महोत्सवका कारण यहाँका स्थानीयवासीमा पर्यावरणलाई जोगाउनुपर्छ भन्ने भावना भित्रैदेखि जागृत भएको पाउन सकिन्छ ।

सिक्लेसको कला, संस्कृति र प्रकृतिप्रति बढ्दै गएको पर्यटकीय आकर्षण र यहाँ पर्यटकको बसाइलाई लम्ब्याउन गाउँमाथि सिक्लेस पार्क निर्माण सुरु गरिसकिएको छ । सिक्लेस युवा क्लबका सचिव गुरुङका अनुसार वातावरण मैत्री स्थानीय शासन कार्यक्रम पार्चे गाविस र स्थानीय जनताद्वारा पार्क निर्माण गर्न लागिएको हो । हाल ३४ हजार सात सय वर्गमिटर क्षेत्रफलमा बन्दै गरेको पार्क लगभग ५० हजार वर्गमिटर क्षेत्रफलसम्म बढ्न सक्ने पार्क निर्माण समितिका अध्यक्ष सुरजकुमार गुरुङले जानकारी दिनुभयो ।

“पार्क निर्माणका क्रममा वातावरण मैत्री स्थानीय शासन कार्यक्रमअन्तर्गत लगभग १० लाख रुपैयाँ खर्च भइसकेको छ भने सिक्लेस गाउँका प्रत्येक चार सय घर कुरियाले दुई/दुई दिन श्रमदान गरिसकेका छन्,” उहाँले भन्नुभयो – “पार्क निर्माणसँगै सिक्लेस आउने पर्यटकको बसाइ अरू लम्ब्याउन सकिन्छ ।” निर्माणाधीन पार्कबाट लम्जुङ हिमाल, अन्नपूर्ण–२, अन्नपूर्ण–४ का साथै वरिपरिको पहाडी भू–भागको एक साथ दृश्यावलोकन गर्न सकिन्छ ।

आफ्नो गाउँको विकासका लागि अमेरिकाको कोलोराडोमा रहेका सिक्लेसीले निर्माणाधीन पार्कमा टावरसमेत बनाउने प्रस्ताव राखेको निर्माण समितिका अध्यक्ष गुरुङको भनाइ छ । पार्कमा अपनत्वको भावना जागृत गराउन सिक्लेसका प्रत्येक घर कुरियालाई आ–आफ्ना घरबाट एक÷एकवटा बिरुवा रोप्न लगाइएको जानकारी दिँदै सिक्लेस युवा क्लबका सचिव गुरुङले ती रूखको संरक्षण गरी त्यसमा सबैले आ–आफ्नो घरमूलीको नाम लेख्न पाउने व्यवस्था गरिएको बताउनुभयो ।

सिक्लेसमा खान–बस्नका लागि स्थानीय बासिन्दाले सञ्चालन गरेका घरबास (होमस्टे) तथा होटल उपलब्ध छन् । यहाँ एक दिन बास बस्न लगभग ५÷६ सय रुपैयाँ भए पुग्छ भने दुई सय ५० रुपैयाँसम्म खर्च गर्दा रोजाइ अनुरूपको खानाको स्वाद लिन सकिन्छ । पोखराबाट ४० किलोमिटर उत्तरमा रहेको सिक्लेसमा विगतमा पदयात्राबाटै मानिस पुग्ने गरे पनि अहिले पदयात्राका साथै हिँड्न नसक्नेहरु गाडीबाट पुग्ने गरेका छन् । गाडीबाट काहुखोला, ढाडबेसी, काभ्रेखोला, छाचोक, मेल्चो, थाक, तप्राङ, चिप्ली, पार्चे हुँदै सिक्लेस पुग्न सकिन्छ ।

नेपालकै ठूलो गुरुङ बस्तीका रुपमा रहेको यो गाउँ अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको घलेखर्क सिक्लेस ईको ट्रेकभित्र पर्दछ । कला संस्कृति बचाउन यहाँ बेलाबेलामा मेला तथा महोत्सव आयोजना गर्ने गरिन्छ । यस्ता अवसरमा लोपोन्मुख अवस्थामा रहेका लगभग चार दशकअघि सम्म प्रचलित खेल झिझिली, हेकुचे, घुर्राजस्ता खेलका प्रतियोगिता गराउने गरिएको सिक्लेस आमा समूहकी अध्यक्ष नौमाया गुरुङले बताउनुभयो । उहाँका अनुसार सूचना दिने प्राचीन प्रचलन कटुवाल घोकाउने प्रथा पनि सिक्लेसमा अद्यापि कायमै छ ।

-वासुदेव पौडेल

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

पर्यटनले फेरेको सिक्लेसको रुप Reviewed by on . पोखरा । कला, संस्कृति र अनुपम प्रकृतिका कारण स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षण बन्दै गएको छ कास्कीको पर्यटकीय गाउँ सिक्लेस । गुरुङ कला संस्कृतिको जीवन्त अनुभव पोखरा । कला, संस्कृति र अनुपम प्रकृतिका कारण स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षण बन्दै गएको छ कास्कीको पर्यटकीय गाउँ सिक्लेस । गुरुङ कला संस्कृतिको जीवन्त अनुभव Rating: 0
Scroll to top
>