Home » :: हाईलाइट समाचार » रोमानियाका दुई नागरिकले चढे भर्जिन पीक साल्दिम

रोमानियाका दुई नागरिकले चढे भर्जिन पीक साल्दिम

Facebook Twitter Google+ Pinterest Reddit
Share

img_8452

काठमाडौं । पीक फाइभको रुपमा समेत परिचित रहेको साल्दिम हिमालमा पहिलो पटक रोमानियाका दुई नागरिकले सफल आरोहण गरेका छन् ।
स्नोवे होराइजन ट्रेक्स एण्ड एक्सपिडिशन मार्फत आरोहणमा गएका रोमानियाका नागरिक भ्लाड कापुशन र जोल्ट टोरोकले गत अक्टोबर ३१ तारिखका दिन सफल आरोहण गरेको आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइयो । मकालु क्षेत्रमा रहेको साल्दिम हिमाल ६ हजार ३ सय ७४ मिटर अग्लो रहेको छ । सन् २००३ बाट आरोहणका लागि खुला गरिएको हिमालमा हालसम्म कसैले पनि आरोहण नगरेका कारण रोमानियाका नागरिकले एउटा नयाँ कीर्तिमानी समेत कायम गरेको नेपाल पर्यटन बोर्डका बरिष्ठ अधिकृत सुधन सुवेदीले बताए । उनले यो आरोहण साल्दिम हिमाल र समग्र नेपालकै सकारात्मक सन्देश प्रवाह भएको बताए । सुवेदीले दुई आरोहीलाई सम्मान समेत गरेका थिए ।
स्नोवे होराइजनका अध्यक्ष बोधराज भण्डारीले नयाँ हिमालमा भएको आरोहणले विश्वभर नै सकारात्मक सन्देश दिने र अन्य आरोहीहरुलाई पनि नेपाल आउन प्रेरित गर्ने बताए । उनले आगामी दिनमा अझै आरोहण हुन नसकेका हिमालहरुमा विदेशी आरोहीहरुलाई आरोहणका लागि उत्प्रेरणा दिने पनि बताए ।

img_8462
कार्यक्रममा पर्यटन विभाग अन्तर्गत पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले आरोहणका सबै कागजात अध्ययन भइरहेकोले चाँडै नै आरोहणको प्रमाणपत्र उपलब्ध गराइने जानकारी गराए ।
कार्यक्रममा भ्लाड कापुशन र जोल्ट टोरोकले हिमाल चढ्दाको अनुभव र बाटोको बारेमासमेत जानकारी गराएका थिए । उनीहरुले हिमालको प्रबद्र्धन गर्न आफूहरुले रोमानियोमा गएर भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत जारी गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

रोमानियाका दुई नागरिकले चढे भर्जिन पीक साल्दिम Reviewed by on . काठमाडौं । पीक फाइभको रुपमा समेत परिचित रहेको साल्दिम हिमालमा पहिलो पटक रोमानियाका दुई नागरिकले सफल आरोहण गरेका छन् । स्नोवे होराइजन ट्रेक्स एण्ड एक्सपिडिशन मार काठमाडौं । पीक फाइभको रुपमा समेत परिचित रहेको साल्दिम हिमालमा पहिलो पटक रोमानियाका दुई नागरिकले सफल आरोहण गरेका छन् । स्नोवे होराइजन ट्रेक्स एण्ड एक्सपिडिशन मार Rating: 0
Scroll to top
>