Home » :: हाईलाइट समाचार » चितवन जाने टुरिष्ट बस अब लैनचौरमा, कान्तिपथ जानै नपर्ने

चितवन जाने टुरिष्ट बस अब लैनचौरमा, कान्तिपथ जानै नपर्ने

Facebook Twitter Google+ Pinterest Reddit
Share

chitwan_safari_bus_11

पर्यटनन्यूज, काठमाडौं । काठमाडौंबाट दैनिक चितवनका लागि छुट्ने पर्यटक बस अब लैनचौरबाट उपलब्ध हुने भएको छ ।
यस अघि कान्तिपथ सडकबाट छुट्दै आएको बस गत कार्तिक २२ गतेदेखि लैनचौर स्थित मल्ल होटल अगाडिबाट छुट्न थालेको हो । कान्तिपथमा पार्किङको समस्या भएको हुँदा लैनचौरबाट सेवा दिन थालिएको टुरिष्ट बस एसोसिएशन अफ् नेपाल (टिबान)का उपाध्यक्ष इश्वर शर्माले बताए । तर, पोखरा जाने सबै सवारी भने हाल भइरहेको कान्तिपथबाट नै छुट्ने छ । बढ्दो ट्राफिक जटिलता र पर्यटक बसको संख्यामा पनि वृद्धि हुन थालेपछि ट्राफिक प्रहरी प्रभाग दरबारमार्गसँगको समन्वयमा नयाँ विकल्प स्वरुप लैनचौर गरिएको उपाध्यक्ष शर्माको भनाइ छ । चितवन जाने सबै पर्यटक बस विहान ७ बजे लैनचौरबाट जान थालेकोले सबै ट्राभल कम्पनी, ट्रेकिङ कम्पनी तथा होटल र सरोकार राख्ने निकायहरुलाई पर्यटक लैनचौर ल्यादिन टिबानले आग्रह समेत गरेको छ । स्थायी पर्यटक बसपार्क निर्माणका लागि टिबानले तीव्र रुपमा काम गरिरहेको भन्दै यो समस्या आगामी दिनमा छिट्टै टुंगिने पनि शर्माको भनाइ छ । हाल दैनिक चितवन जाने पर्यटक बसको संख्या १० रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

चितवन जाने टुरिष्ट बस अब लैनचौरमा, कान्तिपथ जानै नपर्ने Reviewed by on . पर्यटनन्यूज, काठमाडौं । काठमाडौंबाट दैनिक चितवनका लागि छुट्ने पर्यटक बस अब लैनचौरबाट उपलब्ध हुने भएको छ । यस अघि कान्तिपथ सडकबाट छुट्दै आएको बस गत कार्तिक २२ गत पर्यटनन्यूज, काठमाडौं । काठमाडौंबाट दैनिक चितवनका लागि छुट्ने पर्यटक बस अब लैनचौरबाट उपलब्ध हुने भएको छ । यस अघि कान्तिपथ सडकबाट छुट्दै आएको बस गत कार्तिक २२ गत Rating: 0
Scroll to top
>