Home » फ्ल्यास न्यूज » टिम्स जस्तै नयाँ कार्यक्रम चलाउने टानको तयारी

टिम्स जस्तै नयाँ कार्यक्रम चलाउने टानको तयारी

टिम्स छपाईमा घोटला भएको आरोप

Facebook Twitter Google+ Pinterest Reddit
Share

TAAN building

पर्यटनन्यूज, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोएसिएसन् अफ नेपाल (टान)ले पछिल्लो समयमा ट्रेकिङ इन्फरमेशन म्यानेजमेन्ट सिस्टम (टिम्स)मा विवाद बढ्दै गएपछि टिम्स जस्तै नयाँ कार्यक्रम ल्याउने तयारी गरेको छ । यसको लागि टानले बरिष्ठ अधिवक्ता हायर गरि गृहकार्य समेत थालेको टान विशेष श्रोतको भनाइ छ ।
टानले सदस्य कम्पनीहरुसंग अतिरिक्त शुल्क लिई पदयात्रीहरुको विवरण राख्न र मजदुरहरुको उद्दार तथा औषधोपचारको लागि टिम्स जस्तै कार्यक्रम चलाउन मिल्ने÷नमिल्ने बारेमा वृहत छलफल समेत चलाएको छ । केही दिन अघि मात्र टानको अकस्मिक बैठक बसी नेपाल पर्यटन बोर्डलाई दर्जनौं आरोप लगाउँदै त्यसविरुद्ध भण्डाफोर अभियान चलाउने निर्णय समेत गरेको थियो ।
टानले सुनियोजित तथा व्यवस्थापकीय लापरवाहीका कारण समयमा नै टिम्स कार्ड उपलब्ध नगराएको, टिम्स कोषबाट आफुले पाउनुपर्ने रकम पटकपटक ताकेता गर्दा पनि नपाएको, टिम्स कार्ड समयमा उपलब्ध नगराएको, मजदुर कल्याणकारी कोषमा टिम्स कोषको रकम जम्मा नगरेको, टिम्स कार्ड छपाईबारे कुनै जानकारी नदिएको, टिम्सको बारेमा लेखिएका कयौं पत्रहरुको जवाफ नपठाएको आरोप लगाउँदै नेपाल पर्यटन बोर्डलाई गैरजिम्मेवारीपनको संज्ञा दिएको थियो । टानले बोर्डको सो प्रबृत्तिको भत्सर्ना गर्दै समयमा नै सही निर्णय तथा कार्यान्वयन पक्षमा इमान्दारीता नदेखाए कठोर कदम चाल्ने चेतावनीसमेत दिएको छ ।
हाल वितरण भइरहेका सबै टिम्स कार्डहरुमा होलोग्राम नभएको, केही टिम्स कार्डमा सिरियल नम्बर नराखीएको, कुनै टिम्स कार्डहरुमा टानको लोगो समेत अंकित नभएकोले नेपाल पर्यटन बोर्डद्वारा टिम्स कार्ड छपाई र वितरण कार्यमा घोटला हुन सक्ने प्रचुर सम्भावना देखिएको हुँदा सो तथ्यहरुलाई उजागर गर्ने पनि टानले बताएको छ । बोर्डको यस्तो गतिबिधिहरुबारे संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति तथा सामाजिक न्याय तथा मानव अधिकार समितिको ध्यानाकर्षण गराउने जनाएको छ । यसैगरि, बैठकले टिम्स सम्बन्धि नेपाल पर्यटन बोर्डबाट सही सूचना तथा तथ्यांकका साथै मौजुदा रकमबारे समेत टानलाई जानकारी उपलब्ध नगराइ सूचनाको हकबाट बञ्चित गराएकोमा राष्ट्रिय सूचना आयोगलाई जानकारी गराउने पनि जनाएको छ ।

 

टिम्स समस्या समाधान गर्न समिति
टुरिष्ट इन्भफरमेशन म्यानेजमेन्ट सिस्टम (टिम्स) मा देखिएको विवाद समाधान गर्नको लागि नेपाल पर्यटन बोर्डले पाँच सदसिय कमिटी गठन गरेको छ । बोर्डले बोर्ड सदस्य कृष्णकुमार अर्यालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिमा अर्का बोर्ड सदस्य पूर्ण कुँवर, टानका अध्यक्ष चन्द्रप्रसाद रिजाल, बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी तथा बोर्डका एक प्रतिनिधी रहने गरि समिति गठन गरेको हो ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

टिम्स जस्तै नयाँ कार्यक्रम चलाउने टानको तयारी Reviewed by on . पर्यटनन्यूज, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोएसिएसन् अफ नेपाल (टान)ले पछिल्लो समयमा ट्रेकिङ इन्फरमेशन म्यानेजमेन्ट सिस्टम (टिम्स)मा विवाद बढ्दै गएपछि टिम्स जस्तै पर्यटनन्यूज, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोएसिएसन् अफ नेपाल (टान)ले पछिल्लो समयमा ट्रेकिङ इन्फरमेशन म्यानेजमेन्ट सिस्टम (टिम्स)मा विवाद बढ्दै गएपछि टिम्स जस्तै Rating: 0
Scroll to top
>