Home » समाचार » मध्यपश्चिम चिनाउँदै बन्धुको फोटो

मध्यपश्चिम चिनाउँदै बन्धुको फोटो

Facebook Twitter Google+ Pinterest Reddit
Share

bharat

पर्यटनन्यूज, काठमाडौं । पत्रकार भरत बन्धु थापाले तस्बिरमा कैद गरेका मध्यपश्चिमका पर्यटकीय गन्तव्यहरुको फोटो प्रदर्शनी गरेका छन् ।
काठमाडौं स्थित नेपाल पर्यटन बोर्डको प्राङ्गणमा प्रर्दशनी गरिएको फोटोमा मध्यपश्चिमका १५ जिल्लाका ५० उत्कृष्ट फोटोहरु राखिएका छन् । मंसिर २ देखि सुरु भएको प्रदर्शनी ५ गतेसम्म चल्ने छ । काठमाडौं पछि मध्यपश्चिममा समेत फोटो प्रदर्शनी गरिने पत्रकार भरतबन्धु थापाले बताए । उनले मध्यपश्चिममा पर्यटनको अपार सम्भावना भएपनि राज्यले देख्न नसकेका कारण आम नागरिकसहित सरकारलाई समेत एकै साथ देखाउने भन्दै फोटो प्रदर्शनी गरिएको बताए । फोटोसँगै थापाले दश वटा भिडियो प्रदर्शनी समेत गरे ।

img_8554
नेपाली भाषामा लेखिएको पहिलो अभिलेख, नेपाली भाषाको उद्गम थलो, देशको सबैभन्दा ठूलो ताल, सबैभन्दा गहिरो ताल, सबैभन्दा उच्च स्थानमा फल्ने मार्सी धान, सबैभन्दा उच्च स्थानमा रहेको हुम्लाको सदरमुकाम सिमिकोट, एसियाकै नमूना कर्णाली स्थित चिसापानी पुललगायतका हिसाबले मध्यपश्चिम सम्पन्न छ । यिनै सम्भावनाहरुको उजागर गर्न फोटो प्रदर्शनी गरिएको थापाको भनाइ छ ।

img_8548 img_8544 img_8551

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

मध्यपश्चिम चिनाउँदै बन्धुको फोटो Reviewed by on . पर्यटनन्यूज, काठमाडौं । पत्रकार भरत बन्धु थापाले तस्बिरमा कैद गरेका मध्यपश्चिमका पर्यटकीय गन्तव्यहरुको फोटो प्रदर्शनी गरेका छन् । काठमाडौं स्थित नेपाल पर्यटन बो पर्यटनन्यूज, काठमाडौं । पत्रकार भरत बन्धु थापाले तस्बिरमा कैद गरेका मध्यपश्चिमका पर्यटकीय गन्तव्यहरुको फोटो प्रदर्शनी गरेका छन् । काठमाडौं स्थित नेपाल पर्यटन बो Rating: 0
Scroll to top
>