Home » :: हाईलाइट समाचार » आफ्नै खर्चमा गाउँ प्रबद्र्धनमा हिडे भिटोफ नेपालका पदाधिकारी

आफ्नै खर्चमा गाउँ प्रबद्र्धनमा हिडे भिटोफ नेपालका पदाधिकारी

दुम्सी दरै गाउँमा ऐतिहासिक बैठक

Facebook Twitter Google+ Pinterest Reddit
Share

dumsii

पर्यटनन्यूज, दमौली । संस्थामा गएर पैसाको दुरुपयोग गर्यो र देश विदेश घुम्यो भनेर केही संस्थाका पदाधिकारीहरु माथि आरोप लागिरहेको अवस्थामा गाउँ पर्यटन प्रबद्र्धन मन्च नेपाल (भिटोफ नेपाल)का पदाधिकारी भने आफ्नै खर्चमा गाउँ प्रबद्र्धन गर्दै हिडेका छन् ।
गत विश्व पर्यटन दिवसको अवसरमा गाउँ पर्यटनको रुपमा घोषणा गरिएको तनहुँ जिल्लाको ब्यास नगरपालिका अन्तर्गत दुम्सी दरै गाउँमा भिटोफ नेपालका पदाधिकारीसहितको एउटा जम्बो टोली गाउँ प्रबद्र्धनमा हिडेका छन् । उनीहरुले दुम्सी दरै गाउँलाई पर्यटन व्यवसायी र पर्यटकसँग प्रत्यक्ष रुपमा जोड्नको लागि त्यस ठाउँमा वृहत कार्यक्रमको समेत आयोजना गरे । दमौलीबाट ५ किलोमिटर मात्र भित्र रहेको सो गाउँ होमस्टे पर्यटनका लागि अति उपयुक्त र प्राकृतिक तथा साँस्कृतिक हिसाबले धनी रहेपनि हालसम्म प्रचारप्रसारको अभावमा अगाडि आउन सकेको थिएन । तर, भिटोफ नेपालले आयोजना गरेको कार्यक्रमका कारण एकाएक चर्चामा समेत आउन थालेको छ । भिटोफ नेपालका अध्यक्ष कमल सापकोटा भन्छन्, यो गाउँलाई हामीले प्रबद्र्धन गर्नु थियो, तर संस्थासँग पैसा थिएन । हामीले आफ्नै खल्तिको पैसा झिकेर यो गाउँ प्रबद्र्धनको अभियानमा आएका हौं । यहाँका स्थानीयको उत्साह देख्दा हामी केही हदसम्म सफल भयौं भन्ने लागिराछ । उनले यो अभियानलाई निरन्तरता दिने समेत बताए ।

kamal
दरै गाउँका आमा समूहले गरेको आतिथ्यता सत्कार लोभै लाग्दो थियो । थालिमा टिका, हातमा माला, स्याउ, चकलेट र ऐना बोकेर स्वागतमा बसेका ‘दरै’ समुदायका आमाहरुले पाहुनाहरुलाई टिका, माला र खादा लगाएर स्वागत गर्दा धेरै व्यवसायीहरु खुशीले गद्गद् भए । भिटोफ नेपालको काठमाडौंमा रहेको केन्द्रीय कार्यसमिति र पोखरामा रहेको शाखा कार्यालयको संयुक्त बैठकका लागि दरै गाउँ पुगेका पर्यटन व्यावसायीहरुले सो गाउँलाई नयाँ पर्यटन गन्तव्य स्थलको रुपमा घोषणा समेत गरेका छन् ।
४६ घर ‘दरै जातिको बसाईं रहेको उक्त स्थानमा स्थानिय दरै महिलाहरुले होमस्टे सञ्चालनमा ल्याएका छन् । दरै गाउँमा पुुग्नेहरुले दरै जातीको संस्कृति, रितिरिवाज र गीत संगीत तथा नृत्यमा रमाउँन सक्छन् । पाहुँनालाई न्यानो सम्मान र आतिथ्यता गराउँने उनीहरुले स्थानिय दरै नृत्य समेत देखाउँछन् । दरै गाउँमा माघे सक्रान्तिको दिन दरैहरुको पहिचान झल्काउँने कौरा र चुट्का नाच देखाइन्छ । गाउँका अधिकांश पुरुषहरु भने खाडी मुलुक तिर भासिएका छन् । यता दुम्सी गाउँलाई पर्यटन गन्तव्य गाउँको रुपमा घोषणा गरिएपछि यहाँ पर्यटक आउँने प्रशस्त संभावना बढेर गएको देखिन्छ । भिटोफका पदाधिकारीहरुले यो वर्ष भित्र नै यो गाउँलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउँने प्रतिबद्धता जनाएका छन् ।

दरै गाउँमा पुगेर कस्ले के भने ?

kamalकमल सापकोटा
अध्यक्ष भिटोफ नेपाल

गाउँ नटेकिकन कुनै पनि पर्यटन हुँदैन । तर, हामीले सोचे जति गर्न सकेका छैनौँ । यद्धपी हामीले दुम्सी दराई गाउँलाई विश्व पर्यटन दिवसको सन्दर्भ पारेर नेपाल सरकार र पर्यटन बोर्डसँग सहकार्य गरेर गन्तव्य गाउँ २०१७ भनेर घोषणा गरेका छौँ । घोषणा मात्रै गरेर हुँदैन । यसलाई कार्यान्वयनमा ल्याउनुपर्छ । यतिराम्रो बस्ति छ । उहाँहरुको आफ्नै बस्ति छ । बाटोमा हिमाल पनि देख्न सकिन्छ । यसलाई विशेष संभावनाको क्षेत्रको रुपमा लिन सकिन्छ ।
हामीले यो वर्षभित्र यो गाउँलाई प्रचार प्रसारमा ल्याउँछौँ । स्वदेशी तथा विदेशी पर्यटक भित्र्याएपछि हामील यो गाउँलाई छोडिदिनेछौँ । र, अर्को गाउँलाई पर्यटन गन्तव्य घोषणा गर्नेछौँ । हामीले पोखरा र कास्की च्याप्टरसँग संयुक्त बैठक ग¥यौं । हामीले केन्द्र र शाखा सहकार्य गरेर जाने निर्णय पनि गरेका छौँ । यो गाउँलाई प्रवद्र्धन गर्नका लागि कास्की शाखाको अलि बढी भूमिका हुन्छ । उहाँहरुले बढी भूमिका निर्वाहा गर्नुहुनेछ । होम स्टे भन्ने वित्तिकै यसलाई ठूलो लगानी गर्नुपर्दैन । आफ्नो घरमा भएको तन्नालाई सफा गरेर सुत्ने स्थान बनाउँने, आफ्नै घरमा भएको चिजलाई सफासँग पकाएर खान्दिनुपर्छ । ठूलो लगानी विना उहाँहरुले आम्दानी गर्नुपर्छ । एकरातमा होमस्टे बस्दा एउटा विदेशीले खान बस्न र सुत्न गरेर एक हजार जति खर्च गर्छ । अन्य केही भयो भने एक हजारदेखि २ हजारसम्म एक रातमा आम्दानी गर्नसक्नुहुन्छ । एकै रातमा १० जना मात्रै पर्यटक आयो भने एकै रातमा १० देखि १० हजार कमाई हुन्छ । त्यसमा बाहिरबाट लगानी केही चाहिँदैन ।

ram-ghaleराम घले
बरिष्ठ उपाध्यक्ष, भिटोफ
यहाँको विल्कुलै फरक संस्कृतिले हामीलाई मोहक बनायो । यहाँको उत्पादनबारे हामीले पर्यटनबोर्डलाई पनि जानकारी दिनेछौँ । मैले अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी लिएको छु । यहाँको गाउँ पर्यटनलाई प्रवद्र्धन गर्न मेरो भूमिका रहनेछ । यहाँ दुखकै कुरा भन्नुपर्छ यहाँका पुरुषहरु विदेशमा छन् । हामी भिटोफ नेपालले यो गाउँको पर्यटन प्रवद्र्धनमा भूमिका खेल्न सके यहाँका युवाहरु खाडीबाट फर्किएर यहीँ रोजगारी दिन सक्नुपर्छ ।

 

 

 

 

 

deepakदीपक दाहाल
उपाध्यक्ष, भिटोफ नेपाल
नेपाल सरकारले नीजि क्षेत्र जस्तै टान, हान, भिटोफ, नाटा, सोतो लगायतका विभिन्न संघ सस्थासँग सहकार्य गरेर अगाडी जानुपर्छ । नेपाल पर्यटन वोर्डले यस्ता कार्यक्रमलार्इ मुर्त रूप दिन सक्छ । भिटोफले प्रत्यक वर्ष हामीले पर्यटन गन्तव्य क्षेत्र घोषणा गर्ने गरेका छौँ । दुम्सी दरै गाउँलाई यतिमा मात्रै सिमित राखेर भन्दापनि यसको पुर्वाधारहरु विकास गर्न जरुरी छ । त्यसको लागि भिटोफ नेपालले एउटा योजना पनि बनाउँनेछ । यो निकै संभावना बोकेको क्षेत्र रहेछ । यहाँको मौलिकतालाई हामीले अन्तर्राष्ट्रिय समुदायमा पु¥याउँन भरपुर मेहनत गर्नेछौँ । हामीले यहाँ सामार्थ्य नेपाल र तारा गाउँ विकास समितिसँगको सहकार्यमा होमस्टे सम्बन्धी तालिमको व्यवस्था गर्दैछौँ ।

 

 

basuबासुदेव पाण्डे,
महासचिव, भिटोफ नेपाल

हामीले पर्यटन गन्तव्य घोषणा नगरी शुरुवात हुँदैन । हामीले ग्रामिण क्षेत्रलाई पर्यटन गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रमलाई तिब्र रुपमा विकास गरेका छौँ । अबको पर्यटन भनेको ग्रामिण क्षेत्र हो । पर्यटकको न्युनतम आवश्यकता पुरा गरेर नेपाली संस्कृति र पहिचान हामीले देखाउँनुपर्छ ।

 

 

 

 

 

taraतारानाथ पहारी
अध्यक्ष, पर्यटन प्रवद्र्धन मञ्च पोखरा
हामी यहाँ संभाव्यता अध्ययन भ्रमणका लागि आयौँ । यहाँको हस्पीटालिटिले सबैलाई मोहित बनायो । उहाँहरुको खुवाउने संस्कार राम्रो छ । यसलाई व्यवसायीक रुपमा ढाल्नको लागि केही रुपमा प्रशिक्षणको आवश्यकता छन् । हामीले यसलाई नोट गरेका छौँ । हामीले घरबास संचालन सम्बन्धी कार्यविधि छ । त्यसलाई लिएर हामी प्रशिक्षण चलाउँछौँ । हामीले पोखरा काठमाडौं लगायतका टुरिजम इन्टरप्रेनरहरु लिएर आउँनेछौँ । दमौलीको स्थानियको सहयोग चाहिन्छ । स्थानिय विकासअधिकारीलाई निम्ता गरेर हामीले एउटा कार्यक्रम गर्नेछौँ । हामीले पर्यटन बोर्डलाई पनि यो विषयमा जानकारी दिनेछ । हामी भिटोफ कास्किले पनि प्रचार प्रसार गर्नेछौँ । यो पोखरा काठमाडौंबीचको राजमार्गबाट ५ किलोमिटर मात्रै भित्रको हो । हामीले आन्तरिक पर्यटकलाई धेरैभन्दा धेरै तान्न सकिन्छ ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

आफ्नै खर्चमा गाउँ प्रबद्र्धनमा हिडे भिटोफ नेपालका पदाधिकारी Reviewed by on . पर्यटनन्यूज, दमौली । संस्थामा गएर पैसाको दुरुपयोग गर्यो र देश विदेश घुम्यो भनेर केही संस्थाका पदाधिकारीहरु माथि आरोप लागिरहेको अवस्थामा गाउँ पर्यटन प्रबद्र्धन म पर्यटनन्यूज, दमौली । संस्थामा गएर पैसाको दुरुपयोग गर्यो र देश विदेश घुम्यो भनेर केही संस्थाका पदाधिकारीहरु माथि आरोप लागिरहेको अवस्थामा गाउँ पर्यटन प्रबद्र्धन म Rating: 0
Scroll to top
>