Home » फ्ल्यास न्यूज » पोखरामा अल्ट्रालाइट दुर्घटना हुँदा पाइलटको मृत्यु, पर्यटक घाइते

पोखरामा अल्ट्रालाइट दुर्घटना हुँदा पाइलटको मृत्यु, पर्यटक घाइते

Facebook Twitter Google+ Pinterest Reddit
Share

pokhara-ultralight

पर्यटनन्यूज,  काठमाडौं । कास्कीकोट गाविसको लौरुकमा अल्ट्रालाइट दुर्घटना हुँदा पाइलटको निधन भएको छ भने एक जना घाइते भएको छ ।
एभिया क्लबद्वारा सञ्चालित जहाज आज विहान दुर्घटनामा परेको हो । दुर्घटनामा परि रसियन पाइलट अलेक्जेण्डर म्याक्सिमोभको मृत्यु भएको हो । कास्कीको चापाकोट गाविसको बाम्दी स्थित आफ्नै मैदानबाट उड्ने क्रमममा जहाज दुर्घटनामा परेको बताइएको छ । दुर्घटना भए लगत्तै अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका क्यानेडियन पर्यटकको भने हात भाँचिएको छ । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ ।

हेन्ड ग्लाइडिङलाई तानेर उडाने क्रममा डोरी चुडिए पछि दुर्घटना भएको प्रहरीको भनाइ छ । ९ एनएलएल ओपन फ्रयाईट पुतली जहाज दुर्घटना भएको हो ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

पोखरामा अल्ट्रालाइट दुर्घटना हुँदा पाइलटको मृत्यु, पर्यटक घाइते Reviewed by on . पर्यटनन्यूज,  काठमाडौं । कास्कीकोट गाविसको लौरुकमा अल्ट्रालाइट दुर्घटना हुँदा पाइलटको निधन भएको छ भने एक जना घाइते भएको छ । एभिया क्लबद्वारा सञ्चालित जहाज आज वि पर्यटनन्यूज,  काठमाडौं । कास्कीकोट गाविसको लौरुकमा अल्ट्रालाइट दुर्घटना हुँदा पाइलटको निधन भएको छ भने एक जना घाइते भएको छ । एभिया क्लबद्वारा सञ्चालित जहाज आज वि Rating: 0
Scroll to top
>