Latest News
Home » अर्थ » हिमालयन ट्राभल मार्ट जुन १ देखि ४ सम्म हुने, लोगो सार्वजनिक

हिमालयन ट्राभल मार्ट जुन १ देखि ४ सम्म हुने, लोगो सार्वजनिक

इन्टरनेशनल ब्लगर्स एण्ड मिडिया कन्फ्रेन्स पनि गर्ने

Facebook Twitter Google+ Pinterest Reddit
Share

pataaa

कल्पना अधिकारी, काभ्रे । विश्व बजारमा नेपालको पर्यटन प्रबद्र्धन गर्ने मुख्य उदेश्यका साथ प्यासिफिक एशिया ट्राभल एसोसियसन अफ नेपाल (पाटा–नेपाल)ले हिमालयन ट्राभल मार्ट २०१७ आयोजना गर्ने भएको छ ।
नेपाललाई हिमाली क्षेत्रको प्रवेश मार्गकोरुपमा समेत स्थापित गर्ने उद्देश्यले आगामि वर्ष २०१७ जुन १ देखि ४ सम्म मार्टको आयोजना गर्न लागिएको आइतबार धुलिखेलमा पत्रकार सम्मेलनको अयोजना गरि जानकारी गराइयो । पत्रकार सम्मेलनमा हिमालयन ट्राभल मार्टको लोगो समेत सार्वजनिक गरियो ।

pataa

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी, पाटा इन्टरनेशनलका अध्यक्ष एन्ण्ड्रयु जोनेस लगायतले ट्राभल मार्टको लोगो सार्वजनिक गरेका थिए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, प्रोफेसनल ट्राभल ब्लगर्स एसोसियसनका अध्यक्ष मार्ट गिब्सन, संचारकर्मी, पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

pata
ट्राभल मार्टमा विभिन्न २ सय मुलुकबाट टुर अपरेटर, ट्राभल ब्लगर्स तथा संचारकर्मी, अन्तर्राष्ट्रिय विज्ञहरुसहितको प्रतिनिधि मण्डल आउने पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले जानकारी दिए । उक्त मार्ट हुनु अगावै पाटा नेपालले अन्तर्राष्ट्रिय ट्राभल ब्लगर्स तथा संचारकर्मीलाई नेपालको सुन्दरता र पर्यटकीय गन्तव्यहरुबारे जानकारी दिने उदेश्यले आगामि २०१७ मे २२ देखि जुन १ सम्म इन्टरनेशनल ब्लगर्स एण्ड मिडीया कन्फ्रेन्सको पनि आयोजना भएको छ । मार्टमा नेपालका साथै भारत, भुटान, बंगलादेश, म्यन्मार, पाकिस्तानका पर्यटन व्यवसायीले युरोप, उत्तर अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड, रसिया तथा सिआईएस, एसिया र खाडी मुलुकका व्यवसायीहरुलाई आफ्ना पर्यटन प्याकेजहरु बिक्री गर्न सक्ने बताईएको छ ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

हिमालयन ट्राभल मार्ट जुन १ देखि ४ सम्म हुने, लोगो सार्वजनिक Reviewed by on . कल्पना अधिकारी, काभ्रे । विश्व बजारमा नेपालको पर्यटन प्रबद्र्धन गर्ने मुख्य उदेश्यका साथ प्यासिफिक एशिया ट्राभल एसोसियसन अफ नेपाल (पाटा–नेपाल)ले हिमालयन ट्राभल कल्पना अधिकारी, काभ्रे । विश्व बजारमा नेपालको पर्यटन प्रबद्र्धन गर्ने मुख्य उदेश्यका साथ प्यासिफिक एशिया ट्राभल एसोसियसन अफ नेपाल (पाटा–नेपाल)ले हिमालयन ट्राभल Rating: 0
Scroll to top
>
%d bloggers like this: