Home » फ्ल्यास न्यूज » पर्यटनका कुनै पनि सूचना लुकाइँदैन : मन्त्री शाही

पर्यटनका कुनै पनि सूचना लुकाइँदैन : मन्त्री शाही

Facebook Twitter Google+ Pinterest Reddit
Share

img_8825

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको कुनै पनि निकायको सूचना नलुकाउने र सहज रुपमा सञ्चारकर्मी समक्ष उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ । पर्यटन मन्त्री जीवनबहादुर शाहीले पर्यटकीय गतिविधि प्रवद्र्धनका लागि मन्त्रालय र मातहत निकायबीच समन्वय गरी सबै संयन्त्रलाई चुस्त र प्रभावकारी बनाइ सूचना उपलब्ध गराउने बताउनु भएको हो ।
पर्यटन पत्रकारसँग आफ्नो एक सय दिनको समीक्षा सहित सुझाब लिने कार्यक्रममा मन्त्री शाहीले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजाने आधार नै पर्यटन भएकाले यसका गतिविधिलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो । “मन्त्रालय मातहत निकायमा पर्यटनसम्बन्धी सूचना वितरणमा समस्या भएको गुनासो बढेको छ, यसलाई तत्काल सुधार गरी पर्यटन प्रवद्र्धनको कार्यमा सबै निकाय जिम्मेवारपूर्वक लाग्ने वातावरण बनाउँछु,” उहाँले भन्नुभयो । मन्त्री शाहीले मुलुकको पर्यटन क्षेत्रको सुधार गरी विदेशी पर्यटक आकर्षण गर्न पूर्वाधार विकासलगायत कार्यलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो ।
मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले मन्त्रालय र मातहत निकायको सूचना प्रणाली व्यवस्थापन र नियमित गर्न तत्कालै प्रवक्ताको बैठक राखी नियमित सूचना प्रदानको व्यवस्था गरिने बताउनुभयो । पर्यटनसँग सम्बन्धित विवरणलाई थप व्यवस्थित बनाएर लैजान सरोकारवाला निकायलाई गतिशील बनाइने उहाँको भनाइ थियो । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले पर्यटकीय गतिविधिलाई प्रभावकारी प्रवद्र्धनका लागि मन्त्रालय लागिपरेको बताउनुभयो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन प्रवद्र्धनात्मक कामलाई प्रभावकारी बनाउन बोर्डलाई गतिशील तुल्याइने बताउनुभयो ।
नेपालको पर्यटन प्रबद्र्धनका लागि पर्यटन पत्रकारहरुले मन्त्री शाहीलाई विभिन्न सुझाबहरु दिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

पर्यटनका कुनै पनि सूचना लुकाइँदैन : मन्त्री शाही Reviewed by on . काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको कुनै पनि निकायको सूचना नलुकाउने र सहज रुपमा सञ्चारकर्मी समक्ष उपलब्ध गराउने प्रतिबद्धता व्यक काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको कुनै पनि निकायको सूचना नलुकाउने र सहज रुपमा सञ्चारकर्मी समक्ष उपलब्ध गराउने प्रतिबद्धता व्यक Rating: 0
Scroll to top
>