Home » अर्थ » नेपालमा पहिलो पटक निर्यात दिवस मनाइदै

नेपालमा पहिलो पटक निर्यात दिवस मनाइदै

Facebook Twitter Google+ Pinterest Reddit
Share

export

काठमाडौं । नेपाल निर्यात परिषद् (इकोन)ले नेपालमा पहिलो पटक निर्यात दिवस मनाउने भएको छ । आगामी २२ गते एक विशेष कार्यक्रमको आयोजना गरि दिवस मनाउन लागिएको हो ।
आज पत्रकार सम्मेलन गर्दै नेपालमा पहिलो पटक यस्तो महोत्सव मनाउन लागिएका जानकारी दिइयो ।
दिवसको मुख्य उद्देश्य आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धनका लागि सरकारले नगद प्रोत्साहन बढाउनुपर्नेमा जोड हुने व्यवसायीहरुको भनाइ छ । एक रुपैयाँ बराबरको सामान निर्यात हुँदा रु १२ बराबरका सामग्री आयात भइरहेको मुलुकको वर्तमान निर्यातको स्थितिको अन्त्यका लागि व्यवसायीहरुले प्रोत्साहन रकम वृद्धिको माग समेत गरेका छन् । नेपाल निर्यात परिषद्ले आज पत्रकार सम्मेलन गरेर हाल सरकारबाट उपलब्ध भएको दुई प्रतिशत नगद प्रोत्साहन अपुग भएको भन्दै त्यसलाई कम्तीमा १५ प्रतिशत पु¥याउनुपर्ने जनाएको छ ।
परिषद्का अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले तीन वर्षअघि रु ९१ अर्ब बराबरका नेपाली उत्पादन निर्यात भएकामा त्यो अघिल्लो वर्ष रु ८६ अर्ब हुँदै हाल रु ७३ अर्बमा झर्नुले निर्यातको तस्बिर प्रष्ट हुन्छ भन्नुभयो । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोतका रुपमा रहेका निर्यातजन्य उद्योगको प्रवद्र्धनमा सरकारको ध्यानाकर्षण गर्न परिषद्, नेपाल हस्तकला महासङ्घलगायत संस्थाले निर्यात दिवस मनाउन लागेको हो ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

नेपालमा पहिलो पटक निर्यात दिवस मनाइदै Reviewed by on . काठमाडौं । नेपाल निर्यात परिषद् (इकोन)ले नेपालमा पहिलो पटक निर्यात दिवस मनाउने भएको छ । आगामी २२ गते एक विशेष कार्यक्रमको आयोजना गरि दिवस मनाउन लागिएको हो । आज काठमाडौं । नेपाल निर्यात परिषद् (इकोन)ले नेपालमा पहिलो पटक निर्यात दिवस मनाउने भएको छ । आगामी २२ गते एक विशेष कार्यक्रमको आयोजना गरि दिवस मनाउन लागिएको हो । आज Rating: 0
Scroll to top
>