Latest News
Home » मुख्य समाचार » पाटा नेपाल च्याप्टरको दुई दिने तालिम सुरु

पाटा नेपाल च्याप्टरको दुई दिने तालिम सुरु

Facebook Twitter Google+ Pinterest Reddit
Share

5C6A5251

पर्यटनन्यूज, काठमाडौं । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले दुई दिने “स्मार्ट प्राक्टिसेस इन रेष्टुरेण्ड बिजनेश” तालिम सुरु गरेको छ ।
नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमको सहयोगमा आजदेखि सुरु भएको तालिम ¥याडिसन होटलमा जारी छ । नेपाली पर्यटन क्षेत्रको जनशक्तिको शीप तथा ज्ञान अभिवृद्दि गर्ने उद्देश्यका साथ निरन्तर रुपमा मानव संसाधन विकास सम्बन्धि तालिम तथा कार्यशाला गोष्ठी संचालन गर्दै आएको पाटाले यस्तो खालको कार्यक्रम गरेको हो ।

5C6A5326
पाटाले तालिम प्रशिक्षणका लागि हङकङ्ग पोलिटेक्निक युनिवर्सिटीका प्रोफेसर डा. मुरे म्याकन्सि र र्यान स्मिथलाई नेपाल आमन्त्रण गरेको हो । कार्यक्रममा होटेल, रेस्टुरेण्ट, एयरलाईन्स तथा होटेल म्यानेजमेन्ट कलेजहरु बाट करीब १९० जनाले सहभागिता जनाएका छन् ।
प्रशिक्षकहरुले रेस्टुरेण्ट तथा क्याट्रिङ्ग विजनेसमा नवितम तथा सफल अभ्यासहरु अन्तर्गत स्ट्राटेजिक मेनु डिजाइन, रेस्टुरेण्ट टेक्नोलोजी, वाइन सेलिङ एण्ड मांकेटिङ, फुड एण्ड वाइन पेरिङ्ग, वाइन टेस्टिङ्ग जस्ता बिषयहरुमा प्रशिक्षण दिने पाटा नेपाल च्याप्टरका कार्यकारी प्रबन्धक सुरेश सिहं बुडालले जानकारी दिनुभयो ।

5C6A5291
नेपाल पर्यटन बोर्डका सिईओ दीपकराज जोशीले कार्यक्रममा उपस्थित प्रशिक्षक तथा सहभागीरुलाई स्वागत गदै मानव संसाधन सीप विकास र सेवा सुÞदृढीकरण नेपाली पर्यटनक्षेत्रको आवश्यक बिषय भएको बताउँदै वहाँले पाटा नेपाललाई निरन्तर रुपमा उल्लेखनीय योगदान पु¥याएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

5C6A5337

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

पाटा नेपाल च्याप्टरको दुई दिने तालिम सुरु Reviewed by on . पर्यटनन्यूज, काठमाडौं । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले दुई दिने “स्मार्ट प्राक्टिसेस इन रेष्टुरेण्ड बिजनेश” तालिम सुरु गरेको छ । नेपाल पर्यटनन्यूज, काठमाडौं । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले दुई दिने “स्मार्ट प्राक्टिसेस इन रेष्टुरेण्ड बिजनेश” तालिम सुरु गरेको छ । नेपाल Rating: 0
Scroll to top
>
%d bloggers like this: