Home » विचार » नफुट्ने गरि जुट्दै माओवादी निकट व्यवसायी

नफुट्ने गरि जुट्दै माओवादी निकट व्यवसायी

भेलाको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

Facebook Twitter Google+ Pinterest Reddit
Share

IMG_0331

पर्यटनन्यूज, काठमाडौं । पर्यटन क्षेत्रमा कृयाशील नेकपा माओवादी (केन्द्र) निकट व्यवसायीहरुको विभिन्न संगठनहरुबीच एकता भेला हुने भएको छ ।
माघ २१ गतेका दिन काठमाडौं स्थित र्याडिशन होटलमा एक विशाल कार्यक्रमको आयोजना गरि एकता भेला आयोजना गर्न लागेको हो । भेलाको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने भएको छ ।
एकता भेलाको पूर्वसन्ध्यामा आयोजना गरिएको पर्यटन पत्रकार भेटघाट कार्यक्रममा हाल फरक व्यक्तिको नेतृत्वमा रहेको तीन छुट्टाछुट्टै संगठनबीच एकता भएको र सोको घोषणा हुन लागेको जानकारी गराइयो । कमल सापकोटा नेतृत्वमा रहेको एकीकृत पर्यटन व्यवसायी संगठन, गणेश सिंखडाको नेतृत्वमा रहेको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी मञ्च र गुप्ता भण्डारीको नेतृत्वमा रहेको राष्ट्रिय पर्यटन व्यवसायी संगठन क्रान्तिकारीबीच एकता हुन लागेको हो । हाल गठन भएको नेपाल पर्यटन व्यवसायी संगठनको संयोजक भने नवराज दाहाल रहेका छन् । भेला सम्पन्न गर्नको लागि विभिन्न १० वटा विभाग समेत गठन गरिएको छ । एकता भेलाको अन्तिम तयारी भइरहेको बरिष्ठ पर्यटन व्यवसायी कमल सापकोटाले पर्यटनन्यूजलाई जानकारी दिए । उनले भोलीको भेलाले १ सय २५ सदस्यी कमिटिलाई अनुमोदन गर्ने र तीन महिना भित्र सम्मेलन गरि नयाँ कार्यसमिति चयन गर्ने बताए । जस्मा २५ सदस्यीय सल्लाहकार समिति र ३७ सदस्यीय सचिवालय समिति रहनेछ ।

IMG_0333
भेटघाट कार्यक्रममा बोल्दै संयोजक नवराज दाहालले अब नफुट्ने गरि एकता हुन लागेको भन्दै यसले संगठनलाई बलियो र पहिलो बनाउने दाबी गरे । उनले माओवादी निकटका व्यवसायीहरु फुट्दा पार्टी, संगठन र व्यवसायी सबैलाई घाटा भएको भन्दै अबको एकताले सबै पार्टीका संगठन र संघसंस्थालाई समेत व्यवसायीक मर्यादामा ल्याउने बताए ।
कार्यक्रममा बरिष्ठ व्यवसायी बोधराज भण्डारीले एकतापछि व्यवसायीमा जाने सन्देश सकारात्मक हुने भन्दै त्यसपछि पर्ख र हेरको अवस्थामा रहेका माओवादी निकट व्यवसायी, स्वतन्त्र रुपमा रहेका व्यवसायी र अन्य संगठनमा रहेर असन्तुष्ट रहेका व्यवसायीलाई समेत संगठनमा ल्याउने दाबी गरे । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेकपा माओवादी केन्द्रका संगठन विभाग इन्चार्ज रामबहादुर थापा र पर्यटन विभाग प्रमुख लोकेन्द्र विष्टको उपस्थिति रहनेछ । दिउँसो २ बजेबाट सुरु हुने कार्यक्रममा ४ सय व्यवसायी उपस्थित रहने अनुमान गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

नफुट्ने गरि जुट्दै माओवादी निकट व्यवसायी Reviewed by on . पर्यटनन्यूज, काठमाडौं । पर्यटन क्षेत्रमा कृयाशील नेकपा माओवादी (केन्द्र) निकट व्यवसायीहरुको विभिन्न संगठनहरुबीच एकता भेला हुने भएको छ । माघ २१ गतेका दिन काठमाडौ पर्यटनन्यूज, काठमाडौं । पर्यटन क्षेत्रमा कृयाशील नेकपा माओवादी (केन्द्र) निकट व्यवसायीहरुको विभिन्न संगठनहरुबीच एकता भेला हुने भएको छ । माघ २१ गतेका दिन काठमाडौ Rating: 0
Scroll to top
>