Home » मुख्य समाचार » राष्ट्रिय राफ्टिङ प्रतियोगिता हुँदै

राष्ट्रिय राफ्टिङ प्रतियोगिता हुँदै

Facebook Twitter Google+ Pinterest Reddit
Share

nara

पर्यटनन्यूज, काठमाडौं । नेपाल खेलकुद परिषद्ले आयोजना गर्दै आएको पर्वतीय खेल महोत्सव अन्तर्गत यस वर्ष राष्ट्रिय राफ्टिङ प्रतियोगिता हुने भएको छ ।
नेपाल एसोसिएशन अफ् राफ्टिङ एजेन्टस् (नारा) र हिमालयन रिभर गाइड एसोसिएशन अफ् नेपाल (एचआरजीएएन)को सहयोगमा नेपाल राफ्टिङ एण्ड क्यानोनिङ एसोसिएशनले सो प्रतियोगिताको आयोजना गर्न लागेको हो । फागुन ३, ४ र ५ गते हुने प्रतियोगिता अन्तर्गत ३ गते कायाकिङ खेल हुने छ भने ४ र ५ गते राफ्टिङ प्रतियोगिता हुनेछ । जस्मा कायाकिङ अन्तर्गत कायाकिङ डाउन रिभर रेस हुनेछ भने राफ्टिङ अन्तर्गत राफ्ट रेस, हेड टू हेड, राफ्ट स्प्रन्ट र राफ्ट स्लालोम हुनेछ ।
आज राजधानीमा पत्रकार सम्मेलन गर्दै आयोजक संस्था नेपाल राफ्टिङ एण्ड क्यानोनिङ एसोसिएशनका अध्यक्ष मानबहादुर न्यौपानेले नेपालको साहसिक जलपर्यटन अन्तर्गतका खेलहरुको उचित व्यवस्थापन, प्रचारप्रसार र बजारीकरण गर्दै प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको जानकारी गराए । त्रिशूली नदीमा हुने कार्यक्रममा इन्टरनेशनल राफ्टिङ फेडेरेशनका अध्यक्ष जोइ विल्स जोनेसको समेत उपस्थिति रहने बताइएको छ ।
कार्यक्रममा नेपाली सेना र शसस्त्र प्रहरीले समेत भाग लिने बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

राष्ट्रिय राफ्टिङ प्रतियोगिता हुँदै Reviewed by on . पर्यटनन्यूज, काठमाडौं । नेपाल खेलकुद परिषद्ले आयोजना गर्दै आएको पर्वतीय खेल महोत्सव अन्तर्गत यस वर्ष राष्ट्रिय राफ्टिङ प्रतियोगिता हुने भएको छ । नेपाल एसोसिएशन पर्यटनन्यूज, काठमाडौं । नेपाल खेलकुद परिषद्ले आयोजना गर्दै आएको पर्वतीय खेल महोत्सव अन्तर्गत यस वर्ष राष्ट्रिय राफ्टिङ प्रतियोगिता हुने भएको छ । नेपाल एसोसिएशन Rating: 0
Scroll to top
>