Home » मोफसल » बन्धुका दैलेख चिनाउने २५ फोटोको प्रदर्शनी

बन्धुका दैलेख चिनाउने २५ फोटोको प्रदर्शनी

Facebook Twitter Google+ Pinterest Reddit
Share

दैलेख । फोटो पत्रकार एव समृद्ध मध्यपश्चिमका अभियान्ता भरतबन्धु थापाले कैद गरेका २५ वटा दैलेखका पर्यटकीय क्षेत्रको तस्बिर प्रर्दशनी गरिएको छ । दैलेखमा क्रियासिल चारवटा संचार माध्यमले आयेजान गरेको दैलेख पर्यटन महोत्सवमा दैलेखका पर्यटकीय स्थलको तस्विर प्रर्दशनी गरीएको हो ।

bharat
धार्मिक, ऐतिहासीक तथा पुरातात्वीक महत्तव बोकेको जिल्ला भएर पनी पर्यटकको रोजाईमा पर्न नसकेको पर्यटकीय स्थलहका प्रचार प्रसार गर्ते हेतुले तस्बिर आयोजना गरेको महोत्सव आयोजक समितिका सयोजक बिष्णु शर्माले बताए । फोटो प्रर्दशनीमा बाईसे चौबेसे राज्य अन्तरगततको शितकालीन राज्य दुल्लमा रहेका ऐतिहासीक मठ, मन्दिर, पार्टी पौवा, दरबार तथा दैलेखको पन्चकोशी, नेपाली भाषामा लेखिएको पहिलो दामुपालको अभिलेख, लगाएत दैलेखमा मनाईन सस्कृतीका तस्बिरहरु रहेका छन् ।
दैलेख जन्मथलो भएका पत्रकार भरतबन्धु थापाले मध्यपश्चिमका पर्यटकीय स्थलको प्रचार प्रसार गर्ने हेतुले यस भन्दा अघि मध्यपश्चिमका पन्धै जिल्लाका पर्यटकीय स्थलका तस्बिरहरुको प्रर्दशनी सुर्खेत, बाँके, तथा काडमाण्डौ प्रर्दशनी गरीसको छन् भने पश्चिम नेपालको पर्यटन प्रर्वद्धन गर्ने हेतुले हिमालयन म्याप हाउसको प्रकाशनमा वाईल्ड वेष्ट नेपाल भन्ने फोटो किताव प्रकाशन गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

बन्धुका दैलेख चिनाउने २५ फोटोको प्रदर्शनी Reviewed by on . दैलेख । फोटो पत्रकार एव समृद्ध मध्यपश्चिमका अभियान्ता भरतबन्धु थापाले कैद गरेका २५ वटा दैलेखका पर्यटकीय क्षेत्रको तस्बिर प्रर्दशनी गरिएको छ । दैलेखमा क्रियासिल दैलेख । फोटो पत्रकार एव समृद्ध मध्यपश्चिमका अभियान्ता भरतबन्धु थापाले कैद गरेका २५ वटा दैलेखका पर्यटकीय क्षेत्रको तस्बिर प्रर्दशनी गरिएको छ । दैलेखमा क्रियासिल Rating: 0
Scroll to top
>