Home » मुख्य समाचार » पर्यटन विकासका लागि दीर्घकालिन योजना बनाउँदैछौंः पर्यटन राज्यमन्त्री

पर्यटन विकासका लागि दीर्घकालिन योजना बनाउँदैछौंः पर्यटन राज्यमन्त्री

Facebook Twitter Google+ Pinterest Reddit
Share

GHTDC

पर्यटनन्यूज, काठमाडौं । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री पर्शुराम तामाङले पर्यटन विकासका लागि दीर्घकालिन योजनाका कामहरु गर्ने बताएका छन् ।
गणेश हिमाल पर्यटन विकास समितिको बधाईं तथा शुभकामना ग्रहण गर्दै मन्त्री तामाङले पर्यटन क्षेत्रमा आफ्नो अनुभव मजदुरदेखि नै रहेको भन्दै पर्यटन व्यवसायीहरुको धेरै समस्या आफूले नजिकबाट नियालेको बताए । गणेश हिमाल पर्यटन विकास समितिका पदाधिकारीहरुले धादिङ जिल्लाको पर्यटन विकासका लागि देखिएका विभिन्न बाधा र समाधानका उपायहरुको बारेमा जानकारी गराए पछि राज्यमन्त्री तामाङले त्यसको गहन रुपमा अध्ययन गरेर काम गर्ने बताए । देशको आर्थिक समृद्धिका लागि पर्यटन नै मुख्य आधार रहेको उनको भनाइ थियो । केही दिन अघि मात्र राज्यमन्त्रीमा नियुक्त भएका तामाङले आफ्नो कार्यकालमा केही नयाँ र दीर्घकालिन काम गर्ने योजना रहेको बताए । उनले यसको लागि व्यवसायीहरुसँग सुझाब र सल्लाह पनि मागेका छन् ।

GHTDCC
गणेश हिमाल पर्यटन विकास समितिका अध्यक्ष तेजबहादुर गुरुङले मन्त्री तामाङलाई बधाईं दिदै समितिले गर्दै आएको काम र आगामी योजनाका बारेमा प्रष्ट पारेका थिए । उनले संस्थालाई गतिशील बनाउन र रुवि भ्याली क्षेत्रको विकासका लागि लिखित एजेन्डा सहित आफूहरुले कार्यक्रम प्रस्ताव गर्ने बताए ।

tej
यस्तै, समितिका सचिव विनोद सापकोटाले हालका मन्त्री बुझेका, भिजन भएका र युवा भएकोले आफूहरुले पर्यटन विकासमा ठूलो अपेक्षा गरेको बताए । उनले समग्र धादिङ जिल्लाको विकासका लागि आवश्यक सुझाबसल्लाह संकलन गर्न वृहत समेनारको आयोजना गर्ने पनि बताए ।

shivaकार्यक्रममा गणेश हिमाल पर्यटन विकास समितिका मिडिया एम्बाष्डर तथा पर्यटन पत्रकार संघका प्रथम उपाध्यक्ष शिव श्रेष्ठले समग्र पर्यटन विकासका लागि नयाँ र प्रभावकारी काम गर्न मन्त्री तामाङलाई सुझाएका थिए । बधाईं दिन समितिका अधिकांश पदाधिकारी तथा सदस्यहरु पुगेका थिए ।

GHTDC..

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

पर्यटन विकासका लागि दीर्घकालिन योजना बनाउँदैछौंः पर्यटन राज्यमन्त्री Reviewed by on . पर्यटनन्यूज, काठमाडौं । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री पर्शुराम तामाङले पर्यटन विकासका लागि दीर्घकालिन योजनाका कामहरु गर्ने बताएका छन् । गणेश ह पर्यटनन्यूज, काठमाडौं । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री पर्शुराम तामाङले पर्यटन विकासका लागि दीर्घकालिन योजनाका कामहरु गर्ने बताएका छन् । गणेश ह Rating: 0
Scroll to top
>