Home » मुख्य समाचार » जलवायु परिवर्तन न्यूनीकरण गर्न सगरमाथा चढ्दै भुमिरा

जलवायु परिवर्तन न्यूनीकरण गर्न सगरमाथा चढ्दै भुमिरा

Facebook Twitter Google+ Pinterest Reddit
Share

IMG_1043

पर्यटनन्यूज, काठमाडौं । जलवायु परिवर्तन न्यूनीकरण गर्न चेतनामूलक सन्देश दिने मुख्य उद्देश्यका साथ भुमिरा गुरुङले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएकी छिन् ।

IMG_1048
गुरुङ पर्यटन व्यवसायी संघ (जिटिन)ले आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि भुमिरा गुरुङको अभियानका बारेमा जानकारी गराएको हो । विश्वमा बढ्दै गएको जलवायु परिवर्तन र त्यसले हिमालय क्षेत्रमा पारेको प्रत्येक्ष असरको न्यूनीकरण गर्न गुरुङले ‘विश्व जलवायु परिवर्तन न्यूनीकरण सगरमाथा आरोहण’ नाराका साथ यस वर्ष सगरमाथा आरोहण गर्न लागेकी हुन् । धर्मदेवी नगरपालिका वडा नं. ५, संखुवासभाकी गुरुङले आरोहणका लागि सम्पूर्ण तयारी पूरा गरेको बताइन् । आरोहणका लागि आर्थिक सहयोग संकलन गर्दै गरेकी उनले आरोहणका लागि आधारभूत पर्वतीय तालिम, रक क्लाइम्बिङ, आइस क्लाइम्बिङ, वाल क्लाइम्बिङ तथा गाइड तालिमसमेत लिएकी छिन् । पत्रकार सम्मेलनमा भुमिरा गुरुङले आफ्नो आरोहणले जलवायु परिवर्तन न्यूनीकरणका लागि विभिन्न संघसंस्था र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने, विश्व विख्यात आरोहीहरु तथा समकालिन आरोहीहरुको बीचमा पनि विश्व जलवायु परिवर्तन सम्बन्धि सन्देशलाई अझ प्रचारप्रसार गर्न जोड दिने र आरोहण पश्चात पनि जलवायु परिवर्तन न्यूनीकरणको कामलाई निरन्तरता दिइने बताइन् ।

IMG_1044
कार्यक्रममा जिटिनका अध्यक्ष कमला गुरुङले सबै पर्यटन व्यवसायी, आरोही र विश्वकै साझा समस्याको रुपमा देखिएको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न महिलाले चालेको अभियान सकारात्मक रहेकोले आफूहरुले पनि सहयोग गरेको बताइन् । अध्यक्ष गुरुङले अभियानलाई निरन्तरता दिन उनलाई आग्रह समेत गरिन् । संघका महासचिव टिका गुरुङले भुमिराको सफल आरोहणका लागि शुभकामना दिदै उनको विशेषताका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा विभिन्न वक्ताहरुले आफ्नो भनाइ राखेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

जलवायु परिवर्तन न्यूनीकरण गर्न सगरमाथा चढ्दै भुमिरा Reviewed by on . पर्यटनन्यूज, काठमाडौं । जलवायु परिवर्तन न्यूनीकरण गर्न चेतनामूलक सन्देश दिने मुख्य उद्देश्यका साथ भुमिरा गुरुङले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएक पर्यटनन्यूज, काठमाडौं । जलवायु परिवर्तन न्यूनीकरण गर्न चेतनामूलक सन्देश दिने मुख्य उद्देश्यका साथ भुमिरा गुरुङले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएक Rating: 0
Scroll to top
>