Home » मुख्य समाचार » टानद्वारा थाइल्याण्डमा नेपाल प्रबद्र्धन

टानद्वारा थाइल्याण्डमा नेपाल प्रबद्र्धन

Facebook Twitter Google+ Pinterest Reddit
Share

thailand

पर्यटनन्यूज, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ् नेपाल (टान)को एक टोलीले थाइल्याण्डमा आयोजना गरिएको ‘इन्टरनेशनल फर टुरिष्ट गाइड इन वल्र्ड हेरिटेज साइट फर एसिएन एण्ड साउथ एसिया’ कार्यक्रममा सहभागीता जनाएका छन् ।

Thailandd
बैंककस्थित द बेर्केली होटलमा मार्च २८ देखि आयोजित तीन दिने कार्यक्रममा टानका तर्फबाट प्रथम उपाध्यक्ष तेजबहादुर गुरुङ र टेकबहादुर महतले सहभागिता जनाएका हुन् । १५ देशको सहभागिता रहेको उक्त कार्यक्रममा विश्व सम्पदाको महत्वका विषयमा गहन बहस भएको थियो । कार्यक्रममा शताब्दीऔं विश्व इतिहास, सामाजिक संस्कृति, भूराजनीति, पुरातात्विक महत्व तथा मान्छेसँग मान्छेको सम्बन्धको बारेमा जीवित कला प्रस्तुत गरिएको थियो । कार्यक्रममा सम्पन्न भएपछि टानका उपाध्यक्ष तेजबहादुर गुरुङले कार्यक्रम भव्य रुपमा सफल भएको र नेपाल प्रबद्र्धनका लागि आफूहरुको भूमिकका पनि महत्वपूर्ण रहेको प्रतिकृया दिए । कार्यक्रमले कला, संस्कृति र सम्पदाहरुको महत्वका बारेमा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिा निर्वाह गरेको भन्दै उपाध्यक्ष गुरुङले आफूहरुले नेपालको प्रतिनिधिको हैसियतमा नेपालमा पनि यस्ता कार्यक्रम गर्नु पर्ने विषय उठाएको बताए । लगायतका एजेण्डाहरु प्रस्तुत गरेको जानकारी दिनुभयो ।

Thailanddd
कार्यक्रम सम्पन्न भएपछि टानको टोलीले थाइल्याण्ड माउन्टेनियरिङ एण्ड टे«किङ क्लब (टीएमटीसी), एनआरएन थाइल्याण्ड र थाइल्याण्ड टे«किङ अपरेटरहरुबीच नेपालको पर्यटनका विषयमा छलफल गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

टानद्वारा थाइल्याण्डमा नेपाल प्रबद्र्धन Reviewed by on . पर्यटनन्यूज, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ् नेपाल (टान)को एक टोलीले थाइल्याण्डमा आयोजना गरिएको ‘इन्टरनेशनल फर टुरिष्ट गाइड इन वल्र्ड हेरिटेज साइट फर ए पर्यटनन्यूज, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ् नेपाल (टान)को एक टोलीले थाइल्याण्डमा आयोजना गरिएको ‘इन्टरनेशनल फर टुरिष्ट गाइड इन वल्र्ड हेरिटेज साइट फर ए Rating: 0
Scroll to top
>