Home » फ्ल्यास न्यूज » जहाज बिर्साउने पर्यटक बस भोलीदेखि चल्दै (फोटो फिचरसहित)

जहाज बिर्साउने पर्यटक बस भोलीदेखि चल्दै (फोटो फिचरसहित)

Facebook Twitter Google+ Pinterest Reddit
Share

Tban

पर्यटनन्यूज, काठमाडौं । नेपालमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि अत्याधुनिक सेवासुविधा भएको बस सञ्चालनमा आउने भएको छ ।
ट्राभल्स नेपाल बस सर्भिस प्रालिले सञ्चालनमा ल्याउन लागिएको सो बसको सोमबार एक कार्यक्रमकाबीच सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री पर्शुराम तामाङले उद्घाटन गर्नुभयो ।

IMG_1270
‘उमङ्ग र अनुभूति’ भन्ने नाराका साथ सुविधा सम्पन्न, आरामदायी र एयर कण्डिसन भएको नयाँ पर्यटकीय बसले भोली बुधबारदेखि सेवा दिने बताइएको छ । यात्रुको चाहना, सुरक्षा र सुविधालाई ध्यानमा राखी काठमाडौं–लुम्बिनी–काठमाडौं र काठमाडौं–पोखरा–काठमाडौंसम्मका लागि हाल चारवटा बस सञ्चालनमा ल्याइएको प्रालिका सञ्चालक ईश्वर शर्माले जानकारी दिनुभयो । उहाँले यात्रुको चाहना हेरेर छिट्टै पाँचवटा बस थपिनेसमेत बताउनुभयो ।

Tban 6
११ मिटर लामो वाइड बडि बसमा एयर सस्पेन्सन तथा २८ रिक्लाइनिङ थाई रेष्ट सिटहरुमा फोल्डेबल टेबल (ट्रे) जडित रहेको छ । विशेष सुविधा सम्पन्न बसको निर्माणमा यात्रुहरुको चाहना, सुरक्षा र सुविधालाई विशेष ख्याल गरिएको छ । बसको भित्री भागमा काठले बनाइएका सामानहरुको प्रयोग गरिएको छ, जुन अति आकर्षक देखिन्छ र बस भित्रै वासरुपमको सुविधा पनि रहेको छ । ध्रुमपानको वानी भएका यात्रुहरुका लागि छुट्टै ठाउँको व्यवस्था छ भने यात्रुहरुलाई चिसो वा तातो पेय पदार्थ र खानेकुराको व्यवस्था पनि बस भित्र नै गरिएको छ । सुविधासँग खान र पिउनको लागि हरेक सिटमा फोल्डेबल टेबल (ट्रे) रहेकोले यात्रुहरुले यात्राका क्रममा जहाजमा चढेको अनुभूति गराउने अर्का सञ्चालक दीपक भट्टराईले बताउनु भयो ।

Tban 2
उद्घाटन समारोहमा बोल्दै राज्यमन्त्री पशुराम तामाङले यस्तो बस सञ्चालनले नेपालको पर्यटन विकासमा थप सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त बस लुम्बिनी र पोखरामा मात्र नभई अरु पर्यटकीय गन्तव्यमा समेत पुर्याउनु जरुरी छ ।” नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य राजेन्द्रप्रसाद सापकोटाले समयको मागअनुसार सेवा प्रदान गरेको भन्दै यसको विकास र विस्तारमा लाग्नु जरुरी रहेको बताउनुभयो । प्रालिका अध्यक्ष श्रीकान्त आचार्यले नयाँ बसबाट यात्रा गर्न चाहनेहरुका लागि मोबाइल एप्स र इ–सेवामार्फत टिकट काट्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले धेरै हिसाबले बस राम्रो रहेकोले यसलाई आन्तरिक तथा बाह्य पर्यटकले मन पराउने विश्वास व्यक्त गर्नुभयो ।

Tban 3
सत्ताइस सिट क्षमता भएको उक्त बस चढ्नेले काठमाडौँ–पोखराका लागि १८ अमेरिकन डलर र काठमाडौँ–लुम्बिनीका लागि २५ अमेरिकन डलर भाडा तिर्नुपर्ने छ ।

TBan1 Tban 5 Tban 4

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

जहाज बिर्साउने पर्यटक बस भोलीदेखि चल्दै (फोटो फिचरसहित) Reviewed by on . पर्यटनन्यूज, काठमाडौं । नेपालमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि अत्याधुनिक सेवासुविधा भएको बस सञ्चालनमा आउने भएको छ । ट्राभल्स नेपाल बस सर्भिस प्रालिले स पर्यटनन्यूज, काठमाडौं । नेपालमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि अत्याधुनिक सेवासुविधा भएको बस सञ्चालनमा आउने भएको छ । ट्राभल्स नेपाल बस सर्भिस प्रालिले स Rating: 0
Scroll to top
>