Home » मोफसल » टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथुनको अन्तिम तयारी

टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथुनको अन्तिम तयारी

Facebook Twitter Google+ Pinterest Reddit
Share

lantant marathun

रसुवा । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ् नेपाल (टान)ले आगामी बैशाख १२ गते (अप्रिल २५ तारिख)का दिन दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथुनको आयोजना गर्ने भएको छ ।
पहिलो संस्करणमा हाफ म्याराथुन आयोजना गरेको टानले यस संस्करणलाई अन्तर्राष्ट्रियस्तरको बनाउन लागेको हो । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको टानले बताएको छ । अहिले ४२ दशमलव १९५ किलोमिटर म्याराथुनको आयोजना गर्न लागेको जनाइएको छ । भूकम्पको क्षतिपछि पनि लाङटाङलाई सुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह गर्न म्याराथुनको आयोजना गर्न लागेको टानका अध्यक्ष चन्द्रप्रसाद रिजालले बताए । म्याराथुनमा सहभागिताका लागि आवेदन खुल्ला गरिएको छ । म्याराथुनमा सहभागी हुन चाहने नेपाली धावकले १ हजार ७ सय र विदेशी धावकले ५५ सय रुपैयाँसहित नाम दर्ता गर्न सक्नेछन् ।
म्याराथनका महिला र पुरुष दुर्वतर्फका विजेताले नगद १ लाख रूपैयाँ पुरस्कार दिइने छ । दोस्रो र तेस्रो हुनेले भने क्रमशः ७५ र ५० हजार रूपैयाँ हात पार्नेछन् । म्याराथुन लाङटाङ राष्ट्रिय निकुञ्चको क्यानजिङ गुम्बाबाट सुरु भई थाङस्याप घोडा तबेला हुँदै स्याफ्रुवेसीमा गई टुंगिने टानका महासचिव कर्ण लामाले बताए । उनले म्याराथुन सम्पन्न गर्न करीब २२ लाख खर्च लाग्ने बताए । प्रतियोगितामा नेपालसँगै २० देशका धावकहरुको सहभागिता रहने आयोजकले विश्वास लिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथुनको अन्तिम तयारी Reviewed by on . रसुवा । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ् नेपाल (टान)ले आगामी बैशाख १२ गते (अप्रिल २५ तारिख)का दिन दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथुनको आयोजना गर्ने भएको छ रसुवा । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ् नेपाल (टान)ले आगामी बैशाख १२ गते (अप्रिल २५ तारिख)का दिन दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथुनको आयोजना गर्ने भएको छ Rating: 0
Scroll to top
>