काठमाडौैं । निजी क्षेत्रको हेलिकोप्टर कम्पनी अल्टिच्युड एयरले परीक्षण उडानका लागि नयाँ हेलिकोप्टर ल्याएको छ ।
यो कम्पनीले एक साता अगाडि एक नयाँ हेलिकोप्टर ल्याएको हो । यो हेलि परीक्षण उडानका लागि नेपाल ल्याएको र तीन महिनापछि फिर्ता हुने अल्टिच्युट हेलिका संचालक रामप्रसाद सापकोटाले बताए । उनका अनुसार यो कम्पनीले हामीलाई जनरल सेल्स एजेन्ट्स (जीएसए) दिन परीक्षण उडानका लागि जहाज दिएको हो । यो जहाज तीन महिनाका लागि ८ हजार मिटर माथि परीक्षण उडान गर्न दिएको हो । तीन महिनापछि कम्पनीले फिर्ता लैजाने पनि उनले जानकारी दिए । अल्टिच्युडसँग हाल एएस ३५० बीथ्रीको एक हेलिकोप्टर रहेको छ । यसले केही समयमा नै अर्को हेलिकोप्टर थप गर्ने जनाएको छ ।
Latest News
- » राफ्टिङ प्रतियोगितामा भाग लिन चीन जाने नेपाली टोलीको विदाई
- » ‘पर्यटक बसका चालक नै मापसे गरेर सवारी चलाउँछन्’
- » नाराले आयोजना गरेको एड्भान्स रिभर गाईड तालिम सम्पन्न
- » धादिङको रानी झरनामा क्यानोनिङ सुरु
- » पर्यटन क्षेत्रकै सबैभन्दा ठूलो हिमालयन ट्राभल मार्ट शुरु
- » कीर्तिमानी आरोही दिकी शेर्पालाई सम्मान
- » ३०औँ वार्षिक जलयात्रा उत्सव भव्य रुपमा सम्पन्न
- » बीस लाख पर्यटक ल्याउने सरकारको लक्ष्य, बजेट प्रति पर्यटन व्यवसायी खुशी
- » पर्यटनमा विनियोजित बजेटले कर्णाली उपेक्षित भएको गुनासो
- » वीर अस्पताल सफाइमा धुर्मुस-सुन्तलीलाई पर्यटन व्यवसायीको सहयोग