Home » मुख्य समाचार » स्थानीय निर्वाचनमा वडाध्यक्षदेखि मेयरसम्म उठ्दै पर्यटन व्यवसायी

स्थानीय निर्वाचनमा वडाध्यक्षदेखि मेयरसम्म उठ्दै पर्यटन व्यवसायी

''व्यवसायी भन्छन् हामीले नै जित्छौं''

Facebook Twitter Google+ Pinterest Reddit
Share

election-nepal

पर्यटनन्यूज, काठमाडौं । नेपाल सरकारले बैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेपछि अहिले आकांक्षीहरू गाउँदेखि पार्टी कार्यालयसम्म धाउन थालेका छन् । यो बीचमा पार्टीमा आस्था राख्ने तर पर्यटन व्यवसायमा आबद्ध रहेर लामो समयदेखि सामाजिक कार्यमा अगाडि रहेका पर्यटन व्यवसायीहरू पनि स्थानीय तहको निर्वाचनमा वडादेखि नगरपालिकाको मेयरसम्म आकांक्षीहरू देखिन थालेका छन् । राजनीतिक परिवेश र जनताको आकांक्षा समेत परिवर्तन भइ सामाजिक विकास र समृद्धिमा विशेष योगदान दिन सक्ने युवा÷सक्षम नेतृत्वको खोजी भइरहेको सन्दर्भमा पर्यटन व्यवसायमा सफल केही व्यक्तिहरू जो अब वडादेखि नगरपालिकासम्ममा नेतृत्व लिन तम्सिएका छन् ।

मेयरका आकांक्षी

रामप्रसाद सापकोटा

kamal-sapkota
रामप्रसाद सापकोटा ‘कमल’ सफल पर्यटन व्यवसायी हुन् । युवा अवस्थामा नै सफलताको एउटा श्रेणी उक्लिएका उनी अहिले गृह जिल्ला धादिङस्थित निलकण्ठ नगरपालिकाको मेयरका लागि दावेदार व्यक्ति हुन् । व्यवसाय गर्दैगर्दा राजनीतिमा प्रवेश गरेका उनलाई अहिले नगरपालिकाको मेयरमा उठ्न दबाब छ । नेकपा माओवादी (केन्द्र) केन्द्रीय महाधिवेशन आयोजक कमिटिका सदस्य रहेका उनी गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) नेपालका अध्यक्ष हुन् भने नेपाल पर्यटन व्यवसायी संगठनका केन्द्रीय संगठन विभाग प्रमुख समेत हुन् । गाउँ र नगर क्षेत्रमा सामाजिक कार्यमा थुप्रै अभियानहरू चलाएका उनलाई स्थानीयदेखि केन्द्रसम्म राम्रो सम्बन्ध भएको व्यक्तिको रुपमा चिनिन्छ । जनताको मन छिट्टै जित्न सक्ने र सबै माझ समान व्यवहार प्रस्तुत गर्ने हुँदा उनलाई अधिकांशले आफ्नो मान्छे भन्छन् । तर, उनी अहिलेसम्म खुलेरै मेयरको आकांक्षीका रुपमा भने देखिएका छैनन् ।

कृष्णहरि खत्री

krishnahari khatri
कृष्णहरि खत्री, उनी काठमाडौं स्थित नागार्जुन नगरपालिकाबाट मेयर पदका आकांक्षी हुन् । स्थानीयस्तरमा लोकप्रिय रहेका खत्री नेकपा एमालेको तर्फबाट मेयर पदको उममेद्वार बन्ने तयारीमा जुटेका छन् । नागार्जुन १० का स्थायी बासिन्दा खत्री नेकपा एमाले केन्द्रीय पर्यटन विभागका सदस्य पनि हुन् । उनी २० वर्ष पछि हुन लागेको निर्वाचनमा नगर पिता बन्ने योजनासाथ चुनावी गतिविधिमा सकृय देखिन्छन् । उनी नेपाल राष्ट्रिय पर्यटन ब्यवसायी संगठनका केन्द्रीय सचिव, नेपाल उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य र नेकपा एमाले नागार्जुन नगर संगठन कमिटीका सदस्य पनि हुन् । आफुले आकाँक्षा राखेपनि पार्टीले भने टुंगो लगाइसकेको छैन । स्थानीय जनतामाझ सामाजिक कामका कारण जनताको मन जितेका अझ जनताको असली प्रतिनिधिको रुपमा काम गरेर देखाउन चाहेको बताउँछन् ।

राकेश धमला

Rakesh Dhamala
राकेश धमला, उनी सफल पर्यटन व्यवसायी हुन् । इकोलोजिकल ट्रेक्सका प्रबन्ध निर्देशक रहेका उनी पर्यटन सेवा संघका निवर्तमान अध्यक्ष हुन् । व्यवसायमा राम्रो छवि बनाएका उनी नेपाली कांग्रेसको तर्फबाट निलकण्ठ नगरपालिकामा मेयर पदका लागि आकांक्षीको रुपमा देखिएका छन् । सालिन व्यक्तित्व र जिल्ला÷नगरपालिकाको हरेक समस्यासँग निकट रही विभिन्न सामाजिक कार्यमा समेत लागि परेका उनलाई मेयरमा उठ्नको लागि गाउँस्तरबाट दबाब पनि छ । पर्यटन अभियानसँगको कुराकानीमा उनले आफू आकांक्षी रहेको तर आफूभन्दा अग्रज र पार्टीमा त्यागतपश्या गरेका अनि सक्षम व्यक्ति आए त्यसमा छलफल गर्न पनि तयार छन् । नेपाली कांग्रेसले भने निलकण्ठ नगरपालिकाको लागि मेयर पदका उम्मेद्वारको टुंगो लगाइसकेको छैन ।

बच्चुनारायण श्रेष्ठ

Bachu
सोलु दुतकुण्ड नगरपालिकाबाट मेयरका आकांक्षीको रुपमा देखिएका पर्यटन व्यवसायी बच्चुनारायण श्रेष्ठ घर दैलो अभियानमा लागि सके । नेकपा एमालेका तर्फबाट सो नगरपालिकामा ४ जना आकांक्षी देखिएपछि उनीहरूको नाम अहिले प्रदेशमा सिफारिसका लागि पठाइएको छ । व्यवसायी बच्चुनारायण श्रेष्ठलाई विकासे कार्यकर्ता भनेर पनि चिनिन्छ । टान, एनएमएसहितका विभिन्न पर्यटकीय संघसंस्थामा रही काठमाडौंदेखि सोलुसम्म पर्यटकीय अभियान चलाएका उनी आगामी निर्वाचनका लागि ४ कुरालाई विशेष ध्यान दिएको बताउँछन् । समृद्धि जनतासँग जोडेर गर्नु पर्ने, उत्पादनलाई समृद्धिसँग जोड्ने, प्रशासनमा शून्य भ्रष्टाचार र रोजगारीका लागि औद्योगिकरण उनको मुख्य एजेन्डा हो । राजनीतिलाई व्यवसायीकरण गर्न नहुने बताउने श्रेष्ठले सोलखुम्बुलाई नयाँ प्रविधिमा ढाल्ने कल्पना गरेका छन् ।

गाउँपालिका
प्रमुखका आकांक्षी

कुलबहादुर गुरुङ

Kul Gurung
कुलबहादुर गुरुङ, पर्यटन क्षेत्रमा धेरैका लभ्ली पात्र । उनी अब धादिङ जिल्लाको रुवि भ्याली गाउँपालिकामा प्रमुख पदको आकांक्षी हुन् । नेपाली कांग्रेसको तर्फबाट सर्वसम्मत रुपमा टिकट लिइसकेका उनी अब घरदैलो अभियानमा लाग्दैछन् । उनी नेपाल पर्यटन व्यवसायी संघको सचिव, टानका उपाध्यक्ष, गणेश हिमाल पर्यटन विकास समितिको संस्थापक अध्यक्ष, गुरुड पर्यटन व्यवसायी संघ नेपालका संस्थापक अध्यक्ष तथा हिमाली समुदाय जलवायु मैत्री संगठनका सचिव हुन् । उनी आफ्नो रगतमा पनि पर्यटन बगेको बताउँछन् । भन्छन् – ‘पर्यटनले नै गाउँठाउँको विकास गर्न सकिन्छ । मेरो अहिलेसम्मको अनुभव, ज्ञान, शिप र क्षमताको सदुपयोग गरेर गाउँ विकासको ढोका खोल्नेछु ।’ सहकार्य र समन्वयमा प्राकृतिक र सरकारी श्रोत साधनको प्रयोग गरि रुवि भ्यालीलाई नमूना गाउँपालिकाको रुपमा विकास गर्ने उनको सपना छ ।

दलबहादुर अधिकारी

Dal bdr adh
दलबहादुर अधिकारी, पर्यटन व्यवसायको दशकौंको अनुभव लिएर अब गाउँ पस्ने भएका छन् । पर्यटन सेवा संघका पूर्व अध्यक्ष उनी धादिङ जिल्ला गंगाजमुना गाउँपालिकामा अब प्रमुखको आकांक्षी बन्दैछन् । नेपाली कांग्रेसको तर्फबाट प्रमुखमा उम्मेद्वारी दिने तयारी गर्दै गरेका उनी यतिखेर गाउँमै छन् र जनताको सेवा गर्दै छन् । पर्यटन व्यवसायी भए पनि उनले यस अघि अधिकांश समय गंगाजमुना गाउँपालिकामै बिताए । गाउँको विकाससँग प्रत्यक्ष जोडिदै आएका उनी अब पर्यटन व्यवसायलाई सँगसँगै अगाडि बढाउँदै गाउँमा रहेर प्रत्यक्ष विकास अनि राजनीतिमा जोडिने योजनाका साथ गाउँपालिकामा उठ्न लागेका हुन् ।

सोनाम ग्याल्जेन शेर्पा

sonam
सगरमाथाको गाउँपालिका भनेर चिनिने खुम्बु पासाङल्हामु गाउँपालिकाको प्रमुखका आकांक्षी हुन् सोनाम ग्याल्जेन शेर्पा । काठमाडौंमा रहेर पर्यटन व्यवसाय गर्दै आएका उनी लोकतान्त्रिक पर्यटन व्यवसायी संघ नेपालको महासचिव र शेर्पा पर्यटन व्यवसायी संघ नेपालको अध्यक्ष पनि हुन् । खुम्बु क्षेत्रमा जुन हिसाबले विकास हुनु पर्ने हो सो किसिमको हुन नसकेको उनको ठम्याईं छ । तसर्थ, विश्वको कुनाकाप्चा घुमेका र भिजन भएका व्यक्ति अब गाउँपालिकाको प्रमुख हुनु पर्ने उनको भनाइ छ । पर्यटनले नै सो भेगको मुहार फेर्न सक्ने भएकोले र आफू सोही क्षेत्रमा दशकौंदेखि लागि परेकोले आफू गाउँपालिकाको आकांक्षी भएको उनको भनाइ छ । उनी चुनावी अभियानमा लागिसकेका छन् ।

बलबहादुर सामरी

balbdr samari
बलबहादुर सामरी, धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकाको प्रमुखको आकांक्षी हुन् । नेविसंघ हुँदै राजनीतिमा प्रवेश गरेका उनी पर्यटनमा पनि राम्रो छवि बनाएका व्यक्ति हुन् । भूकम्प पछि र त्यस अघि पनि गाउँमा रहेर सामाजिक कार्यमा लागि परेका उनी अब गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट आकांक्षी बनेका छन् । आर्थिक उन्नति अब राजनीतिले गर्नुपर्छ भन्ने मान्यता राख्ने उनी नाताले राजनीति गर्ने दिन गएको बताउँछन् । उनी साविकको मैदी गाविसको क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. २ को निर्वाचित क्षेत्रीय सदस्य र नेपाल पर्यटन व्यवसायी संघको केन्द्रिय सदस्य तथा पर्यटन सेवा संघको पूर्व महासचिव पनि हुन् । शिक्षा, स्वास्थ्य, सामाजिक कार्यमा काठमाडौंमै रहेर धेरै काम गरेका उनी अब गाउँमै रहेर गाउँ विकासको बाटो समाउन चाहन्छन् ।

वडा अध्यक्षका
आकांक्षी

डम्बर अधिकारी

dambar

डम्बर अधिकारी, उनलाई गाउँको विकास तीव्र रुपमा हुन नसकेकोमा चिन्ता छ । पर्यटन व्यवसायी भएर पनि निरन्तर गाउँ हिडिरहने र हरेक विकासे काममा साक्षि भएका उनी अब धादिङ जिल्ला नेत्रावती गाउँपालिका वडा नं. ५ मा अध्यक्षको पदमा आकांक्षीका रुपमा देखिएका छन् । एमालेबाट सर्वसम्मत अध्यक्ष पदमा उम्मेद्वारी बन्न लागेका उनी गाउँमा शिक्षा, खानपानी, पर्यटन, स्वास्थ्य र जनताका लागि आवश्यक सबै पूर्वाधार निर्माणमा आफू लागि पर्ने बताउँछन् । विकास राजनीतिले नै गर्ने हो तर अहिलेसम्म राम्रो मान्छे राजनीतिमा नआएको उनको ठम्याईं छ । भन्छन् – ‘विकासका नाममा गाउँमा धेरै पैसा गयो तर विकास भएन, जनतालाई धोका भयो ।’ विकासको नारा बोकेका उनले नेत्रावती गाउँपालिका पर्यटकीय क्षेत्र भएकोले नेत्रावती रिंग रोड बनाउने योजना पनि बनाएका छन् । उनी अहिले घरदैलो कार्यक्रममा लागिसकेका छन् ।

तिलक थापा मगर

Tilak thapa
तिलक थापा मगर धादिङ जिल्लाको निलकण्ठ नगरपालिका वडा नं. ११ मा अध्यक्षको रुपमा आकांक्षी बनेका छन् । नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्दैै उनले सर्वसम्मत अध्यक्षमा उम्मेद्वारी दिने भएका छन् । तसर्थ, उनी यतिवेला जनताको घरदैलोमा पुगिसकेका छन् । गाउँमै रहेर पर्यटन अभियानसँग कुराकानी गर्दा उनले पार्टीको एजेन्डा नै आफ्नो एजेन्डा रहेको बताए । सिंहदरबारको अधिकार जनता माझ लैजान आफ्नै पार्टीको योगदान रहेको भन्दै अब गाउँको विकास आफ्नै पार्टीका प्रतिनिधिले गर्ने उनको ठम्याइ छ । विभिन्न पर्यटकीय संघसंस्था र रोटरी क्लबमा समेत आबद्ध उनी वडामा आएको बजेटलाई पारदर्शी व्यवस्थित हिसाबले परिचालन गर्ने बताउँछन् । आफूलाई पैसा कमाएर कुबेर हुनु छैन भन्दै मगरले अब जनताको सेवा गर्ने बाचा गरे ।

ईश्वर तमु कोने

ishwar tamu koney
ईश्वर तमु कोने, बौद्धिक पर्यटन व्यवसायी हुन् । उनी नेकपा एमालेबाट प्रतिनिधित्व गर्दै नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नं. ४ का वडाअध्यक्षका आकांक्षी हुन् । गुरुड पर्यटन व्यवसायी संघको महासचिव, नेकपा एमाले अन्तर्गत रहेको नेपाल उद्योग संघको केन्द्रीय महासचिव, नेपाल निर्यात परिषद्को सदस्य, नेपाल पे्रmड फर्वार्डर एसोसिएशनको सदस्यलगायत अन्य थुप्रै संघसंस्थामा आबद्ध रहेका उनी अब भने गाउँमा रहेर गाउँको विकास गर्ने योजनामा छन् । भूकम्प अघि होस् या पछि नै किन नहोस् उनले आफ्नो ठाउँमा धेरै हिसाबले सहयोग पु¥याएका छन् । उनले सो भेगमा गुरुङ ट्रेकिङ रुट र सिक्रेमा होमस्टे सञ्चालनका लागि पहल गर्दै आएका छन् । यस अघि भूकम्पमा राहत बाँड्ने, स्कुलको भवन निर्माण गर्ने र हेल्थ क्याम्प समेत चलाए ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

स्थानीय निर्वाचनमा वडाध्यक्षदेखि मेयरसम्म उठ्दै पर्यटन व्यवसायी Reviewed by on . पर्यटनन्यूज, काठमाडौं । नेपाल सरकारले बैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेपछि अहिले आकांक्षीहरू गाउँदेखि पार्टी कार्यालयसम्म धाउन थालेका छन् । यो पर्यटनन्यूज, काठमाडौं । नेपाल सरकारले बैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेपछि अहिले आकांक्षीहरू गाउँदेखि पार्टी कार्यालयसम्म धाउन थालेका छन् । यो Rating: 0
Scroll to top
>