Home » मुख्य समाचार » गाउँपालिकामा पूर्वाधार निर्माण र पर्यटन विकाससँगसँगै

गाउँपालिकामा पूर्वाधार निर्माण र पर्यटन विकाससँगसँगै

Facebook Twitter Google+ Pinterest Reddit
Share

dambar

डम्बर अधिकारी
उम्मेद्वार (नेकपा एमाले)
अध्यक्ष – वडा नं. ५, नेत्रावती गाउँपालिका, धादिङ

पर्यटनन्यूज, काठमाडौं । पर्यटन व्यवसायमा सफलता पाएका केही व्यवसायी अब राजनीतिमा प्रवेश गर्दैछन् । करीब २० वर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचन मार्फत उनीहरु उम्मेद्वार बन्दै राजनीतिमा प्रवेश गरेका छन् । व्यवसायीहरुले आफ्नो हैसियत र पार्टीमा उनीहरुको योगदान अनुरुप नै मेयरदेखि वडाध्यक्षसम्म भीड्दैछन् । राजनीतिक दलका कार्यकता वा नेताभन्दा केही फरक र गाउँठाउँको समृद्धिका लागि पर्यटनसहितको विकास एजेन्डा बोकेर नेत्रावती गाउँपालिकाको वडा नं. ५बाट वडाध्यक्षमा उम्मेद्वारी दिएका डम्बर अधिकारीको प्रतिबद्धता के छ ?

उम्मेद्वारको आफ्नै शब्दः
नयाँवर्ष २०७४ सालको हार्दिक शुभकामना व्यक्त गर्दछौं । जनताको बलिदानतथा सहिदहरुको योगदानको परिणाम स्वरुप प्राप्त उपलव्धि मार्फत जनताले प्राप्तजनताद्धारा छानिएर गएका संविधानसभाका सदस्यहरुद्धारा लिखित जनताको संधिानअनुसार स्थानिय चुनाव हुनगइरहेको छ । जनताको आशाको केन्द्र विकासको सारथी नेपाल कम्युनिष्ट पार्र्टी एमाले जनताको बीचमा प्यारो पार्र्टी बनेको छ ।
एमालेको नौ महिने शासनकालमा कमाएको लोकप्रियता त्यस यता एमालेको नेतृत्वमा बनेको सरकारले गरेको राम्रा काम तथा अन्तिममा केपि ओलीको सरकारले गरेको राम्रा कामको प्रभाव स्वरुप एमाले झनै लोकप्रिय बनेको छ । यही लोकप्रियतासँगै नेत्रावती गाउँपालिकामा नेकपा एमाले सशक्त रुपमा आफ्नो उपस्थिति दिन चाहन्छ । जनताको सुःखदुःखमा साथ दिदै जनताको जन जिविकाको पक्षमा इमान्दारिता पूर्वक काम गर्न चाहन्छ । ग्रामिण जनताको समृद्धिको लागि ५ वर्षीय योजना तर्जुमा तथा त्यसको कार्यन्वयनका लागि जनतासँग एकाकार भएर पेशा तथा व्यवसायको आन्दोलनलाई उचाइमा पु¥याउन नेकपा एमाले संङकल्पित रहेको छ । छिपछिपे कुरा नगरी वास्तविकतामा आधारित भएर काम गर्न र प्रतिफल जनताको घर घरमा पु¥याउन जनताको घर दैलोमा एमालेका उम्मेदवार आइरहनु भएको छ ।
जनताको चाहना तथा आशाका आधारमा एमाले अगाडि बढ्न चाहन्छ । एमालेले गरेको जनमुखि कामलाई ओझेलमा पार्ने तथा कपोलकल्पित नाटक मञ्चन गर्ने अनि आफू राम्रो देखाउने तथा समाजको लागि माखो पनि नमार्नेदेखि सावधान भएर जानु पर्ने देखिन्छ । तसर्थ, जनताको आशा तथा विश्वासको प्रतिक नेकपा एमालेका उम्मेदवारहरुलाई जिताउन हार्दिक अनुरोध गर्दछांै । साथै गाउपालिका तथा त्यसका वडा विकासको लागि नेकपा एमालेको तर्फबाट तपसिल अनुसार प्रतिबद्धता व्यक्त गर्न चाहन्छौ ।

प्रतिवद्धताहरुः
१) प्रत्येक वडाको वस्ति तथा टोलमा भैरहेको बाटोलाई गा्रभेल सहित स्तरोन्त्तरी गरी बर्षैभरी यातायात संचालन गरिने व्यवस्था मिलाइनेछ । साथै सानो तथा ठुलो लपाङ खोलामा पक्कि पुलको व्यवस्था मिलाउन प्रयत्न कगरिने छ ।
२) काठमाडौंदेखि चौतारासम्म संचालन भइरहेको सार्वजनिक वस सेवालाई मिलनबजार मार्पाकबाट पनि संचालन गर्ने गरी सडक स्तरनेन्तरी गरिनेछ ।
३) गाउँपालिका भित्र पर्यटनमैत्री चक्रपथ निर्माण गर्न प्रयत्न गरिने छ ।
४) नेत्रावती गाउँपालिकाको निरञ्जना मावि, मंगलादेवि माविमा कम्प्युटर वितरण गरी नेपााल टेलिकमको सहयोगमा सुविसुले टेन्डर पारी इन्टरनेट जडान कार्य थालिएको छ । साथै गाउँपालिकाको अन्य स्कुलहरुमा पनि उक्तकार्य क्रमैसँग गरिनेछ ।
५) प्रत्येक वडामा सार्वजनिक भवन तथा तालिमहल, खेलकुद मैदानको निर्माण गरिनेछ ।
६) गाउँपालिकाको पायक पर्ने ठाउँमा स्नातकसम्मको अध्ययनगर्नको लागि एक बहुउद्दशीय क्याम्पसको व्यवस्था मिलाउन प्रयत्न गरिने छ ।
७) गाउँपालिकामा रहेका सम्पुर्ण सरकारी विद्यालयहरुमा अनिवार्य रुपमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने व्यवस्था मिलाइने छ । साथै, प्राविधिक शिक्षा अध्ययन गर्न व्यवस्था मिलाउन प्रयत्न गरीने छ ।
८) सुविधा सम्पन्न पुस्ताकालय निर्माण कार्यलाई अगााडि बढाइने छ ।
९) गाउँपालिकामा सुविधा सम्पन्न अस्पतालको व्यवस्था मिलाइने छ । साथै, प्रत्येक वडामा स्वास्थ्यचौकि स्थापना गर्न प्रयत्न गरिने छ ।
१०) एम्वुलेन्सको व्यवस्थागरिने छ ।
११) अनिवार्य स्वास्थ्य विमा कार्यक्रम लागू गर्न प्रयत्नगरिने छ ।
१२) साविकको मार्पाक १, सेमजोङ तथा कटुञ्जेमा साना, ठुला तथा क्रमागत सिंचाइ कार्यक्रम लागू गर्न प्रयत्न गरिने छ ।
१३) मार्पाक सेमजोङ तथा कटुञ्जेको केहि भागामा आलु अदुवा खेति विशेष कार्यक्रम लागू गरिने छ ।
१४) चिया तथा अलैचि खेति विस्तार गरिने छ ।
१५) पशुपालन व्यवसायलाई व्यवसायिककरण गर्न प्रयत्न गरिने छ ।
१६) सुलव तरिकाबाट मलविउको व्यवस्था मिलाउन प्रयत्न गरिने छ ।
१७) कटुञ्जे तथा मार्पाक, सेमजोङको केहि ठाउँमा वर्षातको पानी संकलन गर्न ठुलाठुला पोखरी निर्माण गर्न परियोजना अगाडि बढाइने छ ।
१८) मार्पाकको थलादेखि कोसिञ्चेत तथा सेमजोङको ताङजा तथा कुपामा र कटुञ्जेको रिप तथा चरङ्गेमा सुन्तला विशेष कार्यक्रम लागू गर्न प्रयत्न गरिने छ ।
१९) कृषि उपजको विक्रिवितरणको लागि नियमित हाटबजार तथा बजारीकरणको व्यवस्था मिलाइने छ ।
२०) मार्पाक, सेमजोङ तथा कटुञ्जेका केहि गाउँमा पर्यटन प्रवद्र्धनको लागि होमस्टे, भ्यु टावर, पिकनिक सपर्ट निर्माण गरिने छ ।
२१) पुरातात्तिक तथा धार्मिक स्थलको निर्माण तथा सम्बद्र्धन गरिने छ ।
२२) मातृभाषाबाट अध्ययन गर्नका लागि सेमजोङमा स्कुल स्थापना गर्न तयारी थालिने छ ।
२३) बैंकको शाखा स्थापना गर्न प्रयत्न गरिने छ ।
२४) हरियाली एकिकृत वस्ति निर्माण गर्न प्रयत्न गरिने छ ।
२५) गाउँपालिकाको प्रत्येक वडामा खानेपानी तथा विद्युतीकरणको व्यवस्था मिलाइने छ ।
२६) ‘एक घर एक उत्पादन तथा रोजगार’को लागि सिपमुलक तालिमको व्यवस्था मिलाइ कार्यान्वयन गराइने छ । उद्यम विकास गर्नको लागि एक विशेष कार्यक्रम संचालन गरिने छ ।
२७) स्थानिय श्रोत साधनमा आधारित रहेर उद्योग स्थापना गर्न चाहनेको लागि वित्तिय श्रोतको व्यवस्था मिलाइने छ ।
२८) भकम्प पछि पुनरसंरचनामा देखिएका जनताको समस्याको समाधानको लागि योजनाबद्ध काम गरी समाधान गरिने छ ।
२९) जनताको आर्थिक प्रगति तथा समृद्धिको लागि विशेष योजना तर्जुमा गरी कार्यान्वयन गरीने छ ।
३०) छिटो र छरितो तरिकाबाट प्रशासनिक सेवा जनतालाई प्रदान गरिने व्यवस्था मिलाइने छ ।
३१) नवजात शिशु स्याहार तथा पोषण कार्यक्रम विस्तार गर्न विभिन्न निकायसँग सम्पर्क तथा समन्वयन कायम गरिने छ ।
३२) संम्भव भए सम्म स्थानिय संचार माध्यम जस्तैः एफएम रेडियो, पत्रपत्रिका संचालनको व्यवस्था मिलाइने छ ।
३४) गाउँपालिकाको माध्यमबाट कृषिउद्यम अवलोकन भ्रमण आयोजना गरी कृषि उद्यमिलाई उत्प्रेरित गरिने छ ।
३५) धुँवा मुक्त गाउँपालिका निर्माणगर्न सुधारिएको चुलो प्रयोग गर्न अभिप्रेरित गरिने छ ।
३७) कृषिउपज खरिद नभइ निकासी गर्ने गरी स्थानिय कृषि रणनीतिविज्ञको सहयोगमा तयार गरिने छ ।
३८) पर्यावरण तथा भुसंरक्षणका लागि कार्यविधि बनाइ विभिन्न कार्यक्रम लागू गर्न प्रयत्न गरिने छ ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

गाउँपालिकामा पूर्वाधार निर्माण र पर्यटन विकाससँगसँगै Reviewed by on . डम्बर अधिकारी उम्मेद्वार (नेकपा एमाले) अध्यक्ष – वडा नं. ५, नेत्रावती गाउँपालिका, धादिङ पर्यटनन्यूज, काठमाडौं । पर्यटन व्यवसायमा सफलता पाएका केही व्यवसायी अब रा डम्बर अधिकारी उम्मेद्वार (नेकपा एमाले) अध्यक्ष – वडा नं. ५, नेत्रावती गाउँपालिका, धादिङ पर्यटनन्यूज, काठमाडौं । पर्यटन व्यवसायमा सफलता पाएका केही व्यवसायी अब रा Rating: 0
Scroll to top
>