Home » समाचार » व्यवसायी अधिकारी वडाध्यक्षमा विजयी, पर्यटन पूर्वाधारमा जोड दिने प्रतिबद्धता

व्यवसायी अधिकारी वडाध्यक्षमा विजयी, पर्यटन पूर्वाधारमा जोड दिने प्रतिबद्धता

Facebook Twitter Google+ Pinterest Reddit
Share

Dambar B. Adhikari

पर्यटनन्यूज, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)का कार्यसमिति सदस्य तथा ट्रेकर्स ट्रेकका प्रबन्ध निर्देशक डम्बर अधिकारीले धादिङ जिल्लाको नेत्रावती गाउँपालिका अन्तर्गत वडा नं. ५ को वडाध्यक्षमा जित हाँसिल गरेको छ ।
स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेद्वारी बनेका उनले ५ सय ८२ मतसहित जित हाँसिल गरेको हो । उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कालु गुरुङले ४ सय ३ मत ल्याए । अधिकारीसँगै पूरै प्यानल विजयी भएको खबर प्राप्त भएको छ । व्यवसायी अधिकारीले सो भेगमा पर्यटकीय दृष्टीले विकास निर्माणका काम गर्दै आएका र नयाँ योजनाहरु समेत सार्वजनिक गरेका कारण उनलाई मतदाताले रुचाएका थिए । पुनर्निर्माण र सामाजिक काममा समेत अगाडि रहेका उनले निर्वाचन अघि ३८ बुँदे घोषणा पत्र समेत सार्वजनिक गरेका थिए । उनले प्रत्येक वडाको वस्ति तथा टोलमा भैरहेको बाटोलाई ग्राभेलसहित स्तरोन्त्तरी गरी बर्षैभरी यातायात संचालन गर्ने, काठमाडौंदेखि चौतारासम्म संचालन भइरहेको सार्वजनिक वस सेवालाई मिलनबजार मार्पाकबाट पनि संचालन गर्ने गरी सडक स्तरनेन्तरी गर्ने तथा गाउँपालिका भित्र पर्यटनमैत्री चक्रपथ निर्माण गर्नलगायतका प्रतिबद्धता व्यक्त गरेका थिए । विजयी भए लगत्तै पर्यटनन्यूज डटकमलाई प्रतिकृया दिदै अधिकारीले आफूले प्रतिबद्धता जाहेर गरे अनुरुप नै काममा लागि पर्ने बताए । उनी राजनीतिक रुपमा केन्द्रसम्म राम्रो सम्बन्ध भएका र पर्यटनमा राम्रो छवि बनाएका व्यवसायीको रुपमा परिचित छन् ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

व्यवसायी अधिकारी वडाध्यक्षमा विजयी, पर्यटन पूर्वाधारमा जोड दिने प्रतिबद्धता Reviewed by on . पर्यटनन्यूज, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)का कार्यसमिति सदस्य तथा ट्रेकर्स ट्रेकका प्रबन्ध निर्देशक डम्बर अधिकारीले धादिङ जिल्लाको नेत्रा पर्यटनन्यूज, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)का कार्यसमिति सदस्य तथा ट्रेकर्स ट्रेकका प्रबन्ध निर्देशक डम्बर अधिकारीले धादिङ जिल्लाको नेत्रा Rating: 0
Scroll to top
>