Home » मोफसल » नीलकण्ठ नगरपालिकाको वडाध्यक्षमा पर्यटन व्यवसायी थापा विजयी

नीलकण्ठ नगरपालिकाको वडाध्यक्षमा पर्यटन व्यवसायी थापा विजयी

Facebook Twitter Google+ Pinterest Reddit
Share

Tilakk

पर्यटनन्यूज, काठमाडौं । पर्यटन व्यवसायमा लागेर राजनीतिमा प्रवेश गरेका व्यवसायीहरुले स्थानीय तहको निर्वाचनमा सफलता हात पारेका छन् ।
धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं. ११ मा नेकपा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षमा उम्मेद्वार बनेका तिलक थापा मगरले विजयी हासिल गरेका छन् । उनले नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी रामबहादुर श्रेष्ठलाई पराजित गरेका हुन् । विजयी थापाले ८ सय ३८ मत हात पारे भने प्रतिद्वन्द्वी श्रेष्ठले ७ सय ४१ मत पाए । तेस्रो स्थानमा रहेका नेकपा एमालेका रामबहादुर पुलामीले भने ३ सय ६१ मत पाए ।
विजयी भएसँगै पर्यटनन्यूज डटकमलाई प्रतिकृया दिदै थापाले आफ्नो क्षेत्रलाई विकासमा तीव्रता दिने र सँगसँगै पर्यटनको नमूना गाउँको रुपमा विकास गर्न लागि पर्ने बताए । निर्वाचन अघि २८ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका उनले वडामा सडक सन्जालको विस्तार स्थानीयको मुख्य समस्यालाई बढि सम्बोधन गरेका थिए । पर्यटनन्यूजलाई प्रतिकृया दिदै उनले आफूले प्रतिबद्धतामा उल्लेख गरेका कामहरु प्राथमिकताको आधारमा गर्दै जाने बताए ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

नीलकण्ठ नगरपालिकाको वडाध्यक्षमा पर्यटन व्यवसायी थापा विजयी Reviewed by on . पर्यटनन्यूज, काठमाडौं । पर्यटन व्यवसायमा लागेर राजनीतिमा प्रवेश गरेका व्यवसायीहरुले स्थानीय तहको निर्वाचनमा सफलता हात पारेका छन् । धादिङ जिल्लाको नीलकण्ठ नगरपाल पर्यटनन्यूज, काठमाडौं । पर्यटन व्यवसायमा लागेर राजनीतिमा प्रवेश गरेका व्यवसायीहरुले स्थानीय तहको निर्वाचनमा सफलता हात पारेका छन् । धादिङ जिल्लाको नीलकण्ठ नगरपाल Rating: 0
Scroll to top
>