Home » फ्ल्यास न्यूज » चीनमा भएको कायाक र राफ्टिङ प्रतियोगितामा नेपाल विजयी

चीनमा भएको कायाक र राफ्टिङ प्रतियोगितामा नेपाल विजयी

राफ्टिङ प्रबद्र्धन गर्न नाराले गर्यो सम्झौता

Facebook Twitter Google+ Pinterest Reddit
Share

nara

पर्यटनन्यूज, काठमाडौं । चीनको टिवेटमा भएको चाइना नेपाल इन्टरनेशनल राफ्टिङ फ्रेन्डली म्याचमा नेपालको तर्फबाट सहभागी खेलाडीहरुले विजयी हाँसिल गरेका छन् ।
नेपाल एसोसिएशन अफ् र्याफ्टिङ एजेन्टस् (नारा)को नेतृत्वमा गएको एक टोलीले टिवेटमा भएको सो प्रतियोगिता अन्तर्गत कायाकमा प्रथम र र्याफ्टिङमा द्वितीय स्थान हाँसिल गरेको छ । प्रतियोगितामा कायाक तर्फ २२ टोली र र्याफ्टिङ तर्फ १७ टोलीको सहभागिता रहेको थियो । यही असार १ देखि ६ गतेसम्म अर्थात जुन १५ देखि २० सम्म सञ्चालन भएको सो प्रतियोगितामा भाग लिनका लागि नाराका अध्यक्ष चन्द्र दाहालको नेतृत्वमा सचिव शिव अधिकारी तथा पोखरा च्याप्टरका अध्यक्ष मिनबहादुर मगर र रिभर गाइडहरु दिनेश यादव, राम्जी सेडाईं, धिरज विसी र सुनिल गुरुङ गएका थिए । उनीहरु आज काठमाडौं आइपुगेका छन् ।

nara3
विमानस्थलमा ओर्ले लगत्तै पर्यटन अभियानलाई प्रतिकृया दिदै नाराका सचिव अधिकारीले कडा मेहनतका बाबजुत विजयी हुन सफल भएको बताए । छोटो समय र थोरै तयारीका कारण पनि जित हाँसिल गर्न सक्नुमा खेलाडीहरुको मनोवल उच्च र निरन्तर लगावको परिणाम भएको उनको भनाइ छ । उनले यो सुरुवात मात्र भएको भन्दै आगामी वर्ष अझ तयारीका साथ सहभागि जनाउने पनि बताए ।
र्याफ्टिङ प्रबद्र्धन गर्न नयाँ सम्झौता
नेपाल र चीनको र्याफ्टिङ क्षेत्रको विकास तथा प्रबद्र्धन गर्नका लागि नेपाल एसोसिएशन अफ् र्याफ्टिङ एजेन्टस् (नारा) र टिवेट ट्रिप मास्टर ड्राइभिङ क्याम्प डेभ्लप्मेन्टबीच सम्झौता गरिएको छ ।

nara2
सम्झौतामा अनुरुप आगामी दिनमा चीनमा नेपालको र्याफ्टिङ क्षेत्रको प्रबद्र्धन टिवेट ट्रिपले सहयोग गर्ने र नेपालमा चीनको र्याफ्टिङ प्रबद्र्धन गर्न नाराले सहयोग गर्ने बताइएको छ । यस्तो खालको कार्यक्रम नाराको इतिहासमा पहिलो पटक भएको अध्यक्ष चन्द्र दाहालले बताए । उनले नाराको २९ वर्षको इतिहासमा पहिलो पटक यस खालको सफलतासँगै सम्झौता भएकोमा समग्र र्याफ्टिङ व्यवसायीहरुले गर्व गर्नु पर्ने बताउँदै यस्तै खालका कार्यक्रम अब चीन र नेपालमा आलोपालो गर्ने गरि सम्झौता भएको जानकारी दिए । उनले अबको पर्यटन प्रबद्र्धनका लागि नेपाल सरकारले समेत चीनलाई फोकस गरिरहेको सन्दर्भमा यस किसिमको कार्यक्रमले पर्यटन प्रबद्र्धनका लागि ठूलो भूमिका निर्वाह गर्ने बताए । एक अर्को प्रसंगमा अध्यक्ष दाहालले विजयी खेलाडीहरुलाई राज्यले समेत सम्मान गर्नु पर्नेमा जोड दिए ।

nara5 nara1 nara4 nara6

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

चीनमा भएको कायाक र राफ्टिङ प्रतियोगितामा नेपाल विजयी Reviewed by on . पर्यटनन्यूज, काठमाडौं । चीनको टिवेटमा भएको चाइना नेपाल इन्टरनेशनल राफ्टिङ फ्रेन्डली म्याचमा नेपालको तर्फबाट सहभागी खेलाडीहरुले विजयी हाँसिल गरेका छन् । नेपाल एस पर्यटनन्यूज, काठमाडौं । चीनको टिवेटमा भएको चाइना नेपाल इन्टरनेशनल राफ्टिङ फ्रेन्डली म्याचमा नेपालको तर्फबाट सहभागी खेलाडीहरुले विजयी हाँसिल गरेका छन् । नेपाल एस Rating: 0
Scroll to top
>