Home » मुख्य समाचार » नरेन्द्रदेव भट्टको नेतृत्वमा हिमालय उद्धार संघ

नरेन्द्रदेव भट्टको नेतृत्वमा हिमालय उद्धार संघ

Facebook Twitter Google+ Pinterest Reddit
Share

Narendraaa

पर्यटनन्यूज, काठमाडौं । हिमाली क्षेत्रमा उद्धार र विभिन्न सामाजिक गतिविधि गर्दै आएको संस्था हिमालय उद्धार संघमा नयाँ कार्यसमिति चयन भएकको छ ।
कार्यसमितिको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्विरोध निर्वाचित भएका छन् भने उपाध्यक्षमा वसन्त बहादुर हमाल निर्वाचित भएका छन् । उनले हरि धरेललाई तीन मतको अन्तरले हराउँदै विजयी हासिल गरेको हो । त्यस्तै महासचिवमा पृथ्वी श्रेष्ठ निर्वाचित भएका छन् भने कोषाध्यक्षमा श्रीराम खत्री निर्वाचित भएका छन् । तीन वर्षे कार्यकालका लागि भएको निर्वाचनमा सदस्यहरु बिक्रम न्यौपाने, थुक्तेत शेर्पा, डम्बर पराजुली, परशुराम कार्की र जगतमान लामा निर्वाचित भएका छन् । सोही दिन सहयोगी सदस्यहरुको तर्फबाट गणेश न्यौपाने र सिताराम सापकोटालाई समेत कार्यसमिति सदस्यमा मनोनित गरिएको छ । संघको पदभार हस्तान्तरण कार्यक्रम आगामी मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरि हुँदैछ ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

नरेन्द्रदेव भट्टको नेतृत्वमा हिमालय उद्धार संघ Reviewed by on . पर्यटनन्यूज, काठमाडौं । हिमाली क्षेत्रमा उद्धार र विभिन्न सामाजिक गतिविधि गर्दै आएको संस्था हिमालय उद्धार संघमा नयाँ कार्यसमिति चयन भएकको छ । कार्यसमितिको अध्यक पर्यटनन्यूज, काठमाडौं । हिमाली क्षेत्रमा उद्धार र विभिन्न सामाजिक गतिविधि गर्दै आएको संस्था हिमालय उद्धार संघमा नयाँ कार्यसमिति चयन भएकको छ । कार्यसमितिको अध्यक Rating: 0
Scroll to top
>