Home » मुख्य समाचार » रिभर फन रिसोर्टमा प्रहसनसहितको रोपाईं महोत्सव, बुकिङ खुल्ला

रिभर फन रिसोर्टमा प्रहसनसहितको रोपाईं महोत्सव, बुकिङ खुल्ला

Facebook Twitter Google+ Pinterest Reddit
Share

Rivar fun ropai

पर्यटनन्यूज, काठमाण्डौं । पन्ध्र असारलाई पर्वको रुपमा मनाउँदै पर्यटन प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ रिभर फन विच रिसोर्टले रोपाई महोत्सव गर्ने भएको छ ।
गोरखा जिल्ला गण्डी गाउँपालिकास्थित कुरिनटारमा रहेको रिसोर्टले सँगै रहेको खेतमा रोपाई महोत्सव गर्न लागेको हो । त्यसको लागि रिसोर्टले प्याकेजसहितको कार्यक्रमको बुकिङ खुल्ला गरेको जनाएको छ । रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारीले महोत्सवलाई मध्येनजर गरि रिसोर्टले दुई दिन एक रातको प्याकेज कार्यक्रम ल्याएको बताए । उनले ३५ सय शुल्कमा पर्यटक बसमा आउने तथा जाने व्यवस्था, ब्रेकफाष्ट, महोत्सवमा सहभागी भइ रोपाई गर्ने, हिलो खेल्ने, दहीचिउरा खाने तथा लन्चको व्यवस्था, साँझपख डिनर, एकरात वास र भोली पल्ट ब्रेकफाष्टको समेत व्यवस्था गरेको बताए । कार्यक्रममा सहभागी सबैलाई निःशुल्क टिर्सटको समेत व्यवस्था गरिएको छ ।

Riverfun
महोत्सवलाई थप आकर्षण गर्नका लागि पन्चेबाजा, राष्ट्रिय कलाकारहरुको उपस्थितिमा लोकदोहारी कार्यक्रम, कमेडी शो, डिजे नाचलगायतका कार्यक्रमहरु राखिएको छ । परम्परागत रुपमा चल्दै आएको रोपाईंलाई पर्यटकीय दृष्टीले जोड्दै नयाँ कार्यक्रमको रुपमा विकास गरिएको अधिकारीको भनाइ छ । उनले काठमाडौंवासी र रोपाईमा सहभागी नभएकाहरुलाई विशेष आकर्षणको कार्यक्रम हुने बताए । परिवारसहित कार्यक्रममा उपस्थित हुनेलाई विशेष व्यवस्था गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

रिभर फन रिसोर्टमा प्रहसनसहितको रोपाईं महोत्सव, बुकिङ खुल्ला Reviewed by on . पर्यटनन्यूज, काठमाण्डौं । पन्ध्र असारलाई पर्वको रुपमा मनाउँदै पर्यटन प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ रिभर फन विच रिसोर्टले रोपाई महोत्सव गर्ने भएको छ । गो पर्यटनन्यूज, काठमाण्डौं । पन्ध्र असारलाई पर्वको रुपमा मनाउँदै पर्यटन प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ रिभर फन विच रिसोर्टले रोपाई महोत्सव गर्ने भएको छ । गो Rating: 0
Scroll to top
>