Home » फ्ल्यास न्यूज » ‘भदौ भित्र सातै प्रदेश र केन्द्रको समेत सम्मेलन गर्ने तयारी’

‘भदौ भित्र सातै प्रदेश र केन्द्रको समेत सम्मेलन गर्ने तयारी’

प्रदेश नंम्बर ४ को संयोजकमा इन्द्र भण्डारी चयन

Facebook Twitter Google+ Pinterest Reddit
Share

vela

पर्यटनन्यूज, पोखरा । नेकपा माओवादी केन्द्र निकट पर्यटन व्यवसायीहरुको संगठन नेपाल पर्यटन व्यवसायी संगठनले भदौ महिना भित्र सातै प्रदेश र केन्द्रको समेत सम्मेलन गर्ने गरि तयारी थालेको छ ।
केही दिन अघि मात्र प्रदेश नंम्बर ४ को भेला भव्य रुपमा सम्पन्न गरि उत्साहित बनेको संगठनले अबको केही सातामा अर्को प्रदेशको सम्मेलन गर्ने र भदौ भित्रमा केन्द्रको समेत सम्मेल गरि नयाँ कार्यसमिति चयन गर्ने तयारी गरेको हो । फरकफरक समूहमा विभाजित भएको माओवादी केन्द्रमा आस्था राख्ने व्यवसायीहरुले केही समय अघि मात्रै एकताको घोषणा गरेका थिए ।
प्रदेश नंम्बर ४ मा सम्पन्न भेलाले इन्द्र भण्डारीको संयोजकत्वमा ५१ सदस्यीय कार्यसमिति चयन गरेको छ । पोखरामा सम्पन्न गरिएको भेलालाई सम्बोधन गर्दै माओवादीका नेता तथा पर्यटन विभाग इन्चार्ज लोकेन्द्र विष्ट मगरले संगठन भनेको पार्टीको मेरुदण्ड रहेको भन्दै सातै प्रदेशको संगठनलाई बलियो र सकृय गराउनु पर्ने बताए । उनले संगठन बलियो नहुँदा पार्टी समेत कमजोर हुने र पार्टीले उठाएका एजेन्डाहरु स्थापित हुन गारो हुने भन्दै सबै व्यवसायीलाई एकढिक्का भएर अघि बढ्न आग्रह समेत गरे । भेलामा संगठनका केन्द्रीय संयोजक नवराज दाहालले संगठनको भावि योजना र कार्यदिशाका बारेमा प्रकाश पारेका थिए ।

vellaaa
केन्द्रीय संगठन विभागका प्रमुख कमल सापकोटाले भेलालाई सम्बोधन गर्दै संगठनको खाका प्रस्तुत गरेका थिए । भेला सम्पन्न भए पश्चात पर्यटनन्यूज डटकमलाई प्रतिकृया दिदै उनले सातै प्रदेशका संगठनलाई पर्यटकीय विकासनिर्माण र प्रबद्र्धनमा सकृय बनाउने बताए । उनले पहिलो पटक गरिएको ४ नंम्बर प्रदेशको भेलाले आफूहरुलाई उत्साहित गराएको भन्दै अब छिट्टै अर्को भेला गर्नेगरि तयारी थालिएको जानकारी गराए । प्रदेश नंम्बर ४ का इन्चार्ज बोधराज भण्डारीले पर्यटकीय दृष्टीले महत्वपूर्ण रहेको ४ नम्बर प्रदेशको संगठन चुस्तदुरुस्त राख्न आफूहरु प्रतिबद्ध रहेको भन्दै भव्य रुपमा भेला सम्पन्न भएकोमा खुशी व्यक्त गरे ।
माओवादी केन्द्र निकट पर्यटन व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको भेलामा संगठन विस्तार, संगठनलाई चुस्त दुरुस्त बनाउने र पर्यटन प्रबद्र्धनका लागि गर्ने कामहरुका विषयमा व्यापक छलफल भएको थियो । सो अवसरमा अधिकांश व्यवसायीहरुले पर्यटन प्रबद्र्धनका लागि नेपाली कांग्रेस तथा नेकपा एमाले निकट व्यवसायी संठनहरुसँग पनि सहकार्य गर्ने तर नेतृत्व आफूहरुले लिनु पर्नेमा जोड दिइएको थियो ।
केही समय अघि गठन गरिएको केन्द्रीय संगठनमा १५१ सदस्यीय कार्यसमिति रहेको छ भने ८ विभागमा ८ प्रमुख र ७ प्रदेशको इन्चार्ज तथा संयोजक छुट्टाछुट्टै तोकिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

‘भदौ भित्र सातै प्रदेश र केन्द्रको समेत सम्मेलन गर्ने तयारी’ Reviewed by on . पर्यटनन्यूज, पोखरा । नेकपा माओवादी केन्द्र निकट पर्यटन व्यवसायीहरुको संगठन नेपाल पर्यटन व्यवसायी संगठनले भदौ महिना भित्र सातै प्रदेश र केन्द्रको समेत सम्मेलन गर पर्यटनन्यूज, पोखरा । नेकपा माओवादी केन्द्र निकट पर्यटन व्यवसायीहरुको संगठन नेपाल पर्यटन व्यवसायी संगठनले भदौ महिना भित्र सातै प्रदेश र केन्द्रको समेत सम्मेलन गर Rating: 0
Scroll to top
>