Home » समाचार » लाङटाङ रीको रजत जयन्तीः पूर्खालाई सम्मान

लाङटाङ रीको रजत जयन्तीः पूर्खालाई सम्मान

Facebook Twitter Google+ Pinterest Reddit
Share

langtang-ri-8

काठमाडौं । लाङटाङ री ट्रेकिङ प्रालिले २५ वर्ष पूरा भइ २६ औं वर्ष प्रवेश गरेको सुखद् अवसरमा ‘रजत जयन्ती’ मनाएको छ ।
राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरि रजत जयन्ती मनाइयो । सो अवसरमा लाङटाङ रीले संस्था स्थापनाकालदेखि सहयोग गर्दै आएका र संस्थामा आबद्ध व्यक्तिहरुको अभिभावकलाई सम्मान गरेको छ ।
समारोहमा कम्पनीका प्रवन्ध निर्देशक पम्फा धमलाले २५ वर्षको यात्राका क्रममा भोगेका तीतामीठा अनुभव सुनाइन । उनले यो सफलताको श्रयः कर्मचारी, बिजनेश पार्टनर र आफन्त तथा शुभचिन्तकहरुको रहेको बताइन् । कार्यक्रमका प्रमुख अतिथि पूर्व विज्ञानमन्त्री कल्पना धमलाले पर्यटन विकासको प्रमुख आधार भन्दै यसमा लगानीको उचित वातावरण हुनु पर्नेमा जोड दिइन् । त्यस्तै, नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले कार्यक्रममा बधाईं ज्ञापन गर्दै कम्पनीको योगदानको सराहना गरे । कार्यक्रममा पर्यटकीय संघसंस्थाका अध्यक्ष, प्रतिनिधि, बरिष्ठ पर्यटन व्यवसायी तथा शुभचिन्तकहरुको ठूलो उपस्थिति रहेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

लाङटाङ रीको रजत जयन्तीः पूर्खालाई सम्मान Reviewed by on . काठमाडौं । लाङटाङ री ट्रेकिङ प्रालिले २५ वर्ष पूरा भइ २६ औं वर्ष प्रवेश गरेको सुखद् अवसरमा 'रजत जयन्ती' मनाएको छ । राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरि रजत काठमाडौं । लाङटाङ री ट्रेकिङ प्रालिले २५ वर्ष पूरा भइ २६ औं वर्ष प्रवेश गरेको सुखद् अवसरमा 'रजत जयन्ती' मनाएको छ । राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरि रजत Rating: 0
Scroll to top
>