Home » फ्ल्यास न्यूज » भिटोफको दुई दशकः साधारणसभामा डाइरेक्टरीदेखि वेभसाइट लोकार्पणको तयारी

भिटोफको दुई दशकः साधारणसभामा डाइरेक्टरीदेखि वेभसाइट लोकार्पणको तयारी

साउन १६ गते साधारणसभा

Facebook Twitter Google+ Pinterest Reddit
Share

vitof

पर्यटनन्यूज, काठमाडौं । गाउँ पर्यटन प्रबद्र्धन मन्च (भिटोफ) नेपालले आफ्नो दुई दशकको यात्रा एक विशेष कार्यक्रमको आयोजना गरि मनाउने भएको छ ।
यही साउन १६ गते एक विशेष कार्यक्रमकाबीच गाउँ पर्यटन दिवस (भिटोफ डे), बार्षिक साधारणसभा, साधारण सदस्यहरुको परिचय संलग्न डाइरेक्टरी तथा होमस्टेहरुको विस्तृत विवरण संलग्न वेभसाइटसमेत लोकार्पण गरिने भएको छ । कार्यक्रम दुई चरणमा सञ्चालन गर्ने बताइएको छ । पहिलो चरणमा उद्घाटन सत्र रहने छ भने दोस्रो चरणमा साधारणसभा गरिने छ । पहिलो चरणको कार्यक्रममा विविध गतिविधिहरु राखिएको छ भने दोस्रो चरणमा संस्थाले गरेको कार्यक्रमको प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरिने छ । भिटोफले प्रकाशन गरेको डाइरेक्टरीमा मेम्बर लिष्टसहित लेख, रचना तथा विविध पर्यटकीय खुराक रहेको भिटोफका उपाध्यक्ष तथा मिडिया संयोजक दीपक दाहालले बताए । उनले वेभसाइटमा भने होमस्टेका बारेमा विस्तृत जानकारी राखिएको बताए । वेभसाइट लोकार्पण भएपछि पर्यटन व्यवसायी तथा पर्यटकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने भिटोफको बुझाइ छ ।
विविध साँस्कृतिक कार्यक्रमसहित हुने साधारणसभामा ७ सय साधारण सदस्यमध्ये करीब ५ सयको उपस्थिति रहेने अनुमान गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

भिटोफको दुई दशकः साधारणसभामा डाइरेक्टरीदेखि वेभसाइट लोकार्पणको तयारी Reviewed by on . पर्यटनन्यूज, काठमाडौं । गाउँ पर्यटन प्रबद्र्धन मन्च (भिटोफ) नेपालले आफ्नो दुई दशकको यात्रा एक विशेष कार्यक्रमको आयोजना गरि मनाउने भएको छ । यही साउन १६ गते एक वि पर्यटनन्यूज, काठमाडौं । गाउँ पर्यटन प्रबद्र्धन मन्च (भिटोफ) नेपालले आफ्नो दुई दशकको यात्रा एक विशेष कार्यक्रमको आयोजना गरि मनाउने भएको छ । यही साउन १६ गते एक वि Rating: 0
Scroll to top
>